भरुवा बन्दुकसहित दुई जना पक्राउ
०८ भदौ २०७३
•
२ मिनेट पाठ
भरुवा बन्दुकसहित दुई जना पक्राउ
जुम्ला–जिल्ला प्रहरी कार्यालय जुम्लाले भरुवा बन्दुकसहित दुई जना पक्राउ गरेको छ। जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट  चोरी गर्ने दुई जनालाई एक थान भरुवा बन्दुकसहित  प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायव उपरिक्षक विष्णुहरि कोइरालाका अनुसार छुमचौर–७ का श्रीबहादुर वुढा र पातारासी– ३ वस्ने चन्द्र वीर ऐडी पक्राउ परेका हुन । उनीहरु भदौ १ गते भएको चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।   




चोरीमा पाँच÷सात जनाको समुह संलग्न भएकोमा दुई जनालाई पक्राउ गरिएको र बाँकी खोजी भइरहेको प्रहरी प्रमुख कोइरालाले जानकारी दिए।

डाकाचोरीमा संलग्न श्रीबहादुरको घरबाट भरुवा बन्दुक बरामत गरिएको हो। हतियार धारी डाँका समुहले भदौ १ गते पृथ्वीबहादुर र कृष्णबहादुरको घरबाट ६ लाख ९४ हजार रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेका थिए।  

जुम्लामा हतियार धारी समुह भएको जानकारी पाए पछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । चोरी भइरहेको गाउँहरुमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अहिले डाका समुह सक्रिय भइरहेको इलाकाहरुमा प्रहरीले छापा हान्नेदेखि नियमित गस्ती बढाइरहेको छ। यसअघि सदरमुकाम खलंगाको एयरपोर्टमा प्रहरी गस्तीलाई लक्षित गर्दै पेस्तोल पड्काउने एक जनालाई प्रहरीले पक्रेको थियो।
अर्को समाचार
भरुवा बन्दुकसहित एक जना पक्राउ
०९ मंसिर २०७७
•
१ मिनेट पाठ
भरुवा बन्दुकसहित एक जना पक्राउ
कपिलवस्तु बिजयनगर गाउँपालिका नेउलागंजबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। स्थानीय ४९ वर्षीय जोखु थारु भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। प्रहरीले गोप्य सूचनाका आधारमा जोखुको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। पक्राउ परेका अभियुक्तमाथि हातहतियार तथा खरखजना मुद्दा चलाइने उनले बताए।  




यस्तै कपिलवस्तु बिजयनगर गाउँपालिका–४ त्रिपालनगरमा एक जना विप्लव कार्यकर्ता पक्राउ परेका छन्। प्रहरी गस्ती टोलीले त्रिपालनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको पैदलयात्री स्थानीय वर्ष ३९ का देवराज देवकीलाई पक्राउ गरेका हो। शंका लागि निजको शरीर तथा झोला चेकजाँच गर्दा विप्लव समूहको झण्डा र पर्चासहित फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय गणेशपुर राखिएको भन्डारीले बताए।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस