स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्तावविरुद्ध बुटवलमा आज विहानैदेखि विरोध प्रदर्शन शुरु भएको छ। सरकारले १६ गते प्रदेशसभामा पेश गरेको राजधानी र नामाकरण प्रस्तावमाथि आजदेखि छलफल शुरु गर्ने गरि कार्यसूची तय गरेको छ। मध्यान्ह १२ बजेका लागि प्रदेशसभा आह्वान गरिएको छ। प्रदेशसभा कार्यालय क्षेत्रमा भने विहानदेखि विरोध प्रदर्शन भइरहेको छ।
प्रतिपक्षी नेपाली काँग्रेस, रुपन्देहीका उद्योगी÷व्यवसायी तथा नागरिकहरु प्रदेशसभा घेराउ गर्न विभिन्न चौक चौकबाट प्रदर्शन शुरु भएको छ। अस्थायी मुकाम बुटवलमै राजधानी कायम गर, नेताका नाममा प्रदेशसभाको अधिकार कुण्ठित नगर जस्ता नारा लगाउँदै प्रदेशसभा तर्फ ठाउँ ठाउँबाट विरोध निस्केको छ। रुपन्देही जिल्ला प्रशासनले भने निषेधआज्ञा जारी गरेको छ। निष्ोधआज्ञाका बाबजुद बुटवलमा प्रदर्शन चलिरहेको छ।
राजधानीको प्रस्तावसँगै बुटवलमा आन्दोलन चर्किएपछि सुरक्षाकर्मी व्यापक मात्रामा सडकमा उतारिएको छ। आन्दोलनकारीले प्रदेशसभा घेराउ गर्ने भएपछि चारैतिर बाक्लो संख्यामा सुरक्षा घेरा तय गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार प्रदेशसभा घेराउको कार्यक्रम राखेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।
बुटवलको पुष्पलाल पार्क, नेपालगञ्जरोड, मिलनचौक क्षेत्रबाट प्रदेशसभा भवन छिर्न नसक्ने गरी सुरक्षाकर्मी तैनाथ गरिएको छ। बुटवलको सिन्दुर होटल अगाडि अहिले प्रदेशसभा घेराउ गर्न पुगेको टोलीलाई प्रहरीले रोकेको छ। यसअघि हिजो मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरि ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मी थप गरिएको छ।
आजदेखि प्रदेशसभामा राजधानी र नामका सम्बन्धमा छलफल शुरु हुने कार्यसूची छ। प्रदेशसभामा शुक्रबार आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले राजधानी दाङ, अर्घाखाँचीको सिमा क्षेत्र राप्ती नदी किनार देउखुरी तोक्ने र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका छन्।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ। प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो।
प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिकरूपमा कामकाज सुरु गरेको छ। लुम्बिनी प्रदेश ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेशनसम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताए। गत असोज २० गते प्रदेशसभाबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो।
स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज सुरुआत गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको र स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति गरेर शिक्षालयका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइरहेकाले सबै कार्यालय छिट्टै देउखुरी आउने विश्वास व्यक्त गरे।
“सबै कार्यालयलाई व्यवस्थापन गर्ने जिम्मेवारी ग्रामीण तथा शहरी विकास मन्त्रालयको भएकाले यहाँ आएर कामको सुरुआत गरेका छौँ। केही दिनभित्रै आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई स्थायी राजधानीमा सार्ने गरी काम थालेका छौँ”, मन्त्री रिजालले भने,“एक वर्षभित्र सबै मन्त्रालय सार्छौँ र नमूना शहर बनाउँछौँ।”
प्रदेशसभाको बैठकबाट राजधानी र नाम टुङ्गो लागेको नौ महिनापछि स्थायी राजधानीमा मन्त्रालय स्थापना गरेर कामकाज सुरु गरिनु ऐतिहासिक भएको मन्त्री रिजालले बताए। आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पनि राजधानीमा स्थापना गरेर कामकाज थालनीको योजना बनेको उनले बताए।
राप्ती उपत्यकाको देउखुरी प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा रहेको र देउखुरी प्राकृतिक हिसाबले पनि राजधानीका लागि उत्तम रहेको मन्त्री रिजालको भनाइ छ। मन्त्रालयले पहिलो चरणमा राजधानीसँग सम्बन्धित काम नै प्राथमिकताका साथ काम गर्ने भएकाले राजधानीसँग सम्बन्धित सबै कार्यालय स्थापना गरेर नयाँ निर्वाचनमा जाने छ। राप्ती प्राविधिक शिक्षालयभित्र प्रदेशका सबैजसो मन्त्रालय, प्रदेशसभा र केही निर्देशनालय राखिने छ।
स्थायी राजधानीमा लुम्बिनी प्रदेशसभाको हिँउदे अधिवेशन सञ्चालन गरेर राजधानी कार्यान्यनको गतिलाई थप तीव्रता दिने तयारी भइरहेको छ। रु पाँच करोडभन्दा बढीको लागतमा शिक्षालय परिसभित्र प्रदेशसभा भवन बनिरहेको छ। यो भवनमा हिँउदे अधिवेशनको बैठक राख्ने तयारी रहेको मन्त्री रिजालले बताए। ग्रामीण तथा शहरी विकास मन्त्रालयले खानेपानी तथा सरसफाइ स्वच्छता, भवन आवास तथा शहरीकरण र पर्यटन प्रवर्द्धन तथा विकाससँग सम्बन्धित रहेर कार्य गर्ने बताइएको छ। रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...