सबैलाई ‘पायक’
१७ असोज २०७७
•
३ मिनेट पाठ
सबैलाई ‘पायक’
प्रदेश ५ सरकारले प्रदेशसभामा पेस गरेको प्रस्ताव पारित भएमा प्रदेश ५ का सबै जिल्लालाई पायक पर्ने ठाउँमा स्थायी राजधानी बन्नेछ।




मन्त्रिपरिषद्को प्रस्तावमा दाङको राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्रलाई केन्द्रमा राखेर गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाका दुईवटा वडालाई पनि राजधानी क्षेत्र बनाउने उल्लेख छ। ‘दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी बनाउने निर्णय मन्त्रिपरिषद्ले निर्णय गरेको हो,’ प्रदेश सरकारका प्रवक्ता भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले नागरिकसँग भने, ‘निर्णय प्रदेशसभामा प्रस्तावका रुपमा पेस भएको छ।’ उनका अनुसार दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले पेस गरेका थिए।

प्रदेशका पूर्वी र पश्चिमी सीमा तथा उत्तरी सीमा क्षेत्रका जिल्लासँगको दूरी मापन गर्ने हो भने दाङसँगको दूरी समान देखिन्छ। प्रदेशको पुछारमा रहेको जिल्ला बर्दियासँग दाङको दूरी १ सय ९० किलोमिटर छ। यसैगरी प्रदेशको पूर्वी सीमा पश्चिम नवलपरासीबाट दाङको दूरी पनि १ सय ९० किलोमिटर नै छ। ‘दाङदेखि प्रदेशको पूर्वी सीमा र पश्चिमी सीमाको दूरी हेर्ने हो भने बराबर १ सय ९० किलोमिटर छ,’ दाङमा केही समयअघि गठन भएको प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले भने, ‘यसर्थ पनि हामीले पहिल्यैदेखि नै दाङ केन्द्र विन्दु हो भन्ने सत्य आधारका पक्षमा बोल्दै आएका थियौं।’

प्रदेशको पश्चिम पहाडी जिल्ला पूर्वी रुकुमदेखि दाङको दूरी २ सय १० किलोमिटर छ। प्रदेशको पूर्वी पहाडी जिल्ला पाल्पादेखि दाङसम्मको दूरी पनि २ सय १० किलोमिटर नै छ। यसैगरी गुल्मीको उत्तरी भूभागदेखि दाङसम्मको दूरी १ सय ५० किलोमिटर छ। ‘यो दाङवासीका लागि मात्रै हैन, प्रदेशका सबै जिल्लाका लागि गरिएको न्यायिक निर्णय हो,’ प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष भुसालले भने।

प्रदेशका सबै जिल्लाको पायकका रुपमा रहे पनि प्रदेशसभा चुनावपछि दाङलाई अस्थायी मुकाम तोकिएन। तत्कालीन कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारले बुटवलमा अस्थायी राजधानी तोकेको थियो। अस्थायी राजधानी बुटवल घोषणाका क्रममा कांग्रेसका नेता बालकृष्ण खाँड र नेकपाका विष्णु पौडेलको भूमिका महŒवपूर्ण रहेको चर्चा चलेको थियो। उनीहरुले बुटवल राजधानी घोषणाका पक्षमा एक भएर सडक आन्दोलनको नेतृत्व गरेका थिए।

दाङकै पक्षमा बहुमत सुझाव
भेगीय स्वार्थका कारण लामो समयसम्म निर्णय हुन नसकेको प्रदेश ५ को स्थायी राजधानी तय गर्न सुझाव संकलन गर्न एउटा विशेष समिति बनेको थियो। यो समितिलाई प्रदेशका १२ वटै जिल्लामा पुगेर प्रदेशको राजधानी कुन जिल्ला उपयुक्त छ भनेर सुझाव संकलन गर्ने जिम्मेवारी थियो। यो समितिले १२ वटै जिल्लामा पुगेर गरेको सुझाव संकलनका क्रममा दाङकै पक्षमा बहुमत प्राप्त भयो। विशेष समिति स्रोतका अनुसार त्यो बेला समितिले १२ जिल्लाबाट १ हजार ३ सय १२ सुझाव संकलन गरेको थियो। यीमध्ये ५ सय ३० सुझाव ‘दाङ राजधानी’ का पक्षमा थिए। बुटवलको पक्षमा ३ सय ५० सुझाव आएका थिए। बाँकी अन्य सुझाव कपिलवस्तु, अर्घाखाँची, बाँके, बर्दियालगायतका जिल्लाका पक्षमा थिए।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानीको भौतिक पूर्वाधार निर्माणका लागि १ हजार ५ सय बिघा जमिन प्रदेश सरकारलाई उपलब्ध गराउन सक्नेसमेत बताए। राजधानीले समेट्ने भनिएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने प्रदेश सरकारलाई आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि चाहेजति जमिन उपलब्ध गराउन सकिने बताए।
अर्को समाचार
पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा...
१७ फागुन २०८२
•
४ मिनेट पाठ
पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पांग्रेका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता रहेको छ। पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने गरेको छ।




फागुन २१ गते प्रतिनिधिसभाको  निर्वाचन हुँदैछ। तर नवलपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिका–५ पांग्रेका रोबहादुर रानालाई भने भोट हाल्न कसरी पुग्ने भन्ने चिन्ताले अहिले नै सताउन थालेको छ। जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने यस वडामा रहेका दुईवटा मतदानस्थलमध्ये रुद्रपुरमा रहेको शिक्षा वोधनी आधारभूत विद्यालय पुग्न झण्डै १० किलोमिटरको यात्रा गर्नुपर्ने पांग्रेका मतदाताको बाध्यता  छ।

यस मतदानस्थलमा मतदान गर्ने पांग्रे र पांग्रेघाटका मतदातालाई मतदानस्थल पुग्नै घण्टौँ समय लाग्ने गर्दछ। पहाडी क्षेत्र त्यसमा पनि दश किलोमिटर टाढाको मतदानस्थलमा मतदान गर्न जान निकै समस्या हुने गरेको यहाँका स्थानीयको गुनासो छ।

पांग्रे र पांग्रेघाटका मतदाता पोखरी हुँदै करिब १० किलोमिटरको दूरीमा रहेको मतदानस्थलमा मतदान गर्न जानुपर्ने बाध्यता छ। मतदानको दिन सवारीसाधनसमेत नचल्ने र हिँडेरै पुग्नुपर्ने हुँदा यहाँका मतदातालाई मतदानका लागि बिहानै मतदानस्थल प्रस्थान गर्नुपर्ने बाध्यता छ। 'धेरै टाढा मतदान केन्द्र छ, हिँडेर जाँदा पहाडी क्षेत्रको बाटो तीनचार घण्टा लाग्छ, सवारी चल्दैन, सबैलाई मतदानस्थलसम्म पुग्न धेरै समस्या छ', स्थानीय रानाले भने।  

पहिले गाविसको चुनाव हुँदा पांग्रेघाटमा भोट हाल्न सजिलो हुने गरेकामा पछि रुद्रपुर सारेपछि आफूहरूलाई समस्या भएको रानाले बताए। मतदानस्थल टाढा हुँदा धेरै हिँड्न नसक्नेहरू मतदान गर्नै नजाने अवस्था बन्ने गरेको उनले बताए। 'मतदानस्थल नजिक हुने गरी मिलाए आफूहरूलाई सजिलो हुने थियो, अलि हिँड्न गाह्रो हुने त कसरी भोट हाल्न पुग्लान खै', उनले भने।  

शिक्षा वोधनी आधारभूत विद्यालय रुद्रपुरमा रहेको मतदान केन्द्रमा वाकखोर, पोखरी, राम्चे, धौवादी, हर्दे, पांग्रे, पांग्रेघाट र  धौलावसेनीका मतदाताले मतदान गर्छन्। पहाडी क्षेत्र भएकाले रुद्रपुरको मतदानस्थल सबैका लागि पायक पर्ने र छोटो दूरीको हुनसकेको छैन। हर्दे, राम्चे र धौवादीका मतदाताबाहेक सबैलाई यो मतदानस्थल अपायक हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।

रुद्रपुरमा रहेको यस मतदानस्थलमा मतदान गर्ने मतदाताको सङ्ख्या ८४८ रहेको छ। जिल्लाको  पहाडी क्षेत्रका मतदानस्थल प्रायः सबैका लागि सहज पहुँच हुनसकेको छैन। भौगोलिक विकटता भएका क्षेत्रमा मतदानको सङ्ख्याका आधारमा मतदान केन्द्र तय गरिँदा धेरैका लागि दूरीका हिसाबले मतदान केन्द्र टाढा पर्ने गरेको छ। नवलपुरमा ११४  मतदानस्थल र ३११ मतदान केन्द्र छन्।

दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन्। जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी एक लाख ३७ हजार ८१ मतदाता छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२, महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन गरी एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन्।

मतदानस्थलको जिम्मा महिलालाई

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदानस्थलको जिम्मा महिलालाई दिइएको छ। नवलपुरमा रहेका ११४ मतदानस्थलमध्ये एउटा मतदान स्थलको जिम्मा महिलालाई प्रदान गरिएको हो।  

क्षेत्र नं २ मा पर्ने कावासोती नगरपालिका–३ मा रहेको जीवनज्योति माध्यामिक विद्यालयको मतदानस्थलमा महिला कर्मचारीमात्रै खटाइएको नवलपुर–२ का सहायक निर्वाचन अधिकृत युवराज पन्थीले बताए। सहायक निर्वाचन अधिकृत पन्थीका अनुसार जीवनज्योति माविमा रहेको मतदानस्थलमा दुईवटा मतदान केन्द्र रहेका छन्। दुवै मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन गरिएको उनले बताए। यहाँ रहेको ‘क’ केन्द्रमा दीपा गौतमलाई मतदान अधिकृत बनाइएको छ भने ‘ख’ केन्द्रमा अनिता श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ।  

यस स्थलमा रहेका दुवै केन्द्रमा मतदान अधिकृतसहित अन्य सबै कर्मचारी महिलामात्र खटाइएको छ। प्रत्येक मतदान केन्द्रमा मतदान अकिृतसहित छ–छ जना गरी कुल १२ महिला कर्मचारी परिचालन गरिएको सहायक निर्वाचन अधिकृत पन्थीले बताए।  

जिल्लामा रहेका मतदानस्थलमध्ये एउटालाई महिलाले मात्रै सञ्चालन गरी नमूना मतदानस्थल बनाउने योजनाअनुसार यस्तो गरिएको उनले बताए। खासमा अरु केही योजना हैन, महिलालाई मात्र एउटा मतदानस्थल जिम्मा दिएर महिलामैत्री नमूना मतदानस्थल बनाउँ भन्ने लागेर सोहीअनुसार कर्मचारी परिचालन गरेका हौँ', सहायक निर्वाचन अधिकृत पन्थीले भने। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस