बाबुराम भट्टराई फेरि प्रथम
११ भदौ २०६८
•
६ मिनेट पाठ
बाबुराम भट्टराई फेरि प्रथम
काठमाडौँ, भदौ ११ (नागरिक)- गोरखाको अमरज्योति हाइस्कूलमा सधैँ प्रथम हुने बाबुराम भट्टराई २०२६ सालको एसएलसीमा बोर्ड फस्ट भएका थिए। सधैँ प्रथम र कहिलै दोस्रो नहुने भनेर चर्चा पाएका भट्टराई माओवादी पार्टीको उच्च पदमा छैनन्। तर अध्यक्ष पुष्पकमल दाहाल ७ पटक हारेको संसदमा बाबुराम भट्टराई एकै पटकमा विजयी हुँदै प्रधानमन्त्री बन्न सफल भए। को हुन् बाबुराम ?




बाबुरामको जन्म वि.सं. २०११ सालमा गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा भएको हो। नेपालबाट राजतन्त्र उन्मुलन गर्न मुख्य भूमिका निर्वाह गरेका कम्युनिस्ट नेता भट्टराईको परिवार इतिहास राजदरबारसँगै जोडिएको छ। प्रधानमन्त्री भट्टराईका पुर्खा पाल्पाका सेन राजाका परम्परागत पुजारी र ज्योतिषी हुन्। १५ औं शताब्दीतिर पाल्पाबाट गोर्खाको लिगलिगमा बसाइ सरेको भट्टराई परिवारले द्रब्य शाहलाई लिगलिग र गोर्खाका राजा बनाउन मुख्य भूमिका निर्वाह गरेको थियो। लिगलिग कोटको फेदीमा रहेको बेलबासमा खेतीपाती गरेर बसेको त्यही भट्टराई परिवार नै प्रधानमन्त्री बाबुरामका पुर्खा हुन्। नेपालको मध्य पहाडी क्षेत्रमा रहेको यही स्थानमा बाबुराम भट्टराईको जन्म भएको हो। भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट जन्मिएका उनी दोस्रो सन्तान हुन्।

किसान परिवारमा जन्मिएका भट्टराईको प्रारम्भिक शिक्षा भोजबहादुर भुजेलसँग अनौपचारिक रुपमा लिएका हुन्। अमरज्योती हाइस्कूलमा एकै पटक कक्षा ३ मा भर्ना भएका उनी विद्यालयमा सधैँ प्रथम रहे। लुइँटेल गाउँस्थित यो स्कूल पुग्न भट्टराई दैनिक २ घण्टा हिँड्थे। २०२६ सालको एसएलसी परिणामले धेरैलाई चकित पार्‍यो। एसएलसीमा त्यो साल बाबुराम भट्टराई नेपालभरिका विद्यार्थीलाई पछि पार्दै बोर्ड फस्ट भए। अमृत साइन्स कलेजमा आइएस्सी अध्ययन गरेका बाबुरामले प्रविणता प्रमाणपत्र तहमा पनि प्रथम स्थान नै हाँसिल गरे। सन् १९७७ मा कोलम्बो प्लान पाउन सफल उनले कोलम्बो प्लान अन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चर इन्जिनियरिङमा स्नातक गरेका छन्। उनले क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी गरेका छन्। 'द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल' विषयमामा उनले गरेको थेसिस पुस्तकको रुपमा पनि प्रकाशित छ।

सन् १९७७ मा अखिल भारत नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष बनेका बाबुरामले भारत रहँदा वीपी कोइराला, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, ऋषिकेश शाह लगायतका नेताहरुसँग सम्पर्कमा रहेर नेपालको लोकतान्त्रिक आन्दोलनमा आफ्नो सक्रियता बढाएका हुन्। पञ्चायतविरोधी प्रखर युवाको रुपमा चिनिएका बाबुरामलाई सन् १९८० मा नयाँ दिल्ली भ्रमणमा आएका राजा वीरेन्द्रलाई कालो झन्डा देखाउँदा भारतीय प्रहरीले पक्राउ गरेको थियो।

मोहनविक्रम राजनीतिक गुरु

सन् १९८१ मा उनी मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेका हुन्। औपचारिक शिक्षा सकेपछि भट्टराई सन् १९८६ मा नेपाल फर्किए र पार्टीको पूर्णकालिक सदस्य र राजनीतिक कार्यकर्ता बनेर सक्रिय रहे। सन् १९९० को पञ्चायतविरोधी जनआन्दोलनको बेला उनी 'संयुक्त राष्ट्रिय जनआन्दोलन'का केन्द्रीय प्रवक्ता थिए।

जनयुद्ध अवधारणाकार

नेकपा माओवादीले सन् १९९६ देखि २००६ सम्म सञ्चालन गरेको जनयुद्धको बाबुराम भट्टराई एकजना मुख्य अवधारणाकार हुन्। जनयुद्ध छाडेर शान्ति र संविधानमार्फत् रुपान्तरण हुनुपर्छ भन्ने माओवादीको पछिल्लो अवधारणा पनि बाबुरामकै हो। एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उपाध्यक्ष तथा स्थायी समिति सदस्य नेता भट्टराई आफ्नो राजनीतिक तथा बौद्धिक सक्रियताका कारण बहुपरिचित छन्। आलोचकहरु भन्छन्- भाषण गर्न सिपालु भए पनि उनी अन्तरमुखी छन्; पुस्तक पढेको सैद्धान्तिक ज्ञान भए पनि अव्यवहारिक छन्। तर समर्थकहरु ठान्छन्- नेपालको मुहार फेर्ने भिजन बाबुरामसँग छ; उनले केही गर्छन्।
अर्को समाचार
हिसिलाको हैसियत
०३ चैत्र २०६९
•
९ मिनेट पाठ
हिसिलाको हैसियत
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सर्वाधिक चर्चामा कोही छन् भने प्रथम महिला हिसिला यमी नै छिन्। भट्टराई प्रधानमन्त्री बनेपछि विभिन्न मन्त्रालय र मातहतका सरकारी निकाय उनकै इच्छामा चल्छन्। उनका अगाडि मन्त्रालयका सचिव र अन्य मन्त्री निरीह छन्।





यमीको चलखेल भएका दर्जनौं निकायमध्ये काठमाडौँ महानगरपालिका पनि एक हो। महानगरपालिकाका कार्यकारी अधिकृत नेपाल सरकारका सहसचिव केदारबहादुर अधिकारी आफ्नो करिअर नै बिर्सिएर र हत्ते हालेर यमीका अनियमिततामा सघाइरहेका छन्। यमीको निर्देशनमा उनी दर्जनौं आथिर्क अनियमितताका साक्षी बने। त्यसबापत उनले करोडौँ कुम्ल्याएको चर्चा महानगर परिसरभित्र छ। पछिल्लोपल्ट यमीले अधिकारीकै साथ पाएर बालाजुस्थित बाइसधारा उद्यानको जग्गा मासेर आफ्नो निर्वाचन क्षेत्रमा मोटरबाटो लगिन्। गैरकानुनी हिसाबले प्रमपत्नीको दबाबमा निर्णय गराएका अधिकारी यमीले बालाजुमै बोलाएकोे पत्रकार सम्मेलनमा गए। र, खुलेरै भने, 'हामीले नै हो बालाजु उद्यान मासेको।' यमीले फाइल स्वीकृत गर्न आफूले मुख्यसचिव लीलामणि पौड्याललाई निर्देशन दिएको बताइन्। यसरी खुलेआम मुख्यसचिवलाई निर्देशन दिए" भन्दै हिँडने यमीको हैसियत के हो?

काजीको दौरा-सुरुवाल फन्डा
नसकिने भो, नारायणकाजी श्रेष्ठसँग। नखरा पनि कति जानेको हो! चर्चाका लागि एकपछि आर्को फन्डा गर्ने क्रममा एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब दौरा-सुरुवाल लगाउन थालेका छन्। सार्वजनिक समारोहमा काजी दौरा-सुरुवालमा ठाँटिएर देखिन थालेका छन्। शिवरात्रिको दिन सैनिक मञ्चको औपचारिक कार्यक्रममा काजी दौरा-सुरुवालमा देखिए। मन्त्रीको झन्डावाल गाडीबाट दौरा-सुरुवाल लगाएको व्यक्ति ओर्लिंदा कतिपयले काजीलाई चिनेनन्। कामचलाउ सरकारको मन्त्रीबाट बिदा हुन केही दिन बाँकी रहँदा काजीले चर्चाका लागि नयाँ जुक्ति निकालेका हुन्।
यसअघि माओवादीकै अर्का अल्लारे स्थायी समिति सदस्य टोपबहादुर राजमाझीले त्यस्तै स्टन्ट गरेका थिए। पत्रकार सम्मेलन नै गरेर दौरा-सुरुवालमा खुकुरी भिरेर मन्त्रालय जाने घोषणा गरेका रायमाझी प्रधानमन्त्री बाबुरामले झपारेपछि त्यस्तो भन्दै नभनेको भनेर उम्किएका थिए। सरकारको उपप्रधानमन्त्री रहेर सरकारको राष्ट्रियताप्रतिको नीतिको तीव्र विरोध गर्दै आएका काजीले पुरानो राष्ट्रिय पोसाक दौरा-सुरुवालप्रति मोह देखाएका छन्। दौरा-सुरुवाल लगाउनुको कारण नखुले पनि उनलाई चिनेजानेकाले भने यसलाई उनको चर्चा कमाउने अर्को फन्डाका रूपमा लिएका छन।
सुचनेको दाउ
संविधानसभा जीवित रहुन्जेल आफ्नो भूमिका निर्वाध गर्न नसकेका विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ (सुचने) अहिले आएर दलहरूबीच जुट्नै लागेको सहमतिको विपक्षमा देखिएका छन्। प्रमुख दलहरूबीच बन्दै गएको सहमति भाँड्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र वरिष्ठ अधिवक्ताको उपाधि पाएका सुचनेबीच अनौपचारिक साँठगाँठ भएको बताइन्छ। संविधानसभा फेल हुनुमा आफ्नोसमेत भूमिका रहेको बुझेका सुचने अहिले प्रधानन्यायाधीशलाई कुनै पनि हालतमा हुँदैन भन्दै हिँडेका छन्। संविधानसभा पतनपछि मुलुक 'अँध्यारो सुरुङ'मा फसेको विश्लेषण गर्दै आएका सुचने त्यसो हुनमा आफ्नो कमजोरी लुकाउन चाहन्छन्।
खासमा सुचने त्यही असफल भएको संविधानसभालाई बिउँताउने र फेरि पनि सभामुख पड्काउने दाउमा छन्। आफूनिकटस्थले सभामुखज्यू भनेर सम्बोधन गर्दा उनले 'अहिल्यै नभन्नुस्, नयाँ वर्षपछि' भनेर ठट्टा गर्ने गरेका छन्। सहमति नहोस् भन्ने उनले चाहेका छन्। नत्र 'हिमालदेखि पहाडसम्म सहमति' र एक ढिक्का सहमतिको गाना गाउने सुचने बन्नै लागेको सहमतिविरुद्ध किन यसरी उत्रिन्थे?
प्रधानमन्त्री बन्ने लालसा
'वृद्ध नेताहरू असफल भइसके। यो देश अब महिलाले चलाउँछन्।'
मञ्चबाट यस्तो आवाज गुञ्जिन थालेपछि दर्शकदीर्घामा बसेकाले गाइँगुइँ गर्न थाले, 'देश महिलाले नै त चलाएका छन् नि। हिजो सुजाताले, अहिले हिसिलाले।' अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा एमाले निकट अखिल नेपाल महिला संघकी आजीवन अध्यक्ष विद्या भण्डारीले प्रधानमन्त्री बन्ने आफ्नो अभिलाषा व्यक्त गरेकी हुन्। प्रधानमन्त्री खान पार्टीभित्र रडाको मच्चिइरहेको समयमा खिइँदै गएको पार्टीकी उपाध्यक्षले भित्री इच्छा व्यक्त गरेकी हुन्।
माधवकुमार नेपाल सरकारमा रक्षामन्त्री बनेकी विद्याले त्यतिबेला माओवादीलाई चिढाउन उत्पे्ररकको भूमिका निर्वाह गरेकी थिइन्। माओवादीका नेतालाई उत्तेजित पार्न कस्तो भाषण गर्नुपर्छ भन्ने विषयमा उनले केपी ओलीसँग क्लास लिने गरेको हल्ला चलेको थियो। उनलाई पुरुषको भन्दा कठोर मन भएकी नेत्री मानिन्छ। उनले पार्टीका बैठकमा बोल्न नसकेको प्रधानमन्त्री बन्ने कुरा मार्च ८ को अवसरमा आयोजित कार्यक्रममा बोलेर भए पनि सन्तोषको सास फेरिन्।
पशुपतिका हनुमान
महाशिवरात्रिको दिन भारतबाट आएका नागा बाबाका भन्दा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुशील नाहाटाको हाउभाउ चर्को थियो। नहोस् पनि किन? त्यत्रो महाकुम्भ मेलाको व्यवस्थापन समितिका संयोजक जो हुन्। कांगे्रसका नेता डा. मीनेन्द्र रिजाललाई रिझाएर सदस्यसचिवको पद पड्काएका सुशील प्रधानमन्त्री बाबुराम भट्टराईबाट प्रभावित रहेछन्। राजमार्गका होटलमा खाना कस्तो छ, शौचालय कस्तो छ भनेर प्रधानमन्त्री आफैँ हेर्न जान्थे। पशुपतिमा नाहाटाको हाउभाउले उनी भट्टराई प्रभावित भएको संकेत गर्थे। लौरो बोकेर उनी पुलिसजस्तै यताउता गरिरहेका थिए। राष्ट्रपति डा. रामवरण यादवलगायत भीआईपी आउँदा सुरक्षाकर्मीलाई उनले टीभीमा देखिन प्रतिस्पर्धा गरिरहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस