भट्टराईको गाउँमा दीपावली
११ भदौ २०६८
•
६ मिनेट पाठ
भट्टराईको गाउँमा दीपावली
समुन्द्र पौडेल, तनहुँ, भदौ ११- ज्योती हाइ स्कूलमा कक्षा ३ भर्ना भए लगतै परिक्षामा विद्यालयकै प्रथम भएपछि ६ महिनामै कक्षा ४ मा लगिएका बाबुराम भट्टराई अर्को वर्ष ५ मा पढ्दा पनि ६ महिनामै कक्षा ६ मा पुगे। दुई वर्षमा ३,४,५ र ६ कक्षा अध्ययन गरेका भट्टराई कक्षा ६ को बार्षिक परिक्षामा विद्यालयकै प्रथम भए।

कक्षा कोठामा सधै गम्भीर देखिने बाबुरामको पढाईलाई लिएर विद्यालयका शिक्षकसँगै प्रिन्सिपल पनि चिन्तित थिए। कक्षा ७ अध्ययनको क्रममा बाबुरामको पठनपाठनलाई लिएर विद्यालयका प्रिन्सिपल थोमर्स बर्गिसले स्टाफ बैठक बोलाई शिक्षकलाई उर्दी समेत दिए। 'बाबुरामलाई टाठो बनाउन विषयस्तु भन्दा बाहिरका कुरा नभन्नु।'

प्रिन्सिपलको उर्दीपछि शिक्षकहरुमा बाबुरामलाई कसरी टाठो बनाउने भन्ने चिन्ता थपियो। सबै शिक्षकले बाबुरामलाई ध्यान दिएर पढाउन थाले। 'उसलाई पढाउँदा प्रधानमन्त्री बन्ला भन्ने सोचेकै थिइन्', बाबुरामलाई कक्षा ३ देखि १० सम्म अध्यापन गराएका शिक्षक कुलेन्द्र देवकोटाले भने- 'आज उ प्रधानमन्त्री भएको सुन्दा साह्रै खुसी छु।'

शिक्षक देवकोटाले इतिहास र कृषि विषय अध्यपन गराउने भएकाले विहान रेडियोमा सुनेका विश्व घटना कक्षामा विद्यार्थीलाई सुनाउथे। बाल्यकालदेखि नै अध्ययनमा मेहनती र तेजिलो मस्तिष्क भएका बाबुराम कक्षाकोठामा सधै गम्भीर देखिने गरेको शिक्षक देवकोटाले बताए। 'कक्षाकोठामा छिर्दा उसमा हासो, खुसी र रिस केही पनि पाउँथिन्।' उनले भने- 'विश्व समाचार सुनाउँदा अरु हास्थे, रमाउथे कराउँथे।'

माध्यमिक तह अध्ययनका क्रममा बाबुरामका प्रतिस्पर्धी थिए, उपेन्द्र देवकोटा। सधै परीक्षामा बाबुराम प्रथम र उपेन्द्र द्धितीय हुने गरेकाले एक दिन उपेन्द्रले नेपाली शिक्षक स्व. भिमप्रसाद कट्टेलसँग आफूलाई भेदभाव गरेको भन्दै कराए। शिक्षक कट्टेलले उत्तर दिए- 'भेदभाव गरेका छैनौ, पढाईमा भर पर्छ।' एसएलसी प्रवेशिका परिक्षामा बाबुरामले नेपाली विषयमा ८० अंक ल्याएपछि गाउँलेले नेपाली शिक्षक भिमप्रसादलाई बढी अंक दिएको भन्दै कराएको शिक्षक देवकोटाले सम्झन्छन्। उनले भने, 'एसएलसीमा बाबुरामले नेपालीमा ८१ आएपछि गाउँलेको मुख थुनियो।'

कक्षा ८ देखी लुइटेलकै छात्राबासमा बसेर अध्ययन गरेका बाबुरामले आफै घरबाट चामल ल्याएर दाउँरा, पानी बोकेर भात पकाएर खान्थे। एसएलसीसम्म कट्टु र खाली खुट्टा विद्यालय जाने गरेका भट्टराईसँगै २०२६ सालमा एसएलसी दिएका अमर ज्योती हाइस्कूलका १४ विद्यार्थी सबै राम्रो स्थानमा पुगेको अमर ज्योती माध्यमिक विदालयका प्रधानाध्यापक गोविन्द खनाल बताउँछन्। बरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा, हाल अमेरिकामा बसोबास गर्दै आएका कृषि बैज्ञानिक भैरव खकुरेल, रामपुर कृषि क्याम्पसका डिन सुन्दरमान श्रेष्ठ, कृषि क्याम्पसकै प्राध्यापक महेश्वर सापकोटा भट्टराईका कक्षा १० का सहपाठी हुन्।

२०२६ सालको एसएलसी नतिजामा बाबुराम भट्टराई बोर्ड फष्ट भएको अमरज्योती हाइस्कूल हालसम्म १० विद्यार्थी बोर्ड नतिजामा पर्न सफल छ। 'चौथो देखी दशै स्थानसम्म हासिल गरेका छन्', उनले भने- 'गाउँको स्कूलमा पढेका बाबुराम प्रधानमन्त्री भएर विद्यालयको शान बढेको छ।' गाईखेत गाविसको लुइटेलमा रहेको अमृत ज्योती हाइस्कूल अहिले पालुङटार-४ मा पर्छ।

बाबुराम भट्टराई प्रधानमन्त्री घोषणा भएपश्चात उनको जन्मथलो गोरखा खोप्लाङका बासिन्दाले आइतबार नै खुसीयाली मनाएका छन्। गाउँलेले घरघरमा दिपावली र आफन्त र छिमेकीलाई भोज गरेर खुसीयाली मनाएको खनालले बताए। भट्टराई परिवारका डा. बाबुराम भट्टराई पश्चिमाञ्चलकै पहिलो प्रधानमन्त्री भएपछि परिवारमा समेत खुसीयाली छाएको बाबुरामका दाजु यामप्रसादले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस