आफूलाई सिध्याउन ओलीले षड्यन्त्र गरेको माधव नेपालको शंका
२२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
आफूलाई सिध्याउन ओलीले षड्यन्त्र गरेको माधव नेपालको शंका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राजनीतिक रूपमा सिध्याउन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा रचिएको ‘सुनियोजित षड्यन्त्र’ भएको आशंका व्यक्त गरेका छन्।




गृह जिल्ला रौतहटमा विकास योजना अनुगमनकै क्रममा बिहीबार आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएको खबरले स्तब्ध बनेका नेपालले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्दै कानुनी र राजनीतिक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने सिंहगर्जना गरेका हुन्।

जेठको प्रचण्ड गर्मीमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग विकास निर्माणका विषयमा संवाद गरिरहेका बेला बज्रपात सरह आइलागेको विशेष अदालतमा मुद्दा दर्ताको खबरले केहीबेर उनी विचलित देखिएका थिए।

अध्यक्ष नेपालले तत्काल सञ्चारकर्मीहरूसमक्ष सरकारप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिए। उनले यो प्रकरणलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै आफ्नो इमानदार छविमाथि प्रहार गर्दै राजनीतिक यात्रामा पूर्णविराम लगाउने कुत्सित खेल र बदनियतपूर्ण चाल भएको आरोप लगाए। जसको तार सिधै बालुवाटार (प्रधानमन्त्री ओली) सँग जोडिएको उनको स्पष्ट संकेत थियो।

काभ्रेस्थित पतञ्जलि योगपीठ नेपाललाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने तत्कालीन मन्त्रिपरिषद्को निर्णय विशुद्ध नीतिगत र असल नियतले गरिएको र आफ्नो कुनै अनुचित निर्देशन वा आर्थिक लेनदेन नरहेको उनले ठोकुवा समेत गरे।

‘मैले कुनै मन्त्रीलाई अनुचित काम गर्न निर्देशनसम्म दिएको छैन। दबाब दिने कुरा त परै जाओस्। यदि कुनै प्रमाण छ भने पेश गरियोस्।’ अध्यक्ष नेपालले भनेका थिए।

उनले स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्तित्वहरू संलग्न रहेको र नेपालमा योग तथा आयुर्वेदको प्रवर्द्धन गर्ने सकारात्मक उद्देश्यले उक्त निर्णय लिइएको उनले स्पष्ट सुनाए।

‘स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्तित्वहरूले नेपालमा योगको प्रचारप्रसारका साथै आयुर्वेदिक औषधिहरूको उत्पादन होओस् भन्ने सकारात्मक उद्देश्य लिएर उक्त निर्णय लिइएको थियो। असल नियतका साथ लाग्ने कुराहरूमा मेरो साथ, सहयोग र समर्थन रहन्छ तर त्यो गर्दाखेरि पनि नियम, कानुन, विधिको सम्मान गर्नुपर्छ, पालन गर्नुपर्छ।’

उनले सरकारी जग्गा अनुचित रुपमा नदिइएको समेत जिकिर गरे। कुनै प्रक्रियागत त्रुटि भएको वा आवश्यकताले गर्दा हदबन्दीभन्दा बढी जग्गा दिइएको भए त्यो उचित नहुने बताउँदै उनले ती जग्गाहरू फिर्ता लिनु सकिने तर्फ जोड दिए।

असल नियतले गरेको कामलाई ‘कुनै अपराध गरेको, बदमासी गरेको, नियत खराब भएको’   रुपमा लिन नहुने नेता नेपाल बताउँछन्।

‘नबिराउनु नडराउनु’ आफ्नो आदर्श रहेको दोहोर्‍याउँदै अध्यक्ष नेपालले कानुनविद्सँगको परामर्शपछि कानुनी प्रक्रियाको सामना गर्न आफू तयार रहेको र न्यायप्रति पूर्ण विश्वास रहेको सुनाए।

‘न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन,’ उनले भनेका थिए।’
अर्को समाचार
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
११ मिनेट अघि
•
१ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गर्दै आगामी महाधिवेशनपछि नयाँ नेतृत्व आउने बताएका छन्।




आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’ देउवाले भने।

उनले नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिकता आफूले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे। आधिकारिकतासम्बन्धी विवादमा न्यायालयप्रति आफ्नो पूर्ण विश्वास रहेको उनको भनाइ थियो।

‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ,’ उनले भने।

देउवाले अब आफू पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा नआउने स्पष्ट पार्दै राजनीतिक जीवनको आगामी चरणमा अरूलाई अवसर दिने संकेत गरे। मुलुकबाट आफूले लिनुपर्ने केही बाँकी नरहेको उल्लेख गर्दै उनले जीवन रहुन्जेल देशका लागि सकेको योगदान गर्ने बताए।

‘अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै। यो मुलुकबाट मैले लिनुपर्ने केही पनि छैन, बाँचुन्जेल सकेको दिने हो,’ देउवाले भने।
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
यो पनि पढौँ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस