झण्डै साता दिनयताको लगातार वर्षाले पहाडी भेगका सडकहरु सबै अवरुद्ध हुन पुगेका छन्। ६ दिनदेखि लगातार भइरहेको वर्षाले कच्ची र स्तरोन्नति नभएका सडकहरु पहिरोले पुर्ने, भत्काउने गर्दा यातायात आउजाउमा अवरुद्ध हुन पुगेको हो।
भर्खर खनेका साँघुरा, घुम्ती र कच्ची स्तरोन्नति नगरिएका सडकहरु निरन्तर वर्षाको भल बाढीले जताततै भत्काउनुका साथै पहिरो खसेर पुर्ने गर्दा एक बस्ती र वडाबाट अर्कोमा जान आउन नसक्ने अवस्था सृजना भएको छ। जिल्लाको सबभन्दा बिकट भूगोल भएको ताप्ली गाउँपालिकाका-५ वटै वडाका आन्तरिक सडकहरु वर्षाले ध्वस्त बनाएर आउजाउ अवरोध पुगेको छ।
लगातारको वर्षाले वडाबाट गाउँपालिका केन्द्र तथा एउटा बस्तीबाट अर्कोमा जाने सडकहरु भत्काएर पुरेका कारण स्थानीयहरु अस्थायी प्राकृतिक नाकाबन्दीमा परेको गाउँपालिका अध्यक्ष ढुंगराज बिकले बताए।
विगत ६ दिनदेखि निरन्तर भइरहेको वर्षाले गाउँपालिकाका सबै वडा जोडिएका आन्तरिक सडकहरु भत्केर आउजाउमा अवरुद्ध भएको उनको भनाई छ। अवरुद्ध सडक खुलाउन एक्स्काभेटर र प्राविधिक जनशक्ति लगाएर ३ दिनयता रातारात मर्मत गर्ने काम भइरहेको पनि उनले बताए।
कार्यालयको काममा ४ दिनअघि सदरमुकाम आएका अध्यक्ष बिक वर्षाले गाउँका सबै सडक पहिरो गएर अवरुद्ध भएको खबर आए लगत्तै फर्केर मर्मत कार्यमा लागेका छन्। सदरमुकामदेखि गाउँ फर्कने क्रममा कटारीदेखि ताप्ली जोड्ने मिर्चया–कटारी–बेतिनी खण्डकै ३/४ ठाउँ पहिरो गएर रोकिएको बाटो मर्मत गर्दै गाउँ पुगेको उनले बताए।
‘गाउँका सडक सबै भल बाढीले भत्काएर यातायात अवरुद्ध भएको खबर सुनेर हतार हतार फर्केको त कटारीदेखि नै सडक बिग्रेर आवागमन बन्द भइसकेको रहेछ’ अध्यक्ष बिकले भने ‘बिग्रेको सडक सुचारु गर्न गाउँपालिकाको एक्स्काभेटर मगाएर मर्मत गर्दै ६/७ घण्टापछि बल्ल गाउँ आई पुगेँ।’
गाउँ पुगे लगत्तै शनिबार रातिदेखि गाउँपालिकाका भत्केका सडकहरु धमाधम मर्मत गर्न थालेको र सोमबार दिउँसोसम्म २ वटा सडक सुचारु गर्न सफल भएको उनले बताए। सडक भत्केका कारण एउटा बस्तीदेखि अर्कोमा जानेसम्म बाटो नभएकाले राति नसुती नसुती मर्मत गर्ने काम गरिरहेको र बल्ल दुई वटा सडक सुचारु गर्न सफल भएको उनले सुनाए।
सोमबार दिउँसोदेखि कटारी–घुर्मी खण्डको बेतिनीदेखि देखि ओख्ले–पिपलभन्ज्याङ–कुमालटार–रुपाटार खण्डको २५ किलोमिटर खण्ड सुचारु भइसकेको छ। त्यस्तै रुपाटारदेखि नारीमालासम्मको १५ किलोमिटर खण्ड सडक पनि सोमबारदेखि नै सुचारु भएको अध्यक्ष बिकले बताए।
अब रुपाटार–ठानागाउँ १२ किलोमिटर, ठानागाउँ–इनामे १५ किलोमिटर, रुपाटार कटहरे १४ किलोमिटर र कटहरे–ओख्ले ८ किलोमिटर खण्ड बिग्रेको सडक मर्मत कार्य धमाधम भइरहेकाले मंगलबारसम्ममा सुचारु हुने अपेक्षा गरिएको छ।
आन्तरिक सडकहरु अवरुद्ध भएका कारण मर्मत नगरेसम्म गाउँपालिका केन्द्र रुपाटारसम्म आउजाउ गर्नै नसक्ने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए। उनका अनुसार गाउँपालिका र भाडाको गरी २ वटा एक्स्काभेटर लिएर अध्यक्ष बिक स्वयं प्राविधिक टोलीसहित सडक मर्मतमा आफै खटिरहेका छन्। रातदिन नभनी मर्मत गर्ने काम भइरहेको र छिटै सबै सडक सुचारु गराउने गरी काम भइरहेको हाकिम राईले बताए।
अधिकृत राईले अविरल वर्षाले ५ वटै वडाका आन्तरिक र वडा–गाउँपालिका जोड्ने सडक भत्काएको र कटारीदेखि ताप्ली जोड्ने सडक खण्ड पनि बारम्बार बिग्रने गरेको बताए। पालिकाका आन्तरिक सडकहरु मात्र नभएर वर्षाले कटारी जोड्ने सडक पनि भत्काउने गर्दा उपभोग्य सामग्री आपूर्ति गर्ने मुख्य बजार कटारी आउजाउ गर्न पनि समस्या हुने गरेको राईले बताए। सडक बिग्रेर कटारी आउजाउ गर्ने यातायात सञ्चालन रोकिएपछि ताप्लीबासीका लागि आवश्यक सबै उपभोग्य सामग्री खाँचो हुने राईले बताए।
ताप्लीबासीका लागि सम्पूर्ण उपभोग्य सामग्रीको आयात कटारी बजारबाटै हुने गरेको छ। खोटाङसँग सीमा जोडिएको जिल्लाको उत्तर पश्चिमी भेगमा पर्ने गाउँपालिका भएकाले ताप्लीबाट सदरमुकाम धेरै टाढा पर्छ। कटारी बजार नै एक मात्र नजिकको बजार भएकाले ताप्लीबासीका लागि मिर्चया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्ग अवरुद्ध भएमा उपभोग्य सामग्री अभाव हुने गरेको छ। निरन्तरको वर्षाले सिद्धिचरण लोकमार्ग पटक पटक अवरुद्ध गर्ने हुँदा त्यसको सोझो प्रभाव ताप्लीवासीलाई पर्ने गरेको छ।
गत शुक्रबारदेखि अवरुद्ध भएको सिद्धिचरण लोकमार्ग शनिबार दिउसो खुलेकोमा आइतबार बिहानदेखि पुनः अवरुद्ध हुन पुगेको थियो। घुर्मीदेखि ५ किलोमिटर पूर्व कटारी नगरपालिका १४ को लामीडाँडा आसपास ३ ठाउँ पहिरो गएर अवरुद्ध भएको सडक मर्मत गरेर आइतबार साँझदेखि सुचारु भएको छ।
वर्षाले ठाउँ ठाउँमा पहिरो जाने गरेका कारण यो लोकमार्ग पटक पटक यातायात अवरुद्ध हुने गरेको मिर्चया–कटारी–घुर्मी योजना कार्यालय कटारीले जनाएको छ। सडक मर्मत र स्तरोन्नति नगरेसम्म यस्ता समस्या आइरहने भएकाले स्थायी र दीर्घकालीन उपायका लागि सरकारसँग माग गरिरहेको योजना प्रमुख सञ्जिव मिश्रले बताए।