प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानपछिको पहिलो व्यवस्थापिका संसद्लाई सम्बोधनका क्रममा पदबाट राजीनामा दिएनन् तर संवैधानिक प्रावधानअनुरूप सहमतीय प्रधानमन्त्री चयन गर्ने बाटो खोले। यस बाटोबाट सरकार निर्माण सम्भव छैन, हुँदैन। संविधानले व्यवस्था गरेको सहमतीय सरकार व्यर्थको अभ्यास हो। यस व्यवस्थाले नेपाली राजनीतिमा समयको कुनै महत्व छैन भन्ने मान्यता पुनः स्थापित गरेको छ। संविधानको यो असम्भव व्यवस्था 'स्वर्गमा पुग्न बाँसुरी बजाऊ नसके नर्क त सुरक्षित नै छ' भनेजस्तै हो।
नेपालको राजनीतिलाई सही बाटामा ल्याउन अर्थात् संवैधानिक बाटाबाट अगाडि बढाउन संविधान चाहिएको थियो। आठ वर्षपछि संविधान जारी भएको छ र यसको सुरुको अभ्यास धेरै आशालाग्दो नभए पनि मध्यमस्तरले अगाडि बढिरहेको भान हुन्छ। जस्तो संविधानको धारा २९६ अनुरूप संविधान सभा व्यवस्थापिका संसद्मा रूपान्तरण हुनेछ भन्ने अभ्यासबाट यो संविधान कार्यान्वयन अगाडि बढ्यो। त्यही धारामा उल्लेख भएबमोजिम रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल संवत् २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ। अर्थात्, रूपान्तरित संसद्को अवधि अझै दुईवर्ष तीन महिना छ। यसरी अब संसद्को आयुबारे अनुमान गर्न सकियो। र , यो विगतमा संसद् विघटनका तीता अनुभवबाट राजनीतिक स्थायित्वको खोजीमा गरिएको व्यवस्था हो।
रूपान्तरित व्यवस्थापिका संसद्को धारा २९६ को उपधारा (६) अनुसार राष्ट्रपतिले व्यवस्थापिका संसद्को अधिवेशन आह्वान गरेका छन्। र, राष्ट्रपतिको आह्वानसँगै संविधानको धारा २९८ उपधारा २ बमोजिम राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने व्यवस्था छ। अहिले सरकार निर्माणको प्रक्रिया संविधानको यही व्यवस्थाअनुरूप अगाडि बढेको छ। स्वाभाविक छ राजनीतिक सहमतिको आधारमा सरकार बन्न सक्तैन र संविधानको धारा २९८ उपधारा १ बमोजिम अर्को मन्त्रिपरिषद्को गठन नभएसम्म यही मन्त्रिपरिषद् कायम रहनेछ।
यस अर्थमा प्रधानमन्त्री कोइरालाले राजीनामा नदिएकोे कदमलाई धेरैले अस्वाभाविक ठाने पनि संवैधानिक अभ्यासको क्रममा यो गलत देखिँदैन। राजनीतिक दृष्टिकोणबाट भने यसबारे बहस गर्न सकिन्छ। प्रधानमन्त्री कोइरालाले संविधान घोषणाको २४ घन्टामा राजीनामा दिन्छु भन्ने राजनीतिक कथन त्यही भावनामा नआउँदा खल्लो लाग्नु स्वाभाविकै हो।
सहमतीय सरकार नबनेपछि संविधानको धारा २९८ उपधारा ३ अभ्यासमा आउनेछ। त्यसअनुसार व्यवस्थापिका संसद्को तत्काल कायम सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ। अर्थात् अहिले ५ सय ९८ जना सांसद छन् व्यवस्थापिका संसदमा। सरकार बनाउन २ सय ९९ सांसदको समर्थन चाहिन्छ। माथि भनिएका सबै धारा नेपालको संविधानको भाग ३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत राखिएका छन्। अर्थात्, हामी अझै संक्रमणकालमै छौँ।
अब बन्ने सरकार पनि जोडघटाउबाटै बन्ने हो। नेपालको व्यवस्थापिका संसद्को स्वरूप जस्तो छ त्यसबाट जोडघटाउमा दक्ष नभई कुनै पनि दलले सरकार बनाउन सक्तैन। जोडघटाउमा दक्ष हुन किन आवश्यक पर्यो भने कांग्रेस एमाले गठबन्धनबाहेक अरू कुनै एउटा दलसँग मिलेर यी दुई ठूला दलले सरकार बनाउन सम्भव छैन। सरकार नै जब तीन, चार वा पाँच दलको बनाउनुपर्ने हुन्छ तब जम्मा २५ जनामात्र मन्त्री बनाउने संवैधानिक प्रावधानअनुसार सरकार निर्माण गर्न गणितज्ञ नै चाहिन्छ। वास्तवमा संविधानको घोषणासंगै व्यवस्थापिका संसद्को आकार घटाइनुपर्ने थियो। औचित्यहीन तरिकाले यसको आकारलाई निरन्तरता दिनुपर्ने कुनै कारण थिएन। तर किन हो कसैले पनि कम खर्चिलो संसद् निर्माणमा चासो देखाएनन्।
यस जम्बो व्यवस्थापिकाबाट को र कसरी प्रधानमन्त्री हुन्छ भन्ने चर्चालाई पनि स्वभाविकरूपमै लिनुपर्छ। यहाँनेर संविधान निर्माणमा 'भद्र सहमति' भनी नेताहरूले कोठामा गरेका वा नगरेका वाचाको पनि अब कुनै अर्थ र महत्व देखिँदैन। किनभने संविधान निर्माण त सबैका लागि हो। नेपाली कांग्रेसका लागि मात्र थिएन। संविधान सभामा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले संविधान निर्माणको अगुवाइमात्र गरेको हो। यो संविधान जारी गर्न एमाले र एमाओवादीको पनि प्रयास र परिश्रम कम लागेको त होइन। यसैले, संविधान निर्माणको जस र नेतृत्व सुशील कोइराला वा कांग्रेसमात्रले पाउँदैनन्, सबैको हक बरावर मान्नुपर्छ। अब नयाँ संविधानमा व्यवस्था भएअनुसारै सरकार निर्माणको अभ्यास अगाडि बढ्नु राम्रो देखिन्छ। यसरी संवैधानिक अभ्यासबाट सरकार निर्माणको प्रक्रिया अगाडि बढाइरहँदा हाल जारी संविधानप्रति सबैको अपनत्व बढ्ने र बुझ्ने क्रम पनि सुरु हुनेछ।
अहिले नेकपा (एकीकृत माकर््सवादी लेनिनवादी) पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीको प्रधानमन्त्री हुने चाहनालाई स्वाभाविक मान्दै उनले ढिलो नगरी २ सय ९९को जोडघटाउमा लागे बेस हुन्छ। कांग्रेस सभापति सुशील कोइरालाको फेरि प्रधानमन्त्री बन्ने इच्छा समाचारहरूमा छापिएका छन्। कोइरालालाई प्रधानमन्त्रीमा निरन्तरता दिने हक त्यत्तिकै छ जति अरू सांसदको। कोइरालाले संविधान निर्माणको जस लिएर सरकारबाट बिदा भएर देशमा अविभावकीय भूमिका खेल्नुपर्छ भन्ने आवाजलाई सम्मान गर्ने नगर्ने त कोइरालाको निजी रोजाइ हो। नेपालको राजनीतिमा सन्यास लिने चलन छैन। पद नलिएर बस्दा भोग्नुपर्ने अपमान र तिरस्कार विगतमा गणेशमान सिंहले भोगे, कृष्णप्रसाद भट्टराई पनि त्यसैको सिकार भए। सुशील कोइरालासँग आफ्ना ती नेताको अनुभव र नेपाली समाजको चरित्र बुझ्ने क्षमता भएकाले पद छाडेर हिँड्न असहज लागेको हुनसक्छ।
त्यस्तै कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका स्वाभाविक आकांक्षी हुनसक्छन्। यसरी प्रधानमन्त्रीका लागि अहिलेसम्म चारजना योग्य नेता अगाडि आए पनि अन्ततः जोसँग २ सय ९९ को 'म्याजिक' अंक पुगाउने साधन, सीप, कला र दक्षता छ प्रधानमन्त्री त्यही व्यक्ति हुन्छ। कांग्रेस र एमाले संसदीय दलका नेताबीचको प्रतिस्पर्धाबाटै नयाँ प्रधानमन्त्री चुनिने हो, चुनिनुपर्छ। कांग्रेसमा केही असहज परिस्थिति आउनसक्छ संसदीय दलका नेता नै उमेदवार बनाउने विषयमा। त्यस्तो असहज परिस्थिति एमाले नेता खड्गप्रसाद ओलीलाई छैन। तसर्थ ओलीको प्रधानमन्त्री बन्ने सक्रियता परिणाममुखी हुनसक्ने अड्कल काटन सजिलो छ।
रूपान्तरित व्यवस्थापिका संसद्को बनोटमा सबै कम्युनिस्टहरू मिल्दा झन्डै सरकार बन्ने अवस्था हुनसक्छ । त्यस्तै कांग्रेस नेतृत्वमा सबै कम्युनिस्ट इतर शक्रि मिल्दा पनि सरकार निर्माण हुनसक्छ। यस सम्भावनाले सार्थकरूप लिए नेपालको राजनीति दुई धु्रवमा बाँडिनेछ। राजनीतिक विश्लेषकहरू यस्तो धु्रवीकृत राजनीतिले नेपालमा अस्थिरता र असहज परिस्थिति ल्याउने अनुमान गर्छन्। मुडभेड हुने अवस्थाको कल्पना गर्छन्।
नेपालको विकास र राजनीतिलाई प्रतिस्पर्धी बनाउने हो भने जसरी जनताले मतदान गरेका छन् त्यसैगरी सरकार निर्माण हुँदा स्वाभाविक मान्नुपर्छ। अर्थात् अब कांग्रेस र कम्युनिस्टले आफ्नो वैचारिक दर्शन, कार्यक्रम र कार्ययोजनालाई कार्यान्वयन गर्नु नेपाली जनताको हितमा होला। अन्यथा नेपालको विकास नीति, सुरक्षा नीति, परराष्ट्र नीतिलगायत शिक्षा, स्वास्थ, रोजगारी, सेवा सबैतिर नीतिविहीनताको अवस्था छ। केही वर्षदेखि चलेको 'सहमति'को शब्दले नेताहरूलाई सहज र सरकार सञ्चालन चुनौतीरहित बनाए पनि जनता भने सरकार विहीनताको अनुभव गर्ने अवस्थामा पुगेका छन्। अझ प्रतिपक्षको भूमिका नजानेको एमाओवादीको कारण नेपाल सरकार सिंहदरबाट बालुवाटारमा सीमित हुनपुग्यो।
प्रधानमन्त्री सुशील कोइरालाको आफ्नै अनुभव छ सरकार किन प्रभावकारी हुनसकेन भन्नेमा। एमालेका मन्त्रीबाट सरकारमा कांग्रेसको मात्र उपस्थिति देखियो भन्नेजस्ता गनगन पनि भए। उपप्रधानमन्त्री र गृहमन्त्रीले कैयौं पटक सरकारमा एमाले मन्त्रीको कुरा प्रधानमन्त्रीले नसुनेका र पेलेर हिँडेको गुनासो गरे। संविधान निर्माणका लागि दुई तिहाई बहुमत रहोस् भन्ने उद्देश्यले कांग्रेस एमालेको सरकार बनेको थियो विगतमा। अब मधेसको आन्दोलनलाई संविधान संशोधन गर्ने न्यूनतम सहमति गरी यी दुई पार्टीमध्ये एकले सरकार चलाउने र अर्को प्रतिपक्षमा बस्ने सोच निर्माण भएमात्र जनपक्षीय राजनीति अगाडि बढ्नेछ।
प्रधानमन्त्री सुशील कोइरालाको अठार महिने कार्यकालमा नेपालको संविधान संविधान सभाबाट जारी भयो। कोइरालाको यस कार्यकाललाई मूल्यांकन गर्ने बेला भइसकेको छैन। तर पनि कम बोल्ने गर्दा बोलीकै कारण विवादमा पनि कर्म परेका कारण कोइरालालाई संविधान जारी गर्न सहज भयो। प्रधानमन्त्री संविधान जारी गर्न सकेकोमा देशवासीका तर्फबाट प्रशंसित भएका छन्। तर देशको एउटा भूगोल अझै अस्थिर छ र त्यही निउँमा छिमेकी भारतको भूमिका पनि हेपाहा देखियो नेपालप्रति। कोइरालाले यी दुई समस्यालाई सम्बोधन गर्न फेरि प्रधानमन्त्री हुने चाहना राखेका हुनसक्छन्। तर एउटा ऐतिहासिक उपलब्व्धिपछि पनि अन्य राजनीतिक जिम्मेवारी पूरा गर्नुछ भनी पदमा रहँदा धेरै राजनेताले आफ्नो उचाइ र गरिमा घटाएका छन्, बढाएको उदाहरण कमै छ। कोइरालाले यसतर्फ पक्कै सोचेका होलान्।
लोकतन्त्रमा सरकार बनाउँछु भन्ने हक सबैको सुरक्षित छ र कोइरालाले त्यस्तो चाहना राख्न सक्छन्। तर संविधान बनाउने काम 'टिम'को थियो जहाँ प्रधानमन्त्री कोइराला अगुवा थिए। तर सरकार नेताले चलाउँछ। प्रधानमन्त्रीले नै चलाउने हो। त्यसका लागि सक्रियता, सीप र दृष्टिकोण चाहिन्छ। संविधान बनाएभन्दा नितान्त भिन्न कुरा हुन् ती। सरकार सञ्चालनको शैली पनि फरक हुन्छ। प्रधानमन्त्री कोइराला स्वयम् यसबारे अनभिज्ञ छैनन्। उनी भनिरहन्छन् – 'भ्रष्टाचार कम गर्छु भनेको मेरै पालामा बढेको रिपोर्ट ट्रान्सपरेन्सीबाट जारी भयो' भनी । सरकार बितेका अठार महिना चलेन, टिक्योमात्रै। अहिले संविधान निर्माणको कारण सबै पक्ष सकारात्मकमात्र देखिन सक्छ, जुन सत्य होइन। कार्पेटमुनि जमेको धुलोमा नेपाल झन्डै असफल राष्ट्रको श्रेणीमा पुगेको विज्ञहरू भन्दैछन्। अर्थात् भविष्यको बाटो सहज छैन। तसर्थ प्रभावकारी सरकार र त्यस्तै प्रभावकारी विपक्ष अहिलेको नेपाललाई सही मार्गमा हिँडाउने प्रभावकारी उपाय हो। अव संविधानको अभ्यास गर्दै कांग्रेस वा एमाले विपक्षमा बस्न तयार हुँदा लोकतन्त्र मजबुत हुन्छ। आगे नेताहरूको इच्छा!