प्रधानमन्त्री माधवकुमार नेपाललाई नै निकासको बाधक देख्नेहरू अहिले मुद्दाविहीन बनेका छन्। प्रधानमन्त्री नेपालले आफ्ना पक्षमा बहुमत हुँदाहुँदै राष्ट्रिय सहमतिका लागि राजीनामा दिएको छ दिन बितिसक्ता पनि निकासको संकेतस देखा परेको छैन। शान्ति प्रक्रिया र संविधान लेखनभन्दा प्रधानमन्त्री को हुने भन्ने विषयले प्रमुखता पाएको छ। प्रधानमन्त्री नेपालको राजीनामापछि ततकालै टुंगिन्छन् भनिएका विषय झन् जटिल हुँदैछन्।
'सहमति' का अमूर्त गफ होइन, माओवादी लडाकुको समायोजन तथा पुनःस्थापनाको संख्या र कार्यविधि निर्धारण अहिलेको प्रमुख काम हो। तर, माओवादीको ध्यान त प्रधानमन्त्रीको कुर्सीमा छँदैछ, कांग्रेस र एमालेका नेता पनि त्यही पदको लोभमा प्रमुख विषयमा चूप लाग्न तयार देखिएका छन्। अहिले प्याकेजमा सहमति बन्न नसके माओवादीले फेरि पेलेरै भित्तामा पुर्याउनेछ भन्ने हेक्कै राखेको देखिएन।
नागरिक पार्टी नहुँदासम्म माओवादीको नेतृत्वको दाबी स्वीकार गर्न एमाले, कांग्रेस, फोरमलगायतका दल तयार छैनन् भने १३ महिना लगाएर प्राप्त 'उपलब्धि' अरू कसैलाई दिन माओवादी तयार छैन। संसद्को सबभन्दा ठूलो पार्टी माओवादीले सरकारको नेतृत्व दाबी गर्नु आश्चर्यको विषय होइन तर, नेतृत्व नपाए पनि गर्नुपर्ने लडाकु समायोजन र पुनःस्थापनामा माओवादीले देखाएको हठ भने आश्चर्यजनक छ। पार्टीको आन्तरिक समीकरणको बाध्यता, सत्ता कब्जाको राजनीतिक लाइन वा अरू दललाई तर्साउने रणनीतिमध्ये कारण जे भए पनि लोकतन्त्र र शान्तिका लागि माओवादीको यो हठ प्रत्युत्पादक साबित हुनेछ। राजनीतिक गतिरोध यसरी बल्झिँदै जाँदा राष्ट्रिय राजनीतिमा अहिले जम्मा चार विकल्प देखिन्छन्।
पहिलो, निःशस्त्र हुन तयार भए मुख्य दलको सहभागितामा माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ। माओवादीबाहेकको गठबन्धन सत्ताबाट बाहिरिएपछि संसदीय संरचना र लोकतान्त्रिक पद्धतिका दृष्टिमा माओवादीकै नेतृत्व प्राकृतिक र न्यायोचित हुन्छ। तर, माओवादीले पनि असफल साबित नेतृत्वको विकल्प दिन सक्नुपर्छ। सहमति हुनसक्छ भने राष्ट्रपतिले दिएको म्यादमा तीन दिन थप गरे पनि हुन्छ।
दोस्रो, सहमति हुन नसके संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री चयनको संसदीय प्रक्रिया सुरु हुन्छ। त्यसमा पनि दुईवटा समीकरण बन्न सक्छ - पहिलो, माओवादीको नेतृत्वमा नया" गठबन्धन र दोस्रो, वर्तमान गठबन्धनकै निरन्तरता। माओवादीले एमालेलाई आफ्नो पक्षमा लैजाने अधिकतम प्रयत्न गर्नसक्छ। तर, मनभित्र आकर्षण भए पनि एमाले नेतृत्वलाई यो फलामको च्युराजत्तिकै कडा हुनेछ भने एमालेकै इच्छाएको व्यक्तिलाई प्रधानमन्त्री बनाउन माओवादीलाई पनि कम्ती जोखिम छैन। बाबुराम भट्टराईलाई पाखा लगाउन अघि सारिने यस्तो तुरुप माओवादीका लागि आत्मघाती हुनसक्छ। वर्तमान गठबन्धनका हकमा १३ महिनासम्म सरकार चलाएका माधवकुमार नेपालालाई हटाएर अर्को व्यक्तिलाई ल्याउनुको औचित्य साबित गर्न गाह्रो छ। 'राष्ट्रिय सहमतिका लागि जस्तोसुकै त्याग गर्नुपर्ने' सिद्धान्तका प्रतिपादकलाई नैतिकरूपमा पनि बहुमतीय सरकारको नेतृत्व गर्नु अप्ठेरो छ। महाधिवेशनको तयारीमा अलमलिएको कांग्रेस पनि नेतृत्वको दाबी प्रभावकारीरूपमा गर्ने स्थितिमा छैन। त्यसैले सहमतिबाट निकास निस्केन भने संसद्बाट पनि निस्किनेमा आशावादी हुने ठाउँ छैन।
तेस्रो, माथिका दुबै प्रयत्न विसफल भए भने मुलुकलाई सरकारविहीनताबाट बचाउन राष्ट्रपतिले वर्तमान प्रधानमन्त्रीलाई संसद्बाट विश्वासको मत लिने अवसर दिनसक्छन्। अन्य मुलुकमा यस्तो प्रचलन पनि देखिन्छ। बहुमत हु"दाहु"दै 'काम चलाउ' हुन पुगेको सरकारले ठूला नीतिगत निर्णय गर्न मिल्दैन। यस्तो अन्योलले राजनीतिकर्मीलाई फरक नपर्ला तर प्रशासनिक, आर्थिक, कूटनीतिक, शान्तिसुरक्षाजस्ता विषयमा नकारात्मक असर पार्छ। मुलुकलाई असफल राज्य हुनबाट बचाउन कुनै न कुनै उपाय त गर्नैपर्छ। त्यसमध्ये यो पनि हुन सक्छ।
चौथो, यति गर्दा पनि निकास ननिस्के संसद्को नया" निर्वाचनमा जानुको विकल्प हु"दैन। मुलुकमा सरकार नै नहुनेभन्दा कठिन अवस्था अरु हुनसक्दैन। अरू उपायले काम नगरे नया" जनादेशका लागि संसदीय निर्वाचनमा जानु नै लोकतान्त्रिक विकल्प हुनसक्छ।
नेपालमा राजनीतिक दलका नेताहरू नै अस्थिरता निम्त्याउने कारक बनेका देखिन्छन्। विपक्षीले त सरकारलाई कमजोर बनाउन खोज्छ नै, सत्तारुढ दलका नेता नै सरकारविरुद्ध खनिनु नया" घटना हैन। बाबुराम भट्टराईस"ग पुष्पकमल दाहाल आतंकित हुनुपर्ने वा रामचन्द्र पौडेलबाट शेरबहादुर देउवा डराउनुपर्ने कारण नै यही हो। त्यसैले, अब कुनै बहुमतको सरकार बन्यो भने त्यसको आयु तीन महिनाभन्दा लामो नहुने संकेत अहिले नै देखा परेका छन्। यसर्थ, छिटोभन्दा छिटो राष्ट्रिय सहमतिको सरकार बनाउनमा केन्द्रित हुनुमा नै मुलुक, शान्ति प्रक्रिया र लोकतन्त्रको कल्याण छ।
bishnurijal@gmail.com