अबका उद्घाटनमा प्रधानमन्त्री तथा मन्त्री आवश्यक पर्ने छैनन्। जस्तो कार्यक्रम भए पनि रिबन काट्न र टिभीमा अनुहार देखाउन दौडने नेतालाई प्रविधिको विस्तारले संकटमा पार्न सक्छ।
यहि असार १७ गते काठमाडौमा हुन लागेको 'आइसीटी ट्रेड फेयर'लाई 'विकास नेपाली' नामक रोबोटले रिवन काटेर उद्घाटन गर्नेछ। पुलचोकका विद्यार्थीले बनाएको उक्त रोबोटले सबैलाई स्वागत पनि गर्नेछ।
कतै तपाईको साथी वा आफन्त हराएका त छैनन्? चिन्ता लिनु पर्दैन। साथी वा आफन्तले मोवाइल बोक्नुभएको छ र मोवाइलको नेटवर्कभित्र हुनुहुन्छ भने एउटा एसएमएस मार्फत उहाँ बसेको ठाउँबारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। 'रिमोट अब्जेक्ट ट्राकर' नामक उक्त सफ्टवेयरले प्रहरीको अनुसन्धानलाई पनि सहयोग पुग्नेछ। पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पूसेट)का फाइनल सेमेस्टरका विद्यार्थी प्रमोद गिरी, रज्जित राय, सारिका खड्का र दिलीप प्रधान लगायतको समूहले बनाएको उक्त सफ्टवेयर 'जिएसएम सर्भिस' मा आधारित छ। 'गुगलअर्थ' मा उक्त सफ्टवेयरले नक्साङ्कन गरेर थाहा पाउन खोजेको स्थान देखाउँछ।
विश्वस्तरमा सूचना तथा सञ्चार प्रविधिका नयाँ आविस्कारले तहल्का मच्चाइरहेको छ। गुगल, माइक्रोसफ्ट, एप्पल लगायतका कम्पनीले नयाँ प्रविधि विकास गरिरहेका छन्। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले कोटबाट मोवाइल चार्ज गर्न सकिने, एसएमएसबाटै घरका टिभी लगायतका उपकरण बन्द गर्न सकिने प्रविधि बनाइरहेका छन्। विश्वमा आइसीटीका क्षेत्रमा काम गर्ने मानिस सबैभन्दा धनीको सुचीमा छन्। फेसबुक, गुगल, युट्युब लगायतका साइटले विश्वलाई तानेका छन्।
पुलचोकका विद्यार्थी विकास पराजुलीले डाँफे नामक विमान बनाएर चर्चा पाए। अन्य सानातिना प्रविधि पनि विकास भइरहेको छ। नेपाली विद्यार्थीले बनाएको रोबोटले विश्वस्तरमा पनि प्रतिस्पर्धा गरेका छन्। यस्ता थुप्रै उदाहरण हामीसँग छन तर दुर्भाग्य, उत्साह थप्ने र त्यसको सदुपयोग गर्ने कार्यमा सरकार उदासीन छ। सरकारकातर्फबाट स्पष्ट नीति बनाएर निजी क्षेत्रलाई समावेश गरी अगाडि बढ्नुपर्ने अवस्थामा नेताहरू संविधान पनि बनाउन नसकेर कुर्सीकै खेलमा लुछाचुँडी गरिरहेका छन्।
नेपालमै इन्जिनियरिङका विद्यार्थीले पनि केही फरक किसिमका रोबोट विकास गरिरहेका छन्। अमेरिका लगायत शत्तिशाली राष्ट्रले रोबोट बनाएर अन्तरिक्षमा पनि पठाइसकेका छन्। रोबोट श्रीमान र श्रीमती बन्नसक्ने हल्लाले मन तरङि्गत भएको छ। अब डिएनए कम्प्युटरमा डाटा सुरक्षित राख्न सकिनेछ। आइप्याड, आइफोन र ल्यापटपका पछिल्ला संस्करणले संसार बदलेको छ। विश्वकप २०१० मा प्रयोग भएका प्रविधिले विश्व एकै सहर जस्तो बनेको छ।
विश्वमा विस्तार भइरहेका प्रविधि सुन्दा हामी अल्मलिन सक्छौ। यस लेखमार्फत पूर्वाञ्चल क्षेत्रमा अध्ययनरत विद्यार्थीले विकास गरेका केही प्रविधि जोड्न चाहेको छु। देशको राजनीतिले औद्योगिक क्षेत्रलाई नराम्रोसँग असर पारेको छ। बन्द हड्ताल र मजदुरका समस्याले संकट निम्ताइरहेको अवस्था छ। पूसेट कलेजका विद्यार्थीहरुले त्यसको समाधानका लागि 'इन्डस्ट्रियल रोबोट' बनाएका छन्। उक्त रोबोटले अटोमेटिक रुपमा सामान एक ठाउँबाट उठाएर अर्को ठाउँ लगेर राख्ने गर्छ। यसअघि काठमाडौमा 'रोबो कन २००८' मा भएको प्रदर्शनीमा पूसेट कलेजका विद्याथीले बनाएको रोबोटले 'बेस्ट पर्फर्मेन्स अवार्ड' पनि प्राप्त गरेको थियो। उक्त रोबोट बनाउने सञ्जय झा, द्रोण घिमिरे, राजु कार्की, उज्ववल रेग्मी, साकार निरौला लगायतको समूहले यतिखेर इलेक्ट्रोनिक्स इन्जिनियरिङको फाइनल सेमेस्टरमा 'इन्डस्ट्रियल रोबोट' बनाएका हुन्।
एसएमएस मार्फत गाडीको इन्जिन बन्द हुन्छ। भारत लगायत अन्य देशका विद्यार्थीले यससम्बन्धी अनुसन्धान गरिरहेको हामीलाई थाहा थियो। तर, नेपालका विद्यार्थी त्यसमा पनि पूसेट कलेज, विराटनगरका विद्याथीले यससम्बन्धी प्रविधि विकास गरेका छन्। 'जिएसएम कन्ट्रोल डिभाइस थ्रो एसएमएस' नामक उक्त प्रोजेक्टले टाढाबाटै एसएमएस मार्फत उपकरण कन्ट्रोल गर्छ। उक्त आकर्षक प्रविधि विकास गर्नेमा सरोज शाह, सञ्जय शाह, निरज श्रिवास्तव, राजीव सापकोटा, विकास काब्रा र प्रनय शर्माको समूह छ।
त्यसैगरी कम्प्युटर इन्जिनियरिङका विद्यार्थी रोशन श्रेष्ठ, केशव भण्डारी, पर्वतराज झा, रुश्मा जोशी र एलिजा दाहालको समूहले 'इन्जिनियरिङ नलेज' नामक डाटाबेस र जाभाको सफ्टवेयर तयार पारेका छन्। त्यसैगरी 'कलेज म्यानेज्मेन्ट सिस्टम' सफ्टवेयरले कलेजको सम्पूर्ण म्यानेज्मेन्टको भाग व्यवस्थित गर्छ। उक्त सफ्टवेयर बनाउने सुवनसिङ कार्की, रवि गड्तौला, पूजा सापकोटा र नीतु निरौलाको समूह छ। डिल्ली श्रेष्ठको समूहले बनाएको 'ई बैंकिङ' सफ्टवेयरले बैंकमा अनलाइन ट्रान्जेक्सन लगायतका बैकिङ कार्य गर्ने छ।
'फिन्गर प्रिन्ट' मार्फत सेक्युरिटीमा काम गर्न सकिने प्रबिधि पनि पुसेटका विद्यार्थीले तयार पारेका छन्। जयकान्त चौधरी, शिखर भट्टराई, समिर भट्टराई, कन्हैया रौनियार, मेरिना मानन्धर र डिएन पोख्रेलको समूहले उक्त प्रोजेक्ट सम्पन्न गरेका छन्। त्यसैगरी हिमालयराज झाले माइक्रोकन्ट्रोलर प्रयोग गरेर 'ट्राफिक लाइट कन्ट्रोल सिस्टम' प्रोजेक्ट तयार पारेका छन्। 'पिएसटिएन' मार्फत 'इलेक्ट्रिकल मिटर रिडिङ' गर्ने प्रविधि विकासमा मदनकृष्ण प्रधान, धर्ती शाह, अमित शाक्य, विकास कर्ण, कमल पुरी र बोनस कट्वाल लागेका छन्।
विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालयका दुईटा इन्जिनियरीङ कलेज छन् भने धरानमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एउटा इन्जिनियरिङ कलेज। बिसिए र ओभरसियर पढाई आधा दर्जन कलेज पूर्वाञ्चलमा छन्। कम्प्युटर पढाउने सयौं इन्टिच्युट यस क्षेत्रमा छन्। त्यसैगरी वेवसाइट तथा सफ्टवेयरमा काम गर्ने विराटनगरमा आधा दर्जन जति कम्पनी छन्। विश्वस्तरमा विकास भइरहेका प्रविध नेपालले पछ्याउन नसके पनि, केही राम्रा प्रविधि र सफ्टवेयरको विकासक्रम बढेको छ।
सूचना तथा सञ्चार प्रविधिमा अध्ययन गर्ने विद्यार्थीको सख्या बढ्दै छ। नेपाली विद्यार्थीले धेरै काम गर्न बाँकी छ। सूचना प्रविधिको विकासक्रम कहिल्यै पूर्ण हुँदैन, किनकि यो दैनिकजसो अपडेट भइरहन्छ। भनिन्छ, आइसीटी एकदमै च्यालेन्जिङ र डाइनामिक फिल्ड हो।