जनमतको सम्मान गर
०५ साउन २०७२
•
७ मिनेट पाठ
जनमतको सम्मान गर
संवधानको मसौदा परिमार्जनका लागि सुझाव दिन जनताले देखाएको उत्साहको कदर गरिनुपर्छ। संविधान सभाको नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिले संविधानको प्रारम्भिक मसौदामा सुझाव लिन आयोजना गरेको कार्यक्रममा देशभर जनताको सहभागिता उल्लेख्य रह्यो। संविधान सभासद्हरूको प्रत्यक्ष उपस्थितिमा सुझाव दिन जनतामा देखिएको उत्साह लोकतन्त्रको पक्षमा प्रकट भएको प्रतिबद्धता पनि हो।यसले नेपालमा लोकतन्त्रको विकल्प खोज्ने प्रयास सफल नहुने पुनः पुष्टि भएको छ।




संविधानको मसौदा प्रमुख चार दलका शीर्ष नेताबीच भएको १६ बुँदे सहमतिका आधारमा तयार गरिएको हो। त्यो सहमतिकै विरोधमा रहेका राजनीतिक दलहरू र समूहले मसौदाको विरोध गर्ने अनुमान पहिले नै गरिएको थियो। विशेषगरी प्रदेशको नामाङ्कन र सीमाङ्कन थाती राख्दा संघीयता अपूर्ण हुने तर्क विरोध गर्नेहरूले गरेका थिए। विरोधीका तर्कप्रति प्रमुख दलका नेताहरूले समेत सकारात्मक धारणा व्यक्त गर्न थालेका थिए। मसौदामा अभिमत संकलनका क्रममा प्रदेशको सीमाङ्कन र नामाङ्कनको विषयलाई थाती राख्न नहुने पक्षमा ठूलो जनमत प्रकट भएको भए सम्भवतः त्यसको सम्मान हुने पनि थियो। तर, लोकतन्त्रको सुन्दर पक्षलाई आत्मसात् गर्न नसक्ने असहिष्णुता प्रदर्शन गरेर तराईमधेसका केही दलहरूले जनताका पक्षमा सदुपयोग गर्न सकिने अवसर गुमाए।

लोकतन्त्रमा विश्वास गर्नेले विधि र प्रक्रियाको पनि सम्मान गर्नुपर्छ। मसौदामा समावेश गरिएका प्रावधानमा आफ्ना असहमति र सुधारका सुझावहरू शान्तिपूर्णरूपमा प्रस्तुत गरेका भए सोह्र बुँदे सहमतिका विरोधीहरूको साख र समर्थन बढ्ने थियो। प्रमुखदलहरूलाई पनि तिनका धारणालाई गम्भीरतापूर्वक लिन नैतिक दबाब पर्ने थियो। सुझाव संकलनकै बहिष्कार गरेर पनि मसौदामा उल्लेखित प्रावधानका साथै संविधान जारी गर्न अपनाइएको ...हतपते' प्रक्रियाको विरोध गर्नु अलोकतान्त्रिक हुनेथिएन। सक्रिय बहिष्कारका क्रममा शान्तिपूर्वक प्रदर्शन गर्ने अधिकारको पनि राज्यले सम्मान र सुरक्षा गर्नुपर्छ। तर केही राजनीतिक दलका नेताले प्रयोग गरेको छुद्र शब्दावली र विशेषगरी तराईमधेसमा प्रकट भएको तोडफोड र हिंसात्मक प्रदर्शनले विरोधको नियतमै प्रश्न उठाएको छ। पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाललयातका नेताहरूमाथि भएको आक्रमण र सुझाव संकलन प्रक्रिया बिथोल्न गरिएको बलप्रयोग लोकतान्त्रिक विधि र प्रक्रियाविरुद्धको प्रहार हुनपुगेको छ। यस प्रवृत्तिले विरोधीहरूको साख र जनसमर्थन दुवै घटाएको छ भने तिनको नैतिक शक्ति पनि कमजोर बनाएको छ।

मसौदामा राय दिन अग्रसर जनताको सहभागितालाई मसौदाका प्रावधानहरूको समर्थन गरेको अर्थ लगाउनु भने ठूलो भुल हुनेछ। सुझाव दिनेहरूमध्ये धेरैले मसौदामा परिमार्जन र परिष्कार अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्। अधिकांश सहभागीले तिनको सुझावको बेवास्ता गरिने सन्देह पनि व्यक्त गरेका छन्। प्रमुख दलका नेताहरूको सोच र शैली हेर्दा जनताको सन्देहलाई आधारहीन भन्न मिल्ने देखिँदैन। यसैले जनताको सुझावलाई गम्भीरतापूर्वक मनन गरेर मसौदाका प्रावधान परिमार्जन गर्न तत्पर हुनुपर्छ। यसैपनि मसौदाका सैद्धान्तिक र भाषिक विसंगतिहरूमा त सुधार नगरी सुखै छैन।

मसौदामा समावेश गरिएका प्रावधानको परिमार्जनका लागि अनेकौं सुझाव प्राप्त भएका छन्। तीमध्ये कतिपय परस्परविरोधी र अलोकतान्त्रिक तथा यथास्थितिवादी पनि छन्। यस्ता सबै सुझाव संविधानमा समेट्न पक्कै पनि सम्भव हुँदैन। तर, कुनै पनि सुझावलाई उपेक्षा र अनादर गर्दा संविधानप्रति जनताको स्वामित्व र समर्थन कम हुनेछ। सुझाव संकलनलाई सस्तो नौटङ्की सिद्ध हुन नदिन सुझावलाई राम्ररी केलाएर त्यसको निष्कर्ष सार्वजनिक गर्नुपर्छ। सुझाव विश्लेषणको विधि र प्रक्रिया पारदर्शी भएमा निष्कर्षको स्वीकार्यता बढ्छ।

संविधान विधेयक पारित गर्न प्रत्येक धारामा मतदान हुने प्रावधान छ। अहिले मतदानमा सहभागी भएर आफ्नो विरोध अभिलेखन गराउनेहरूलाई संशोधनका पक्षमा जनमत निर्माण गर्ने नैतिक अधिकार हुन्छ। यसैले मसौदाका पक्षधर दलहरू परिमार्जनका लागि खुला रहने र विरोध गर्नेहरूले पनि बन्द, द्वन्द्व र हिंसाको प्रयोग गर्न छाडी धरातलको यथार्थ स्वीकार गरेर सहकार्य गर्न तत्पर हुनु बुद्धिमानी हुनेछ। संविधान सभासद्हरूले संविधान निर्माणका लागि नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने हुनाले लोकतान्त्रिक संस्था, विधि र प्रक्रियाको सबै पक्षले पालना गरेर जनमतको सम्मान गर!
अर्को समाचार
जनमतको कदर गर्ने निर्वाचन पद्धति
२६ जेष्ठ २०७२
•
८ मिनेट पाठ
जनमतको कदर गर्ने निर्वाचन पद्धति
राज्य व्यवस्थाको सुसञ्चालनमा जनमतको उचित सम्मान गरिनुपर्छ भन्ने मान्यता वर्षौंदेखि चलिआएको छ। रामायणमा एउटा धोबीको भावनाको कदर गरेर राज्यप्रशासनमा जनमतको प्रभाव कायम राख्न राजा रामले अत्यन्त पतिव्रता पत्नी सीतालाई गर्भवती अवस्थामा त्याग गरेको अवस्था होस् वा ग्रिक सिटी स्टेटहरूमा प्रत्यक्ष मतदानबाट राज्य सञ्चालन गरिएको व्यवस्था होस्, जनमतको उच्च सम्मान गरिनुपर्छ भन्ने सिद्धान्त सधैं मान्य रहिआएको छ। हुकुमी शासन वा अन्य कुनै अधिनायकवादी व्यवस्थामा समेत जनता र जनमतको चर्चा भइरहेको हुन्छ।आधुनिक प्रजातान्त्रिक व्यवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष निर्वाचनद्वारा छानिएका जनप्रतिनिधिबाट राज्यव्यवस्थाको सुसञ्चालन हुने सर्वविदितै छ। यसमा पनि जनताबाट प्रत्यक्ष निर्वाचनका माध्यमद्वारा छानिएका जनप्रतिनिधिहरूबाट राज्यव्यवस्थाको सुसञ्चालन हुनुलाई नै सही प्रजातान्त्रिक व्यवस्था भनिन्छ। गत वैशाख १२ गते र २९ गते गएको महाभूकम्पपछि तुरून्त गर्नुपर्ने व्यापक उद्धार र राहत कार्य सम्पन्न भएपछि सरकारले पुनर्निमाण र पुनर्स्थापनाको योजना कार्यान्वयन गर्नेतर्फ लाग्ने प्रतिवद्धता जनाएको छ। पुनर्निमाण र पुनर्स्थापना कार्य व्यापक र दीर्घकालीन लक्ष्य राखी सम्पन्न गर्नुपर्छ। अर्बौं रुपैयाँको योजना भएकाले सरकारले बहुआयामिक सोच राखी योजना तयार गर्नुपर्छ। यसका निम्ति राष्ट्रभक्त, सक्षम, अनुभवी, इमानदार व्यक्ति ( भागबण्डाको आधारमा होइन ) सम्मिलित प्राधिकरण गठन गरेर स्वदेशी–विदेशी मित्र सबैलाई विश्वस्त पार्दै पारदर्शी ढंगमा काम सम्पन्न गर्नुपर्छ। 
साथै, महाभूकम्पले ल्याएको राजनीतिक दलबीचको सामिप्यको लाभ उठाउँदै अब नयाँ नेपाल बनाउन नयाँ संविधान निर्माणतर्फ पनि सक्रिय हुनुपर्ने भएको छ। प्रजातान्त्रिक राष्ट्रको संविधान निर्माण गर्दा जनमतको बढीभन्दा बढी सम्मान हुने निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्छ भन्ने कुरा निर्विवाद छ। हाम्रोजस्तो धेरै जाति, भेषभुषा, संस्कृति भएको राष्ट्रमा जनप्रतिनिधि सभा समावेशी हुनुपर्छ। यही महŒवपूर्ण कुरालाई ध्यानमा राखी वर्तमान संविधान सभामा ४० प्रतिशत प्रत्यक्ष निर्वाचनबाट र ६० प्रतिशत समावेशीअन्तर्गत विभिन्न राजनीतिक दलले निर्वाचनअगावै लिंग, जातजाति, समुदाय सबै विचार गरी लगत बनाएर निर्वाचन आयोगमा पठाउनुपर्ने परिपाटीअन्तर्गत सदस्य पठाएका हुन्। अघिल्लो संविधान सभामा पनि यस्तै भएको थियो। नेपालको अघिल्लो संविधान सभा समावेशी भएको भनेर सर्वत्र प्रशंसा पनि गरिएको हो। 
परन्तु, प्रत्यक्ष निर्वाचनद्वारा पनि यत्तिकै समावेशी स्वरूपको संविधान सभा निर्माण हुनसक्छ भन्नेतर्फ उचित ध्यान गएको छैन। प्रजातान्त्रिक प्रणालीमा जनताद्वारा प्रत्यक्ष निर्वाचित भएर आएका जनप्रतिनिधिहरूभन्दा दलीय नेतृत्वबाट मनोनित सदस्यको संख्या बढी हुनुलाई उचित मान्न सकिन्न भन्ने कुरा त दलहरू स्वयंले नै महसुस गरेर अहिले ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समावेशी गर्ने कुरा भइरहेको छ। तर, यो प्रणाली पनि उचित होइन। शतप्रतिशत प्रत्यक्ष निर्वाचनत्रित्रै समावेशी प्रतिनिधित्व पनि चित्तबुझ्दो तरिकाले सम्पन्न गर्न सकिन्छ।
संसद्को निर्वाचित सदस्य संख्या जति राख्ने हो त्यति नै निर्वाचन क्षेत्र त भई नै हाल्छ। ती निर्वाचन क्षेत्रमा महिला, दलित, जनजाति, मधेसीहरूको प्रतिनिधित्व कतिकति संख्यामा गर्ने हो त्यो निर्णय गरेर राज्यभरिका निर्वाचन क्षेत्रमा आरक्षण गरिनुपर्छ। जस्तैः महिला प्रतिनिधित्व ३३ प्रतिशत ( पछि त ५० प्रतिशत हुनैपर्छ ) गर्ने हो भने मुलुकभरका विभिन्न निर्वाचन क्षेत्रमा छरेर ३३ प्रतिशत क्षेत्र महिला उम्मेदवारका निम्ति आरक्षण गरिनुपर्छ। यी निर्वाचन क्षेत्रमा सबै दलले महिला उम्मेदवारमात्रै उठाउनुपर्छ। अर्को पटकको निर्वाचनमा अरू नै निर्वाचन क्षेत्रहरू छान्नुपर्छ। यसो भएमा पालैपालो गरी प्रत्येक निर्वाचन क्षेत्रमा महिलाको राजनीतिक सशक्तिकरण क्रमशः सुदुढ हुँदै जानेछ। 
त्यस्तै, धेरै लामो समयदेखि तिरष्कृत र अपहेलित हुँदै आएका दलित समुदायबाट उचित प्रतिनिधित्व गराउन जनसंख्याको आधारमा १४ प्रतिशत निर्वाचन क्षेत्र राष्ट्रभरिबाट आरक्षण गरिनुपर्छ। यस्तै तरिकाले जनजाति र मधेसीहरूका निमित्त पनि निर्वाचन क्षेत्र आरक्षण गरिनुपर्छ। बाँकी निर्वाचन क्षेत्रबाट खुला तरिकाले उम्मेदवार उठ्न पाउने त छँदैछ। 
यसो भएमा सबै समावेशी संसद् पनि प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछन् र प्रजातान्त्रिक व्यवस्थाअनुरूप जनमतको सम्मान पनि हुनेछ। जननिर्वाचित संसद्मा विशेष योग्यता भएका निर्वाचनमा भाग लिन नचाहने, तर राष्ट्रको सेवामा महŒवपूर्ण योगदान पुर्यााउन सक्ने व्यक्तिहरूमध्येबाट ३० वा ४० जनासम्म मनोनित संासद पनि संसद्मा समावेश गराउन सकिन्छ। यसबाट विभिन्न दलका नेताले आफ्ना कार्यकर्तालाई संसद्को सदस्यता बाँडेर स्वतन्त्ररूपमा पुरष्कृत गर्ने छुट पाउने छैनन्। आखिर निर्वाचित सदस्यहरू सबैजसो (स्वतन्त्र उम्मेदवारबाहेक ) विभिन्न राजनीतिक दलबाट ‘टिकट' दिइएका व्यक्ति नै हुने हुनाले नेतृत्ववर्ग असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन। हो, दलका उम्मेदवारहरू छनौट गर्दा भने निर्वाचनमा विजयी हुन सक्ने जनमुखी, जनसेवामा समर्पित कार्यकर्ताको चयन गर्नमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यसबाट वर्तमान प्रणालीमा महसुस गरिरएका विकृति र विसंगतिहरू क्रमशः हराएर जानेछन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस