थापाको अभिव्यक्तिले गर्माएको एमाले
२४ चैत्र २०८२
•
६ मिनेट पाठ
थापाको अभिव्यक्तिले गर्माएको एमाले
एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक्ति विवादमा पर्‍यो। 




एमाले पंक्तिमा यसले एक प्रकारको हलचल ल्यायो, सचिवालयको आकस्मिक बैठकसमेत बस्यो। संसद् अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दा संसदीय दलका नेतासमेत रहेका बादलले निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) को विजयमा मुख्यतः नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की नेतृत्वको पूर्ववर्ती सरकार, जेनजी आन्दोलन छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोग, बारबरा फाउन्डेसन, एनजिओलगायतका संस्था र पात्रहरूको निर्णायक भूमिका रहेको बताएका थिए। उनले व्यंग्यात्मक रूपमा रास्वपासहित ती संस्थालाई बधाईसमेत दिए। प्रतिनिधिसभामा एमाले संसदीय दलका नेताको तर्फबाट व्यक्त धारणाको पार्टी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतका नेताले खुलेर आलोचना गरे। यसै विषयलाई लिएर शुक्रबार सचिवालय बैठक पनि बस्यो।

एमाले उपाध्यक्ष पौडेल र उपमहासचिव भट्टराईले बादलको भनाइ पार्टीको आधिकारिक धारणा नभएको पनि बताए। सचिवालय बैठकमा बादलबाट प्रतिनिधिसभामा व्यक्त धारणामाथि करिब ६ घण्टा छलफल भयो। बादललाई प्रतिनिधिसभा संसदीय दलको नेता चयन गरेको विषयमा एमालेमा असन्तुष्टि उत्पन्न भइरहेका बेला उनले दिएको अभिव्यक्ति विवादमा परेको हो। युवाले महासचिव शंकर पोखरेललाई निर्णय सच्याउन माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिने, फुल दिने जस्ता कार्यक्रम भइरहेका बेला बादलले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गर्‍यो। केन्द्रीय सदस्य खिमलाल भट्टराईले एमाले प्रतिनिधिसभा संसदीय दलको नेता चयन विषयमा सामाजिक सञ्जालमा खुलेर विरोध गरेका थिए।

बादलले दिएको अभिव्यक्तिको विरोध भएपछि सचिवालय बैठकले सच्याउनुपरेको थियो। बैठकले चुनावमार्फत व्यक्त जनमतलाई सम्मान गर्ने निर्णय गरेको थियो। साथै बालेन्द्र शाह नेतृत्वको सरकार र निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायतलाई धन्यवाद दिएर बादलको अभिव्यक्ति सच्याउने काम सचिवालय बैठकले गर्‍यो।

सचिवालय बैठकमा चुनावी समीक्षाका लागि केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल भयो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेका बेला नेता–कार्यकर्ताबाट आएका विवादास्पद अभिव्यक्तिको निरूपण प्रणालीगत बैठकबाट हुनुपर्ने आवाज पार्टीभित्र उठेको छ। सचिवालय बैठकमा बादलको भनाइमा मात्र होइन, पार्टी नेतृत्वको ससम्मान बहिर्गमन र विशेष महाधिवेशन बोलाउनुपर्ने विषयमा पनि छलफल भयो। बैठक पार्टी अध्यक्ष ओलीलाई रिहा गर्न माग गरेको छ। पार्टीभित्र उत्पन्न विवाद र नेतृत्व परिवर्तनका विषयमा अर्को बैठकमा छलफल गर्ने सहमति भएको छ।

एमालेभित्र संस्थापन इतरपक्ष भनेर चिनिएको विद्या भण्डारी समूह अहिले नै विशेष महाधिवेशन बोलाउने विषयमा मौन छ। ओलीको रिहाइलाई पहिलो प्राथमिकतामा राखेर जानुपर्ने धारणा यो समूहबाट आइरहेको छ। तर ओली पक्षका केही नेताले नै यो बेला विशेष महाधिवेशन बोलाउन माग गरिरहेका छन्। यसका लागि हस्ताक्षर संकलनको तयारी पनि भइरहेको छ।

विशेष महाधिवेशनका लागि तत्काल हस्ताक्षर अभियान चलाउने हो भने पार्टीमा विग्रह सिर्जना हुने जोखिम भएकाले यसमा भण्डारी पक्ष सचेत देखिएको छ। भण्डारीनिकट नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्नु अहिलेको समयका हिसाबले उपयुक्त नभएको बताउँदै आएका छन्। ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पिताको काजकिरियाबाट बाहिर आएलगत्तै राज्यले प्रतिशोध लिइरहेको छ। उहाँ हिरासतमा हुनुहुन्छ। यस्तो बेला विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्न हुन्न भन्ने हाम्रो मान्यता छ’, भण्डारी समूहका एक नेताले भने। तर एमालेको जनसंगठन बुद्धिजीवी परिषद्ले भने विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको मस्यौदा तयार पारिसकेको छ।

विशेष महाधिवेशनबारे छलफल
एमालेको जनसंगठन बुद्धिजीवी परिषद्ले निर्वाचनमा पार्टीको हार भएका कारण विशेष महाधिवेशनमा जानुपर्ने तर्क अघि सारेको। एमाले विधानको धारा ७३ अनुसार बहुमत प्रतिनिधि वा दुई तिहाइ जिल्ला कमिटीको माग भएमा केन्द्रीय कमिटीले विशेष महाधिवेशन बोलाउनुपर्छ ‘विशेष महाधिवेशन/अधिवेशनले महाधिवेशन/अधिवेशनका लागि यस निर्वाचनका विभिन्न धारामा तोकिएको सम्पूर्ण अधिकार र कर्तव्य पालना गर्न सक्नेछ,’ विधानको धारा ७३ (घ) मा लेखिएको छ। सोहीअनुसार विशेष महाधिवेशन मागका लागि बुद्धिजीवी परिषद्ले मस्यौदा तयार पारेको हो।

‘संसदीय राजनीतिमा २०४८ देखि २०८२ सालसम्म आइपुग्दा सबैभन्दा कमजोर निर्वाचन परिणाम प्रत्यक्ष १६५ सिटमा नौ सिट (५.४५ प्रतिशत) र समानुपातिकमा १३.४३ प्रतिशत मात्र मत प्राप्त गर्न सक्नु नेकपा एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताले अविश्वास गरेको अवस्था हो,’ मस्यौदामा भनिएको छ, ‘राजधानी रहेको काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ११ मा नेकपा एमालेका उम्मेदवारको जमानत जफत हुनुले गम्भीर परिस्थिति सिर्जना भएको अवस्थाको उजागर गर्छ।’

मस्यौदामा हस्ताक्षर भने कसैले गरेका छैनन्। तर दुईचार दिनभित्रै हस्ताक्षर अभियान अघि बढाउने तयारी भइरहेको र विशेष महाधिवेशनका लागि निवेदनपत्र पनि तयार पारिने परिषद्का एक नेताले बताए। ‘गुटकै नेताहरूको पनि भर छैन, अहिलेलाई दबाबका लागि हाम्रो स्वतःस्फूर्त अभियान यो हो भन्ने नै बुझ्नुस्, यसलाई अलिकति औपचारिक रूप दिएपछि धेरै कुरा बाहिर आउँछ,’ ती नेताले भने।

प्रतिनिधिसभामा बादलको अभिव्यक्ति
नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंग क्रान्ति सफलतापूर्वक सम्पन्न भयो। फागुन २१ गते आमनिर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो। चैत १३ गते भव्य धार्मिक अनुष्ठानमार्फत श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ गराइयो।

यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो, तथ्यहरूले के स्पष्ट गर्छन् भने मुख्य त नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनसजओ आदि संस्था एवं पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो।

त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेका तर्फबाट धेरै धरै बधाई भन्न चाहन्छु। यो जादुमय विजयका लागि बाह्य दृष्टिले कस कसले निर्णायक भूमिका निर्वाह गरे ? असंख्य तथ्यहरूले के स्पष्ट गर्छन् भने अदृश्य शक्तिहरू, टिओबी, एआई, एल्गोरिदम, गोयबल्सहरू, जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुंखार खलनायक र हत्याराको रूपमा स्थापित गरे। जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खल पात्रहरूलाई महानायक बनाए। ती संस्था र पात्रहरूले नै बाह्य रूपमा यो जादुमय निर्णायक भूमिका खेले। त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरूलाई पनि नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।

यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको छ। कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो। कुन उद्देश्य प्राप्तिका लागि ती अबोध विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न उक्साइयो ?

कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू २३, २४ गते तिलस्मी रूपमा प्रकट भए ? कुन उद्देश्य प्राप्तिका लागि गैर कानुनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो ? कुन उद्देश्य प्राप्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदैछ ? कुन उद्देश्य प्राप्तिका निम्ति देशव्यापी रूपमा दमन चक्र र राज्य आतंक मच्याइँदैछ ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेसाकर्मीको संगठित हुन पाउने मौलिक अधिकारलाई बलात् खोसिँदैछ ? कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सिर्जना गरिँदैछ ?
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
३० मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस