नेपाली जनताले नेताप्रति ठूलो विश्वास गरे, त्यो विश्वास दिन/प्रतिदिन घातक भएर आइरहेको छ। माओवादीले क्षणिक फाइदाका लागि राजनीति गर्यो। कांग्रेस र एमाले जनताको भावनाभन्दा बाहिर गएर गणतन्त्र, धर्म निरपेक्षता, संघीयता जस्ता कुरामा सहमति गर्न पुगे जुन कुरा जनचाहनाअनुरूपको हिजो पनि थिएन र आज पनि छैन। साँच्चै ती कुरालाई लिएर जनमत संग्रहमा जाने हो भने ती कुनै पनि जनताबाट स्वीकार्य नहुने निश्चित छ।जनताको भावना एकातिर, नेताको चाहना अर्कोतिर भएका कारण पनि यो अवस्था आएको हो। जनताको धारणा देशको वस्तुस्थितिलाई हेरेर बनेको भए पनि नेताको धारणा विदशी शक्तिकेन्द्र हेरेर बन्ने गरेको छ। जनता आफूले दशकौंदेखि भोग्दै र बेहोर्दै आएका रोग, भोक र अशिक्षा जस्ता कुराका विरुद्ध राजनीतिक दल र तिनका नेता लडून् भन्ने चाहेका छन् तर नेताहरुलाई त्यसको मतलव छैन।
सतहीरूपमा हेर्दा जनताको पक्षमा लडेजस्तो देखिए पनि भित्रीरूपमा कतिवटा संघीयता बनाउँदा आफ्नो राजनीतिक भविश्य सुरक्षित हुने, स्वास्नी, छोरा, भाइबैनी, सालासालीलाई कसरी मन्त्री बनाउने, सात पुस्तालाई पुग्ने गरी सम्पत्ति कसरी जोड्ने भन्ने मानसिकताले काम गरिरहेको छ। नेपाली जनता कोही अरबका खाडीमा मरेका छन्, देशभित्र रहेकाहरु पनि कोही खान नपाएर, कोही रोग लाग्दा समान्य सिटामोल नपाएर मरेका छन्। ती कुरा राजनीतिक दल र तिनका नेताका लागि कहिल्यै प्राथमिकताको विषय बन्न सकेन्। क्यान्सरको रोगले मरेकी आफ्नी छोरीको लाश हेर्दै आर्यघाटमा रोएका प्रचण्ड जनाताका छोराछोरी मर्दा र मार्दा कहिल्यै दुःखी भएनन्। उनीमात्र होइन सबै दलका सबै नेतालाई त्यसले कहिल्यै छोएन। त्यसैले त पटक पटक आन्दोलन भयो, व्यवस्था फेरियो तर जनताको जीवन फेरिएन।
नेपाली जनता नेताको व्यवहार, बोली र आचरण देखेर हैरान परेका छन्। गणतन्त्र आएपछि ४ जना नेताले दशेको ठेक्का लिएर हिँडेका छन्। तिनले कतिबेला कुन तालमा के कुरा बोल्छन त्यसको मार नेपाली जनताले भोग्नुपरेको छ। योभन्दा दुर्भाग्य अरु के हुन सक्छ? ती चार जना नेता पनि अरु कुनै ग्रहबाट आएका होइनन्, यही समाजका उपज भएको हँुदा जसरी अरु नेपाली विदेशका खाडीमा काम गर्न गएका छन् त्योभन्दा बढी हैसियत यिनको छैन भन्ने कुरा व्यवहारबाट पुष्टि भइसकेको छ। यद्यपि तिनै नेतामाथि भरोसा राखेर देश र जनताबारे तिमीहरु नै मिलेर निर्णय गर भनेर त्यत्रो जिम्मेवारी पाउँदा पनि १२ बुँदेको विरुद्धमा भयो, तराई आन्दोलनको विरुद्धमा भयो भनेर कसलाई भनेका? १० वटा प्रदेश बनाउँदा १२ बुँदे सम्झौताअनुसार हुने, ६ वटा बनाउँदा नहुने भन्नुको तर्क के?
देशमा अहिले राज्य सञ्चालनका कुनै पनि अंगले काम गरेका छैनन्। राज्य प्रमुख स्वयम् देशमा भ्रष्टाचार बढ्यो भन्दै चिन्ता गरेको नाटक गर्छन्। जताजतै अस्तब्यस्त छ। लुटेर खानेहरुलाई समय समयमा हुने राजनीतिक परिवर्तन स्वर्णकाल बन्दै आएको छ तर राज्यले जनतालाई सेवा दिने कुरामा संक्रमणकालमा छ भन्दै झुक्याउने गरेका छन्। संक्रमणकाल भन्ने कुरा निश्चित समयभित्र आफैँ टुंगिन्छ। सकेसम्म त्यस्तो संक्रमणलाई छिटै हटाउने भनेर दलहरु लागेका हुन्छन् र सके हटाउँछन नसके निश्चित समयपछि आफँै हटेर जान्छ। यो संक्रमणकालको नियम नै हो। तर नेपाल र नेपालीको हकमा त्यस्तो संक्रमणकाल दशकौं होइन, शताब्दियौंसम्म रह्यो। देशमा संक्रमणकाल होइन, संक्रमितकाल बनाउने काममा प्रतिस्पर्धा चल्यो। जसरी सिकारु डाक्टरसँग बिरामी भएर जाँदा यो औषधी खाएर हेर्नूस् भनेर पठाउँछन र त्यो बिरामीलाई प्रयोगशाला बनाउँछन् आज नेपाल त्यस्तै भएको छ। नेपाललाई संक्रमित बनाउने काममा भारत, चीन, युरोपेली युनियन, अमेरिकालगायतका थुप्रै शक्ति लागेका छन्। संक्रमित हुने भाइरस बोक्ने कामचाहिँ जनताले विश्वास गरेका नेताले गरेका छन्। पाएसम्म भाग पनि खाँदै हिँड्ने अनि फेरि आन्दोलन र क्रान्तिको धम्की पनि दिने? त्यो धम्की कसलाई– जनतालाई? होइन भने गणतन्त्र आएकै छ, धर्म निरपेक्ष भएकै छ, संघीयतामा जाने भनेकै छ भने अब सतहमा नदेखिएको खोस्न र गर्न बाँकी रहेको काम के हो? त्यो सब भाइरसकै संकेत होइन र?