टाइमलाइनमा के भइरहेको छ!
१५ असार २०७०
•
१० मिनेट पाठ
टाइमलाइनमा के भइरहेको छ!
ट्वीटरमा प्रख्यात काकाबासँग यसको 'नशा'बारे गफ भयो। उनले विदेशमा रहेका एक भतिजको ट्वीटर–नशा सुनाए। ट्वीटर चलाउनै नजान्ने भतिज नेपालका साथीलाई सोधीसोधी ट्वीटरमा अभयस्तमात्रै भएनन्, लतै लागेछ। 'अब त अति भयो,' श्रीमतीले प्रस्ताव तेर्स्याइन्, 'कि ट्वीटर छोड्नूस, कि मलाई।'

भतिजका कुरासँगै उनले आफ्ना कुरा पनि निकाले। फेसबुकमा सीमित काकाबा पनि साथीहरूकै कारण ट्वीटरमा आइपुगे। सुरुमा त के हो! के हो! जस्तो लाग्यो उनलाई। फोटो पनि छैन। च्याट गर्न पनि नमिल्ने। बिस्तारै बानी पर्‍यो। काकाबाकी श्रीमती हिरा न्यौपाने भन्छिन्, 'अहिले त म पनि ट्वीटर हेर्न थालेकी छु।'  

पछिल्लो समय सहरिया युवा ट्वीटरमा झुम्मिएका छन्। कतिलाई 'लत'जत्तिकै भइसक्यो। उठेदेखि नसुत्दासम्म टाइमलाइनमा स्क्रल घुमाउनैपर्ने भएको छ। 'टाइमलाइनमा के भयो होला भन्ने लागिरहन्छ,' प्रमोद न्यौपानेले भने, 'ट्वीटर त एडिक्सनजस्तै भइसक्यो।' प्रविधि र मोबाइलको सुविधाले अफिस, बाटो, गाडी, घर जहाँबाट पनि ट्वीटरलाई साथी बनाउन सकिने भएको छ।

ट्वीटर यसरी झाँगिदै छ, जसको प्रभावले समाज, राजनीति, कला, फिल्म, पुस्तकको व्यापारमा समेत प्रभाव पार्न थालेको छ। समाजिक कार्यक्रम, नेता र राजनीति विषय, फिल्म र पुस्तक समीक्षासमेत ट्वीटरमा हुन थालेका छन्। नेपालमा ट्वीटरको प्रयोगलाई ठूलो समूहमा ल्याउन भूमिका खेल्ने आकार अनिल भन्छन्, 'आफ्नो प्रोफेसनमा सफल हुन ट्वीटरले सहयोग गर्न सक्छ।'   

इन्जिनियर, डाक्टर, पत्रकार, नेतादेखि हरेक क्षेत्रका व्यक्ति ट्वीटरमा जोडिएका छन्। चुनावको प्रचार ट्वीटर/फेसबुकबाट पनि गर्ने भनेर निर्वाचन आयोगले बताइसकेको छ। आफ्ना लेख रचना, ब्लग, न्युज पोर्टलको प्रचारसमेत ट्वीटरमा हुन थालेको छ।  

ट्वीटर सुरु भएको तीन वर्षपछि २००८ देखि आकार अनिलले ट्वीटर चलाउन थाले। 'त्यत्तिखेर ट्वीटरको सर्कलमा २०–२५ जनामात्र साथी थिए होलान्,' आकारले भने, 'उनीहरू इन्जिनियर र आइटी सेक्टरका मात्रै थिए।'

२०१० तिर बलिउडका सेलिब्रिटी ट्वीटरमा प्रवेश गरेसँगै यसको लोकप्रियता बढ्यो। उनीहरूका ट्वीटबारे सञ्चारमाध्यमले विशेष महŒव दिए। यसले सेलिब्रिटीका नेपाली फ्यानहरू ट्वीटरतर्फ तानिए। 

ब्रायन एडम्स्को नेपाल प्रवेशपछि ट्वीटरमा नेपाली थपिएको आकार बताउँछन्। ब्रायन नेपाल आउनुअघि उनका ट्वीटबारे चर्चा हुन थाल्यो। फ्यानहरूले धमाधम ब्रायनलाई फलो गर्न थाले। पत्रकारहरूले ट्वीटर प्रयोग गर्न थालेपछि भने यसले अझ विस्तार पायो। 

युवाहरू मात्रै होइन तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटर प्रवेशले ठूलै हल्ला मच्चायो। उनको ट्वीटर मोहलाई मिडियाले चासोका साथ प्रचार गरे। उनकै लहलहैमा राजनीतिक कार्यकर्ता पनि टि्वटरमा प्रवेश गरे।  

ट्वीटरमा ठूलो समूह निर्माण हुदैछ। कुलरिम्स (सुवासकुमार कोइराला) ट्वीटरलाई एउटा ठूलो परिवारजत्तिकै ठान्छन्। ट्वीटरका युवा टाइमलाइनमा मात्र सीमित छैनन्। उनीहरू आइडिया सेयर गर्छन्, सँगै बसेर चिया पिउँछन्, जन्मदिन मनाउँछन्। ट्वीटरलाई माध्यम बनाएर सामाजिक काममा पनि जुट्छन्। 

टिएफसी नेपाल @tfcNepal

ठूलो समूह ट्वीटरमा व्यस्त हुन थालेपछि साथीहरूसँग भेटघाट र सामाजिक कार्य गर्न केही ट्वीटर प्रयोगकर्ता जोसिए। समूह निर्माण गरे, 'टिएफसी नेपाल'। उनीहरू यसलाई 'लुज नेटवर्क' भन्न रुचाउँछन्।

दुई वर्षअघिको यो प्रयासले अहिले धेरै युवालाई समेटेको छ। सुरुमा प्रमोद, इश र आकारले ट्वीटमार्फत् भेटघाटका लागि आह्वान गरेपछि २०११ मार्चमा केही युवा भेला भए। भृकुटीमण्डपमा १४ जना साथीहरू भेला भएपछि सामाजिक कामबारे सोच बनेको प्रमोद बताउँछन्। 

सामाजिक कामका लागि नै उनीहरूले टिएफसी नेपाल हेन्डल खोले। यही हेन्डलमार्फत् साथीहरू थपिए। 

टिएफसीमार्फत् नै योजना बन्छ। आफूसक्दो पैसा जुटाउँछन्। त्यसलाई आवश्यक ठाउँमा सहयोग गर्छन्। अहिलेसम्म १० वटा मिसन (सहयोग) सकिसकेको प्रमोद बताउँछन्। ४ हजारभन्दा धेरै फलोअर रहेको टिएफसी नेपालमा ६०–७० युवा धेरै सक्रिय छन्।

पवित्र समाज सेवा नेपाल हुँदै यो मिसन केन्द्रीय बालमन्दिरका बच्चालाई लिटो खुवाउने सहयोगसम्म आइपुगेको छ। निस्वार्थ जुटेको पैसाबाट सयौं बालबालिकाले सहयोग पाएको अभियानका युवाहरू बताउँछन्। हरेक मिसनमा करिब ५०–६० हजार रुपैयाँ संकलन हुने प्रमोदले बताए। 

सक्रिय सदस्यले हरेक महिना हजार रुपैयाँ टिएफसी नेपालका लागि जम्मा गर्छन्। कोही छोराछोरीको जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्छन्। आफूहरूप्रतिको विश्वासले सहयोग जुटिरहेको उनीहरूको भनाइ छ। संकलित सहयोग रकम र खर्च विवरण टिएफसीको साइटमा राख्ने गरिएको छ। ११ औं मिसनमा गाईघाटको एक स्कुल परेको छ। त्यसैको सहयोगमा उनीहरू सक्रिय बनेका छन्। 

ट्वीटरमा चर्चित आइब्लड काठमाडौं @ibloodnepal का युवा पनि सामाजिक सेवामा जुटेका छन्। कसैलाई रगत चाहियो भने ट्वीट गर्नेबित्तिकै उनीहरू सहयोगमा लागिहाल्छन्।  

क्याफे कविता @CafeKavita­

कविताले नै कहिलेकाहीँ टाइमलाइन भरिन्छ। जान्नेहरू राम्रै लेख्छन्, नजान्ने प्रयास गर्छन्। कविता–प्रेमलाई सम्बोधन गर्दै ट्वीटरमा क्याफे कविताको हेन्डल बनेको छ। ६ महिनाअघिदेखि सुरु क्याफे कविता ट्वीटे युवाबीच लोकप्रिय छ। 

'मिन पचास'बारे कविता सुनाउन बनेको सोच नै क्याफे कवितासम्म पुग्यो। सुरुमा रूपेश श्रेष्ठ, कमल कुमार, जोतारे धाइबा र जनक पौडेल थिए। हरेक महिना कविता सुनाउने सल्लाहअनुसार नयाँ नाम जुर्‍यो, 'क्याफे कविता'। क्याफेमा बस्ने कविता सुनाउने। 

काठमाडौंमा तीनपटक कविता सुनाइसकेको क्याफे कविता इटहरीसम्म पुग्यो। 'युवाहरूमा राम्रो प्रभाव जमाएको छ,' रूपेश भन्छन्, 'फरक खालको कविता गोष्ठी नयाँ प्रतिभाका लागि प्लेटफर्म बनेको छ।' 

कविता वाचनसँग भिडियो लाइभ पनि हुन्छ। बेला–बेला एफएमले पनि प्रत्यक्ष प्रसारण गर्छन्। 

आज सोसल मिडिया डे
आज शनिबार 'सोसियल मिडिया मिटअप २०१३' हुँदै छ। ३० जुनमा यो दिवस विश्वभर मनाइन्छ। विश्वमा भइरहेको प्रविधि–क्रान्तिबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा कार्यक्रम गर्न लागिएको आयोजक आकार अनिलले बताए। किङस् कलेज, बिजुलीबजारमा साढे १२ बजेदेखि कार्यक्रम हुँदै छ। 'सोसियल मिडिया इज गुड' विषयमा मार्केटिङ, पत्रकारिता, शिक्षा, साहित्य, फिल्म, संगीत, खेलकुद क्षेत्रका जानकारले आफ्नो प्रस्तुति राख्नेछन्। 

विश्वमा २०१० देखि मनाउन थालिएको यो दिवस मासएवलले सुरु गरेको हो। नेपालमा भने दुई वर्षदेखि आकारकै आयोजनामा 'सोसियल मिडिया डे' आयोजना हुन्छ। 
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस