अब त अति भयो!
१४ भदौ २०६८
•
२१ मिनेट पाठ
अब त अति भयो!
मोरंग उद्योग संघका सोम अधिकारी भावविह्वल हुँदै भन्छन् - विगत दस वर्षमा विराटनगर करिडरका १४ उद्योगहरू बन्द भए। आफ्नै आँखा अगाडि ९,७११ कामदारले रोजगारी गुमाए । कतिको बिचल्ली भयो। केही विदेश पलायन भए। कामदारको मात्रै होइन उद्योगपतिको पनि बिचल्ली छ। बैंकबाट लिएको कर्जा तिर्न नसकेर व्यक्तिगत सम्पत्ति निखन्नु परेको, घरबार बेचेर डेरामा सर्नु परेको र बैंकको कालो सूचीमा दरिनु परेका थुप्रै उदाहरण छन्। कतिपयले आफ्नो वेदना खुलेर व्यक्त गर्न पनि सक्दैनन्।

बचेखुचेका उद्योगपति बेलाबेलामा भन्छन् - 'कुन जुनीमा के अपराध गरिएछ कुन्नि, यो जुनीमा नेपालमा उद्योग खोलेर दण्ड भोगियो'। राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउने, मुलुकभित्रै रोजगारी सिर्जना गर्ने उद्योगपतिहरूको यसे वेदनालाई पुँजीपतिहरूको देखावटी रोदन भनेर पन्छाउनु हलुका विश्लेषण हो।
औद्योगिक पूर्वाधार गतिलो छैन। प्रशासनिक झैझमेला त्यत्तिकै छन्। पछिल्ला चार वर्षमा ऊर्जाको आपूर्ति नियमित छैन र निरन्तर चलिरहनुपर्ने उद्योगहरूले वैकल्पिक महँगो प्रविधिमा आधारित ऊर्जाको प्रबन्ध नगरी धरै छैन। विभिन्न समूहहरू आफ्नो बैंक खाताबाट चेक खिँचेर पैसा निकालेजस्तो उद्योगमा चन्दा लिन आउँछन्। जसरी बैंकले आफैँ चेक लिएर नगद काउन्टरमा उभिएको खातावाललाई पैसा नदिई फर्काउन सत्तै्कन, त्यसैगरी उद्योगीले पनि पैसा नदिई सुख पाउँदैनन्। त्यसमाथि मागे जति पैसा नदिए थातथलोमै दुई चार झापड खानुपर्छ। कतिपय अपहरणमा परे। यो क्रम रोकिएको छैन। अपराधी गिरोहहरू र भूमिगत राजनीतिक गतिविधि चलाएका केही समूहले टेलिफोन र पत्रबाट मागेजति रकम मागेको समय र स्थानमा नपुर्‍याए भौतिक कारबाही गर्ने चेतावनी दिँदै पत्र लेख्छन्। प्रहरीको सुरक्षा माग्दा पनि सुख नपाउने अवस्थामा कतिपय छन्।
यी समस्यामध्ये कतिपय हल गर्न समय लाग्छ। औद्योगिक पूर्वाधार सुधार र विस्तार गर्न नेपाल सरकारको ठुलो लगानी आवश्यक छ। उद्योगपतिहरूले यो काम गर्न सक्दैनन्। भएकै औद्योगिक क्षेत्रहरूको पूर्वाधार जीर्ण भइसकेको छ। सिमेन्ट उद्योग, रोडा उद्योग, कृषि तथा वनजन्य उत्पादनको प्रशोधन, पर्यटन उद्योगका राम्रो सम्भावना भएका क्षेत्रमा अत्यावश्यक पूर्वाधार विस्तार हुनसकेको छैन। जहाँ पूर्वाधार पुगेको छ, त्यहाँ पनि उत्पादन लागत कम गर्नसक्ने स्तरीय पूर्वाधार छैन। ऊर्जाको समस्या पनि निकट भविष्यमा समाधान हुने लक्षण छैन। वाचा गरिएबमोजिम नै काम गरे पनि अझै कम्तीमा चार वर्ष कुर्नुपर्ने देखिन्छ।
नीतिहरू गतिलै भएपनि चाँडोचाँडो सरकार परिवर्तन हुँदा कर्मचारीतन्त्र समेत अस्थिर बन्नपुगेको छ। फलस्वरूप, प्रशासनिक झैझमेला घट्नुको साटो बढेको छ। कतिपय निर्णयहरू समयमा हुदैनन्। बजार गतिशील छ, त्यसमाथि अन्तर्राष्ट्रिय बजार अझै बढी। बजारले निर्णय कुरेर बस्दैन तर सरकारी निर्णय कुरेर बस्ने उद्योगपति बजारबाट विस्थापित भइसकेको हुन्छ। कमसेकम यसमा त सुधार गर्न सकिन्थ्यो। सरकार छिनछिनमा परिवर्तन भएपनि आर्थिक गतिविधिलाई सहयोग पुर्‍याउने निकायमा चाँडोचाँडो कर्मचारी परिवर्तन नगरेर र अधिकार प्रत्यायोजन गरेर निर्णय समयमा दिन सकिन्थ्यो।
आर्थिक सुधार र लगानीको वातावरण निर्माण गर्ने कतिपय ऐनहरू तर्जुमा हुनसकेका छैनन्। तर्जुमा भइसकेका महत्वपूर्ण ऐनहरू पनि व्यवस्थापिका संसद्सम्म पुगेर महिनौदेखि थन्केर बसेका छन्। संविधान र शान्तिप्रवि्र्कया निश्चय नै प्राथमिकताका विषय हुन् तर यो प्राथमिकतामा ध्यान दिँदा आर्थिक विषयहरू ओझेलमा पर्नुपर्ने कुनै कारण देखिँदैन।
चन्दा आतंक राजनीतिक अस्थिरताको अन्त्यसँगै बिस्तारै कम होला। स्थिर सरकार बनेपछि सुरक्षा स्थितिमा सुधार होला भनेर त्यतिन्जेल जिनतिन उद्योग चलाइराखुँ भन्ने मनस्थितिमा उद्यमीहरू छन्। अचाक्ली चन्दा दिन बाध्य भएकाहरूले त्यो रकम वस्तुको मूल्यमा जोडेर बेचेका छन्। जसको मार उपभोक्ताले भोग्नुपरेको छ। मूल्य बढी भएको कारणले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने उद्योगहरू रुग्ण हुनपुगेका छन्।
धेरै समस्याहरूसँग जुधिरहेको औद्योगिक जगत विगत एक दशकदेखि चर्को आन्तरिक समस्यामा जेलिएको छ। यस अवधिमा बाह्य समस्याका कारणले भन्दा पनि आन्तरिक समस्याले थला परेर धेरै उद्योगहरू धराशायी नै हुन पुगेका छन्। बिराटनगरका सोमनाथ अधिकारीले बताएका उद्योगहरू सबै श्रम समस्याले गर्दा बन्द हुनपुगेका हुन्। त्यस क्षेत्रमा रहेका अझै दुईतीन उद्योगहरू पनि यही समस्याले गर्दा आज हो कि भोलि भनेजस्तो भएका छन्।
विराटनगरमात्रै होइन स्थिति अन्यत्र पनि त्यस्तै छ। काठमाडौंमा एक जमानामा फस्टाएको गलैँचा उद्योग गुणस्तरमा अवाञ्छित प्रतिस्पर्धाका कारणले मात्रै होइन गुणस्तरमा प्रतिष्ठा र अन्तर्राष्ट्रिय पहिचान कमाएकाहरू पनि श्रम समस्याकै कारण खस्किदैँ गए। पोखराका एकजना नवउद्यमीले आफ्नो कारखानामा भएको हालैको एउटा घटनाका बारेमा बिलौना पोखे। कारखानाकै कामदारहरूको एक समूहले एकजना वरिष्ठ कर्मचारीलाई हातपात गरेछन् र उनीहरूले भनेबमोजिम नमाने हातखुट्टा भाच्ने धम्की दिएछन्। यो थाहा पाएका उनले ती कामदारहरूलाई सम्झाउन खोज्दा उनले पनि त्यस्तै खप्की खानुपरे पछि भनेछन् - 'लौ जे पर्छ पर्छ, दुईचार लाख खर्च गरेर गुण्डा ल्याएर म पनि तिमीहरूका हातखुट्टा भाच्न लाउँछु'। त्यसो भनेपछि स्थिति साम्य त भयो तर यसरी झुत्ति खेलेर, बाझाबाझ गरेर कति दिन उद्योग चलाउन सकिन्छ? उनको प्रश्न थियो। ती युवा उद्यमी त्यस घटनापछि दिक्क छन्।
उद्योगमा बेलाबेलामा मजदुरले आफ्नो कार्यस्थल, सुरक्षा र तलबसुविधाका बारेमा माग राख्नु स्वाभाविक हो। ती मागको सुनुवाइ गर्नु र परस्पर सहमतिमा सम्भव भएसम्म पुरा गर्नु तथा पूरा हुन नसक्ने वा गर्न नसकिने मागहरू किन पुरा हुन नसक्ने भयो भनेर कारण स्पष्ट गर्नु उद्योगी वा व्यवस्थापनको धर्म हो। यसको एउटा निश्चित विधि छ। कार्यस्थलको अनुगमन र कामदारहरूको हित रक्षाका निमित्त नेपाल सरकारको कार्यालय रहेको छ। तर यी विधिसम्मत बाटो नगएर उग्र चरित्र प्रदर्शन गर्ने, हातपात गर्ने, हातखुट्टा भाच्ने धम्की दिने, कारखानामा तोडफोड गर्ने र उद्योग नै धराशायी हुने हदसम्म समस्या लम्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यो कसैका लागि पनि हितकर छैन। श्रमिकका लागि त कारखाना मन्दिरसरह हुनुपर्ने हो।
राम्रो श्रम सम्बन्ध भएका र आन्तरिक विवाद खासै नभएका उद्योगहरूमा पनि केन्द्रीय स्तरका ट्रेड युनियनहरूले उद्योग स्तरका श्रम संगठनहरूलाई अफ्नो उपनिवेश सरह मानेर ऐक्यबद्धता जनाउने कार्यक्रमहरूमा सरिक हुन दबाब दिने गरेका छन्। केन्द्रीय स्तरका ट्रेड युनियनहरूका अगाडि उद्योग स्तरका श्रम संगठनहरूको केही लाग्दैन किनभने खास मौकामा केन्द्रीय संगठनहरूबाटै सहयोग लिनुपर्ने हुन्छ। केन्द्रीय स्तरका ट्रेड युनियनहरूको नेतृत्वमा बहालवाला कामदारभन्दा पनि पूर्णकालीन राजनीतिज्ञको बाहुल्य छ। तिनलाई उद्योग बन्द भएर कामदारले रोजगारी गुमाउँदा खासै फरक पर्दैन। त्यो पीडा महसुसै हुँदैन।

छिमेकका कुनै उद्योगमा विवाद छ भने तिनलाई सघाउन राम्रो चलेका उद्योगका कामदारहरूले आफ्नो उद्योग बन्द गरेर दबाबी कार्यक्रममा सरिक हुने प्रवृत्ति फेसनजस्तै बनेको छ। त्यसपछि बेलाबेलामा हुने राजनीतिक र्‍याली वा कार्यक्रमहरूमा सहभागिता बढाउन उद्योगहरू नै बन्द गराएर राजनीतिक दलकै कार्यकर्ताका रूपमा कामदारहरूलाई ओसारिन्छ। यसले गर्दा राम्रो सुबिधा दिएका र राम्रो श्रम सम्बन्ध कायम राखेका उद्योगहरू पनि सुचारू संचालन हुन सत्तै्कनन्। उद्योगहरू एकपटक खस्किएपछि माथि उठ्न ज्यादै गाह्रो हुँदोरहेछ। एक जुगमा एकपटक आमूल परिवर्तनका निमित्त गरिने राजनीतिक आन्दोलनमा कामदारहरूको पनि ऐक्यबद्धताको अपेक्षा राख्नु स्वभाविकै मान्न सकिएला तर यही कुरा प्रत्येक वर्ष लगातारजस्तै हुनथाल्यो भने उद्योगहरू निश्चितरूपमा संकटग्रस्त बन्छन्। अहिले नेपालमा भएको यही हो। उद्यमीहरूले तलब भत्ता दिनुपर्ने, कामदारहरू हाजिर गरेर झुन्ड का झुन्ड राजनीतिक कार्यक्रममा भाग लिन जाने। नुनको सोझो चिताउनु पर्छ भन्ने अभिव्यक्ति युग सुहाउँदो नहोला तर कारखानामा हाजिर बजाएर दिनभर राजनीतिक र्‍यालीमा भाग लिन जाने प्रवृत्ति कदापि उचित मान्न सकिँदैन। काठमाडौंमा एकताका फस्टाएको गलैंचा उद्योग धराशायी हुनुमा एउटा प्रमुख कारण यही हो र त्यहाँबाट विस्थापित कामदार अहिले झन् दयनीय अवस्थामा विदेशमा काम गरिरहेका छन्। कतिपय अझै दयनीय पेसा समात्न विवश बने।
सबैजसो उद्योगमा एउटामात्र श्रम संगठनसँग वार्ता गरेर पुग्दैन। राजनीतिक दलपिच्छेका श्रम संगठनहरूसँग अलगअलग कुरा गर्नुपर्छ।। एकजना उद्यमीले भनेका थिए उनले प्रत्येक महिना कुनै न कुनै विषयमा एघारवटा अलगअलग श्रम संगठनसँग वार्ता गर्नुपर्छ। यसो भएपछि, उद्योगको विकास र विस्तार, बजार रणनीतिका बारेमा सोच्ने समय कहिले पाउनु? अनि किन नहोस् उद्योग धराशायी!
पुँजीपति उद्यमीहरूमात्र होइन श्रमिककका रूपमा अफ्नो जीवनवृित्त प्रारम्भ गरी आफ्नै बुद्धि र पौरखले उद्यमी बन्न पुगेकाहरूको हालत पनि त्यस्तै छ। उनीहरू पनि बिग्रँदो श्रम सम्बन्ध र छिनछिनमा आउने विवादले थकित भएर विदेशमै गएर व्यवसाय सुरु गर्ने सोचमा रहेको बताउँछन्।
एउटै उद्योगमा थरीथरीका श्रम संगठनहरूको उपस्थितिले उद्यमीहरूमात्र होइन श्रमिक नेताहरू समेत दिक्क भएका छन्। उद्योग रहेमात्र रोजगारी रहन्छ, वृित्त विकासको अवसर हुन्छ भनेर आफ्ना मागका सम्बन्धमा लचिलो हुन खोज्ने र व्यवस्थापनको तर्क सुन्ने श्रमिक नेताहरूलाई मालिकसँग बिक्यो भन्ने लाञ्छना लगाएर अर्को संगठन उग्ररूपमा प्रस्तुत हुन्छ। फलस्वरूप, असल नियतले श्रमिक राजनीति गरेका कामदारहरू पनि हच्किने गरेका छन्।
जनसंख्याको ७३ प्रतिशत ३५ वषेभन्दा कम उमेरका हुनु वास्तवमै ठुलो उत्पादनशील सम्पत्ति हो। युवा जनशक्ति कम भएका मुलुकले अन्य देशबाट यस्तो जनशक्ति भिœयाएर आफ्नो विकासको गति उच्च परेका छन्। हामी चाहिँ यही ऊर्जाशील जनशक्ति प्रयोग गरेर औद्योगीकरण गर्नुपर्नेमा भएका उद्योग पनि बन्द गराउँदै छौँ र युवा जनशक्तिलाई आफ्नै मुलुकका उद्योगहरूले दिएको कार्यस्थल सुविधा र तलबभन्दा गएगुज्रेको अवस्थामा विदेशमा काम खोज्न बाध्य परेका छौँ। अनि, तिनकै पसीनाले आर्जेको विदेशी मुद्राको प्रवाहले हामी उपभोगवादी बनेका छौँ। यो प्रवृत्ति सच्चिनु आवश्यक छ।
हो! श्रमिकका पनि गम्भीर समस्या छन्। धेरै उद्योगमा अवकाशपश्चातको आय सुरक्षाको प्रबन्ध छैन। सार्वजनिक निवृित्तभरणको व्यवस्था गर्न तर्जुमा गरिएको विधेयक त्यसै अलपत्र परेको छ। सार्वजनिक निवृित्तभरणको व्यवस्था कार्यान्वयन गर्नसके सामाजिक सुरक्षाको प्रत्याभूति दिन सकिन्थ्यो। विदेशमा काम गर्न जानेहरूले यस्तो सुरक्षा अहिले पनि पाएका छैनन्। आफ्नै देशमा काम गर्दा यस्तो सुरक्षा प्राप्त हुने हो भने पक्कै पनि भएका उद्योग बन्द गराएर विदेश पलायनको बाटो कसैले रोज्दैनथ्यो होला।
व्यावसायिक दुश्चक्रका कारण बेलाबेलामा संकटमा पर्ने उद्योगले कामदार कटौती गर्नुपर्दा त्यसरी रोजगारी गुमाउनु परेका कामदारलाई केही महिनाका लागि भए पनि अर्को रोजगारी खोज्ने वा नयाँ व्यवसाय समात्ने समयसम्म निर्वाह भत्ताको व्यवस्था गर्नसके एक हदसम्म कामदारहरूलाई सामाजिक सुरक्षाको अनुभूति हुनसक्थ्यो। यसका लागि कोषको प्रबन्ध गरिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेन। केन्द्रीयस्तरका ट्रेड युनियनहरूले यसलाई चाँडो कार्यान्वयनमा ल्याउन सवि्र्कयता देखाउनुपर्ने हो। त्यसैगरी बोनस ऐनबमोजिम जम्मा भएको केन्द्रीय कल्याणकारी कोष पनि निष्त्रि्कयजस्तै बनेको छ। त्यसबाट पनि कामदारको भलाइका कार्यक्रम चलाउन सकिन्थ्यो।
तलब कम भयो भन्ने बहस सधैँजसो नै भइरहन्छ। यो प्रश्न कामदारको उत्पादकत्वसँग गाँसिएको छ। उत्पादकत्व बढ्दा उद्यमीहरूले पनि स्वाभाविकरूपमा उच्च तलब नै दिने गरेका छन्। नेपालमै पनि केही क्षेत्रमा उच्च तलबमान दिएका उदाहरण छन्। सीप र उत्पादकत्व वृद्धिसँगै तलब पनि बढ्छ तर यसका लागि कामदारहरूलाई मात्रै जिम्मेवार गराएर हुँदैन। उद्यमीहरूले पनि कामदारको सीप र उत्पादकत्व वृद्धि गर्न तालिमको उचित प्रबन्ध गर्नु आवश्यक हुन्छ। तलब सुबिधा कम भयो भनेर उद्योग नै बन्द हुनेगरी गरेको आन्दोलनको विकल्प के त भन्ने प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण छ। यसको विकल्प वैदेशिक रोजगारी हो तर कतिपय अवस्थामा नेपालमा भन्दा कम वास्तविक ज्यालामा नेपालीले विदेशमा काम गरेका हुन्छन्।
केन्द्रीयस्तरका ट्रेड युनियनहरू, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग मन्त्रालय र श्रम मन्त्रालय एक ठाउँमा बसेर श्रम समस्याको निकास तत्कालै निकाल्नु जरूरी भइसकेको छ। उद्योगस्तरमा राजनीतिक दलपिच्छेका श्रम संगठन तुरुन्तै हटाएर आधिकारिक ट्रेड युनियनको प्रबन्ध गर्नुपर्छ र आधिकारिक ट्रेड युनियनबाहेक अरू संगठनले माग राख्ने र बन्द हड्ताल तोडफोड गर्न नपाउने व्यवस्थामा सबै प्रतिबद्ध रहनु आवश्यक छ। राजनीतिक दलका र्‍याली र कार्यक्रममा उद्योग बन्द गराएर कामदार लैजान नपाइने विषयमा पनि सबै राजनीतिक दल र केन्द्रीयस्तरका ट्रेड युनियनहरूको प्रतिबद्धता आवश्यक छ।
कृषिमा आश्रित अत्यधिक जनशक्तिलाई औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्नुपर्नेमा भएका उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुर्‍याएर हामीले समातेको 'अनौधिकीकरण'को यात्राले देशको भलो गर्दैन।
अर्को समाचार
संसदमा ओली आक्रोशः अब त अति भयो
२१ असार २०७९
•
५ मिनेट पाठ
संसदमा ओली आक्रोशः अब त अति भयो
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताको हितविपरीत अक्षम्य काम गरेको आरोप लगाउँदै ‘अब त अति भएको’ बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारले कूटनीतिक मर्यादाविपरीत छिमेकीसँग सम्बन्ध राखेको बताउनुका साथै अर्थतन्त्रमा गम्भीर असर पार्ने र सीमित घरानालाई हित हुनेगरी करका दर हेरफेर गरेको आरोप लगाए। बिचौलिया प्रयोग गरेर बजेट निर्माण गरेको ओलीको दाबी थियो।  

मुलुक र जनताको हितभन्दा गठबन्धन जोगाएर सत्ता टिकाउन मात्र प्रधानमन्त्री देउवा लागिपरेको भन्दै ओलीले प्रतिनिधिसभाको बैठकमा डेढ घन्टा लामो सम्बोधन गरे। उनले आफू नेतृत्वको सरकार होइन, अहिलेको सरकार ‘इनफ इज इनफ’ मात्र नभएर अति भएको दाबी गरे। सरकारले एसपिपी, एमसिसी हुँदै संक्रमणकालीन न्याय, किसानलाई मल उपलब्ध गराउन नसकेका विषय पनि ओलीले उठाए।

आफू नेतृत्वको सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलहरूले अदालतमा मुद्दा हालेर सरकार गिराएको दाबी गरे।  

आफू नेतृत्वको सरकारले जनहितमा काम गरिरहेका बेला प्रतिनिधिसभाका एक सदस्यले ‘इनफ इज इनफ भनेको स्मरण गर्दै ओलीले भने, ‘मेरो पालामा इनफ इज इनफ भन्नु आवश्यक थिएन, देश ठिकठाकमै चलेको थियो। इनफ इज इनफ भन्ने ती सांसद आजको बैठकमा उपस्थित भएको देखिनँ, साँच्चिकै इनफ इज इनफ मात्र होइन अहिले त अत्ति नै भएको छ।’ कांग्रेसका नेता प्रदीप गिरीले २०७७ सालमा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलको सन्दर्भ ल्याउँदै ‘इनफ इज इनफ’ भन्दै तत्कालीन प्रधानमन्त्री ओलीलाई सरकार छाड्न आग्रह गरेका थिए।  

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला कोभिड–१९ को निकै महामारी थियो। त्यतिबेला उनले सदनमा भनेका थिए, ‘कोभिड–१९ ले साँच्चिकै हैरान गरेको छ। त्यसैले इनफ इज इनफ मात्रै होइन, कोभिड–१९ मोर देन इनफ हो, अत्ति नै भइसक्यो। अब कोभिड चाहिँदैन।’ त्यतिबेला प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले देउवाले संसद्मा विशेष समय लिएर बोल्दा बैठकमा ओली अनुपस्थित थिए। तर सोमबार संसद्को विशेष समय लिएर ओलीले बोल्दा प्रधानमन्त्रीको हैसियतमा देउवा संसद्मै उपस्थित थिए। तर ओलीले प्रधानमन्त्री देउवासँग बजेट निर्माणका विषयमा अर्थमन्त्रीले बिचौलिया प्रयोग गरेको विषयमा छानबिन समिति गठन गर्न र एसपिपीका विषयमा सत्यतथ्य जानकारी सदनलाई गराउन आग्रह गरे।

अध्यक्ष ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी सम्झौतामा आफ्नो संलग्नता नरहेको जिकिर गरे। त्यसलाई राष्ट्रिय विषय बनाउनुपर्नेमा जोड दिँदै उनले एसपिपी एकअर्काको टाउकोमा फाल्ने मजाकको विषय नभएको उल्लेख गर्दै यसबारे गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्। उनले भने, ‘एसपीपी म्युजिकल चियरजस्तो भयो, यो कुनै गठबन्धनको कुरा हुनै सक्दैन, यो राष्ट्रिय विषय हो।’ यस विषयमा प्रधानमन्त्रीले सदनमा बोल्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ थियो।  

एमाले अध्यक्ष केपी ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताए। ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसद्मा आउनुपर्छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले १३ दिनमा सिसिटिभी फुटेज हटाउने कसको आदेशमा भएको हो? यसबारे सरकारले स्पष्ट पार्नुपर्छ।’ उनले मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा प्रधानमन्त्री पुगेको हो भनी प्रश्नसमेत गरे। उनले भने, ‘गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस्, जहाँसुकै पुगोस् भन्ने हो?’  

उनले एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको देखिएको बताए। ‘बाहिरको मान्छे राखेर बजेट बनाइन्छ भने योभन्दा अन्तर्राष्ट्रिय लज्जाजनक विषय के हुन्छ?’ उनले भने, ‘यो देशको बजेट भएन। बजेटमा व्यापारिक घरानाको अनुहार देखिन्छ, अनुहार हेरेर निश्चित घरानालाई फाइदा पुग्नेगरी बजेट किन ल्याइन्छ?’ करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरू घर जानसमेत नपाउने र रात पनि त्यही बस्नुपर्ने नियम रहेको सम्झाउँदै ओलीले भने, ‘यहाँ त करका दर कति राखौं, तिमीहरूलाई कतिकति चाहिन्छ भनेर मान्छे लगेर सोध्ने गरियो। यसमाथि प्रश्न उठ्दा आउनुस् फुटेज हेरौं, छानबिन गरौं भनेर अर्थमन्त्रीले भन्न सक्नुपथ्र्यो तर माग्दैमा दिने एमाले को हो भनेर सांसदलाई धम्क्याउने काम गरियो।’  

बाहिरिया मान्छे राखेर बजेट बनाउने कुरा कल्पनै गर्न नसकिने, राज्य एउटा थितिमा चल्नुपर्ने बताउँदै ओलीले अर्थमन्त्री शर्माको चर्काे आलोचना गरे। अर्थतन्त्र ध्वस्त पार्ने तमासा योभन्दा के हुन्छ भन्दै उनले प्रधानमन्त्रीले छानबिन गर्छु भनेर कबोल गर्नुपर्ने बताए। उनले संसदीय छानबिन समिति बनाएर अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए। उनले संसदीय प्रणालीमा प्रधानमन्त्री नै जिम्मेवार हुनुपर्ने बताए। ‘एउटा व्यापारिक घरानाले ठुलो संख्यामा गाडीहरू अर्डर राखेर भन्सार बिन्दुमा आइसकेपछि भन्सार र करको दर परिवर्तन गरियो। टाटा, नेटाभी र कियाजस्ता सीमित कम्पनीले मात्र गाडी आयातमा फाइदा हुने गरी बजेटमा हेराहेरी गरियो,’ व्यापारिक पृष्ठभूमिका कांग्रेस सांसद विनोद चौधरीका लागि बजेटमा करका दर हेरफेर गरिएको संकेत गर्दै अध्यक्ष ओलीले भने, ‘व्यापारीका प्रतिनिधि राखेर भन्सार, राजस्वका दर परिवर्तन हुन्छ भने हामी दुर्घटनामा जाने निश्चित छ।’

ओलीले आफूहरूले उतिबेला ओम्नी काण्डमाथि प्रश्न उठ्नेबित्तिकै छानबिन समिति बनाएर कारबाही अघि बढाएको स्मरण गराए। उनले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने पहल गर्न पनि सरकारलाई आग्रह गरे। शान्तिप्रक्रिया टुंग्याउन सरकारले गर्ने पहलमा एमालेको सहयोग रहने उनको भनाइ थियो। आफूले प्रधानमन्त्री हुँदा शान्तिप्रक्रियाको बाँकी काम पूरा गर्न खोज्दा एमालेले जस लिने भयो भनेर रोकिएको बताउँदै उनले भने, ‘खै संक्रमणकालीन न्याय, हिजो हामीले केही गर्न खोज्दा एमालेले जस लिन्छ भनेर केही गर्न नदिने, अहिले आफैं सरकारमा हुनुहुन्छ। आफैं जस लिनुस् न, जस लिनेगरी काम गर्नुस्, प्रतिपक्षी सहयोग गर्न तयार छ।’ उनले टाउकाको मूल्य तोक्ने र टाउकोमा बम पड्काउने मिलेर द्वन्द्वपीडितलाई अलपत्र पारेको टिप्पणी पनि गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस