माघ ८ गते सहमतिको संविधान बन्न सकेन। सहमतिको संविधान बन्न नसकेपछि सत्तापक्षीय गठवन्धनले केही साना दलको समर्थनमा बहुमतीय प्रक्रिया अपनाएर संविधान निर्माण कार्य तत्काल अगाडि बढायो। संविधान सभा बहुमत र अल्पमत पक्षमा बाँडियो। यो भारत, पश्चिमा राष्ट्र र संयुक्त राष्ट्रसंघलाई मन परेन भन्ने चर्चा चलेको छ। नेपालमा संविधान सहमतिमै बनाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय दबाब भन्ने सुनिन्छ।नेपालमा आजभन्दा पैंतीस वर्ष पहिले पनि संविधान निर्माणमा झन्डै यस्तै अवस्था थियो। त्यतिखेर बीपी कोइरालाले जनमत संग्रहमा आफ्नो पक्ष अर्थात् अल्पमतको नेतृत्व गरेका थिए। तत्कालीन राजा वीरेन्द्रलाई संविधान निर्माणमा अल्पमतको पनि कदर होस् भनेर बीपी औँला ठड्याउँथे। राजा वीरेन्द्र बुद्धिमान थिएनन्। उनले बीपीका झिनामसिना विषयलाई पनि संविधानमा सम्बोधन गर्न चाहेनन्। विपीलाई राजनीतिक ‘स्पेस' दिइएन र उनले संविधान र त्यसपछि भएको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कार गरे। सबैलाई थाहा छ, जनमत संग्रह जितेपछि बनाइएको पंचायती संविधान अल्पमतको कदर नगर्दा एक दशक पनि टिकेन।
अहिले देशमा राजा छैनन्। निर्दलीय भनिको तर एकदलीय प्रणालीजस्तो पंचायत व्यवस्था पनि छैन। नेपाली कांग्रेस र नेकपा (एमाले)को राजनीतिक पृष्ठभूमि पनि राजा र पञ्चायतको जस्तो होइन। एनेकपा (माओवादी) र मधेसवादी मोर्चाको पृष्ठभूमि पनि आन्दोलन र जनपरिचालनकै हो। तसर्थ, अब बन्ने संविधान बहुमत र अल्पमतबाट होइन सहमतिबाट मात्र बन्नुपर्छ भन्ने चाहना सर्वत्र हुनु स्वाभाविक हो। तर चाहनामात्र भएर संविधान बन्दैन, बनिरहेको छैन भने के गर्ने? अन्तर्राष्ट्रिय दबाबलाई मानेर सहमतिको खोजी गर्ने वा संविधानहनुसार आवश्यक दुई तिहाइ सभासद्को समर्थन लिएर संविधान निर्माणमा अघि बढ्ने? सहमतिको खोजीमा समय लाग्नसक्छ भने बहुमतीय प्रणालीबाट जाँदा संविधान निर्माण भए पनि टिक्ने नटिक्ने त छँदैछ राजनीतिक द्वन्द्व बढ्ने जोखिम छ।
एकातिर प्रधानमन्त्री सुशील कोइराला माघ ८ मा संविधान जारी नभएर नैतिक संकटमा थिए भने त्यही बेला एमाले अध्यक्ष केपी ओली आफ्नो बोलीबाट खस सवर्ण जातिमाथि प्रभाव फैलाएर प्रसिद्धि कमाइरहेका थिए, छन्। कोइरालापछि प्रधानमन्त्री हुने पालो पर्खेर बसेका अध्यक्ष ओलीको बोलीले एमाओवादी मोर्चामा आबद्ध मधेसवादी दलहरूलाई त्यही कित्तामा ‘सिमन्टेड' हुन बाध्य पार्योध र यसलाई अन्तर्राष्ट्रिय चलखेलले मलजल गर्योा। अझै सहमतिका लागि संयम र धैर्य नगुमाएका प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्व क्षमता यहीँनेर प्रकट हुनु आवश्यक छ।
देशको वर्तमान परिस्थिति आन्दोलनको ‘मुड'मा छैन। आन्दोलनका लागि चाहिने युवा ऊर्जा अहिले कतै देखिँदैन। देशै युवा विहीन हुँदै गएका बेला आन्दोलनका लागि सडकमा युवा उपस्थिति सम्भव देखिँदैन। यो अहिलेको सत्तापक्षको लागि आनन्दको अवस्था पनि हो। एकजना मधेसवादी नेताले पंक्तिकारसँग प्रष्टै भने – ‘कांग्रेस–एमालेलाई दुईतिहाई बहुमतवाट संविधान निर्माणका लागि अहिले ज्यादै अनुकूल वातावरण छ'। तर अनुकुल वातावरणलाई राजनीतिक सफलतामा पुर्यािउने कला र कौशल भने यी नेताहरूले देखाउन सकेका छैनन्। राजनीतिका अन्तर्राष्ट्रिय पात्रहरूलाई प्रधानमन्त्री कोइरालाले भनेजस्तो संयमी र धैर्यवान बनाउन नसक्तानै नेताहरूमा यस्तो कौशल नभएको प्रष्टै देखियो। किन छिमेकी र अन्तर्राष्ट्रिय समुदाय बढी सक्रिय भए त?
सर्वप्रथम अमेरिका , पश्चिमा राष्ट्र र संयुक्त राष्ट्रसंघको मनोविज्ञान केलाउने प्रयास गरौँ। सबैलाई थाहै छ एक्काईसौं शताब्दी प्रारम्भ हुनुभन्दा एकदशक अगाडिदेखि नै राष्ट्रहरूका बीचको द्वन्द्व र मुडभेड केही अपवाद छाडेर शिथिल भएको हो। त्यसपछि, शक्तिशाली र कमजोर ठानिएका दुवैथरी राष्ट्रलाई पृथकतावादी, पहिचानवादी र आतंककारी संगठनले चुनौती र असुरक्षित बनाउने अभियान प्रारम्भ भयो। यसै सिलसिलामा इस्लामी आतंकवाद, उत्तर कोरियाको आणविक शक्तिजस्ता विषय अमेरिका, पश्चिमा राष्ट्र र संयुक्त राष्ट्रसंघको टाउको दुखाइ भइरहेका छन्। अफगानिस्तानको गुफामा बसेर अमेरिकाको टि्वन टावर ढाल्नेसम्मको कार्य सम्भव भयो। राज्य कमजोरमात्र भएन साना समूहले पनि आक्रमण र विध्वंश गर्न तथा राज्यलाई विवश पार्न सक्ने भए। अमेरिकाले यसलाई आतंककारी भने पनि कट्टरपन्थी मुसलमानहरू यस्तो कार्यलाई आफ्नो सभ्यता र धर्मको रक्षा गर्न अल्लाहको आदेशबाट संचालित जेहाद (धर्मयुद्ध) मान्छन। त्यस्तै छ आन्तरिक युद्धमा फसेका करिब ९० राष्ट्रको अहिलेको अवस्था। पहिचानको, पृथकताको, धर्मको र अवसरको खोजीमा आन्तरिक द्वन्द्व चर्केको छ। र यी सबै द्वन्द्वमा अमेरिका, पश्चिमा राष्ट्र र राष्ट्रसंघको संलग्नता देखिएको छ। उनीहरू सबै कुनै न कुनै रूपमा द्वन्द्वमा फसेका छन् ।
विज्ञान र प्रविधिले सुसज्जित ‘हाइटेक' पश्चिमी राष्ट्रलाई कछाड र खालीखुट्टा लगाएका जेहादी, विद्रोही, क्रान्तिकारी वा आतङ्ककारीलाई नियन्त्रण गर्न गाह्रो परिरहेको छ। तसर्थ पश्चिमाहरू नेपालको संविधान सबैको सहमतिमा आओस् र भविष्यमा आतंक र अराजतकताको बाटोमा नेपाल नफसोस् भन्ने सदिच्छा राख्छन् भन्ने अर्थमा बुझ्न सकिन्छ। त्यही सन्दर्भमा यी पश्चिमा राष्ट्रले माओवादी ‘जनयुद्ध' र मधेसवादीको पहिचानमूलक आन्दोलनको पृष्ठभूमिलाई महत्व दिँदै जातीय राज्यलाई अस्वीकार गर्न नसकेका होलान्।
अर्कातिर, कांग्रेस र एमालेबाट प्रस्तावित प्रदेशको खाकामा बहुमतीय प्रक्रियाबाट अगाडि बढ्दा पश्चिमा राष्ट्रको स्वार्थ सिद्ध हुनेगरी नेपालमा जातीय राज्य नबन्ने र त्यस्तो अवस्थामा इसाई धर्मको प्रचारप्रसार हुन नसक्ने डरले तिनले अत्तो थापेको अडकल काट्ने नेपालीको संख्या पनि कम छैन। कांग्रेस र एमालेबाट प्रस्तावित सात प्रदेशले जातीय राज्यलाई अस्वीकार गरेको छ। यसवाट इसाई धर्म विस्तारमा अवरोध हुनेमात्र होइन जातीय राज्यको गर्भबाट चीनमाथि दबाब दिने र अस्थिरता उत्पन्न गर्ने पश्चिमा स्वार्थमा पनि धक्का पुग्ने अड्कल पनि काटिएको छ। तर, पश्चिमा राष्ट्रले नेपालको आर्थिक विकासमा गरेको सहयोग र योगदान हेर्दा धर्म परिवर्तन तथा चीनलाई घेर्र्ने स्वार्थमात्र उनीहरूको सल्लाहमा लुकेको छ भन्ने पत्याउन सहज छैन। यद्यपि, यो बहसको विषय भने हुनसक्छ।
अब चर्चा चलेअनुसार सहमतीय संविधान निर्माणमा भारतले दिएको दबाबका विभिन्न पक्षलार्ई बुझ्ने कोसिस गरौँ। भारतले नेपालको लोकतान्त्रिक आन्दोलन र आर्थिक विकासमा महत्वपूर्ण भूमिका राख्छ। दुई देशबीच लामो खुला सीमा छ। खुला सिमाना जोडिएको तराईको भागमा बस्ने मधेसी सांस्कृतिकरूपले गंगाको समथर भूमिमा बस्ने भारतीयसँग सामिप्य राख्छन। ‘रोटी र बेटी'को सम्बन्ध यिनमा छ। अर्थात्, सामाजिक सांस्कृतिक अन्तर्त्रि्कया र घुलनबाट यी एकाकार छन्। अनि राजनीतिकरूपले पनि २००७ सालको क्रान्तिदेखि ‘जनयुद्ध' र २०६२/६३ को आन्दोलनसम्म भारतको सहयोग, समर्थन र मध्यस्थता रह्यो। यतिमात्र होइन भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाल–भारत सम्बन्धमा नयाँ र गतिलो विश्वास उत्पन्न भयो। नेपाली जनताले राजधानी काठमाडांैमा पहिलोपल्ट भारतीय संस्थापनको समर्थन गरेको देखियो। यस अर्थमा भारत नेपालमा सहमतिको संविधानका साथै दिगो शान्ति र विकासको कामना राख्छ भने त्यसलाई अन्यथा सोच्नु उचित नहोला। यहीनेर भारत आफ्नो सुरक्षा संवेदनशीलता नेपालले बुझोस् भन्ने चाहना पनि पक्कै राख्छ होला।
अर्कातिर, भारतलाई कर्के नजरले हेर्ने नेपाली आँखा पनि छन्। अनि भारतको व्यवहार पनि विगतमा नेपालीको मन रमाउने प्रकारको त छैन। ठूल्दाइको भूमिका खोज्ने पुरानै मानसिकताले नेपालमा संविधान बन्न नदिएर भारतले अस्थिरतालाई मलजल गर्न लागेको शंका छ। त्यतिमात्र होइन भारतले ‘सहमतीय संविधान' भन्ने आफ्ना प्रधानमन्त्रीको उद्घोषलाई नेपालजस्तो छिमेकीले बेवास्ता गरेको पनि पक्कै मन नपराउला।
तर, सतहमा देखिएजस्तो बहुमतीय प्रक्रियाबाट संविधान निर्माणका लागि अवरोध उत्पन्न हुनुमा माथिकै कारणमात्र पर्याप्त छन् त? निश्चय नै छैनन्। सम्भवतः एक्काइसांै शताब्दीको उदाउँदो भारतलाई यति न्यून मूल्यांकन गर्दा अन्याय होला। यतिखेर भारत– अमेरिका सम्बन्धले विश्व राजनीतिक व्यवस्थालाई नयाँ ढाँचामा निर्माण गर्ने हैसियत राख्छ। यसरी हेर्दा नेपालको राजनीति र विकासमा चीनको प्रभाव भारत र अमेरिकाको लागि ठूलै टाउको दुखाइको विषय हुनु अस्वाभाविक होइन। यहीँनेर नेपाल नीति हकमा पश्चिमा राष्ट्र र संयुक्त राष्ट्रसंघ पनि एकै ठाउँ उभिएका देखिन्छन्।
भारतका प्रधानमन्त्री मोदीले हालैको भ्रमणका क्रममा नेपालमा अनेकौं विकास योजना अगाडि सारेका छन्। भारत–नेपालबीच विकासका थुप्रै संभावना अगाडि आए पनि। तर चीनले यति नै बेला नेपालमा कैयौं विकास आयोजनाको ठेक्का पायो। उदाहरणका लागि पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सुधारलाई लिन सकिन्छ। अनि त्यस्तै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सुदूर पश्चिममा कार्यालय नै खोलेर बसेको पनि भारतलाई मन परेको छैन होला। किनभने त्यहाँबाट ‘दिल्ली दूर' जो छैन।
अर्कातिर, नेपालमा भारतले दशकौंअगाडि देखि सुरु गरेको तर अलपत्र पारेका विकासका अनेकौं पूर्वाधार छन्। तीन दशकअगाडि सुरु गरिएका बाटाघाटा भारतले अलपत्रै राखेर अब नेपाल सरकारलाई जिम्मा लगाउन हालै सहमति भएको सुनिएको छ। यो भारतको नेपाल सरकारप्रति विश्वास बढेको हो वा नेपालमा चीनको बलियो उपस्थितिप्रति प्रदर्शन गरिएको सांकेतिक असन्तोष हो भन्ने बुझ्न चाहिँ अझै केही समय कुर्नै पर्ने हुन्छ । तर भारतले बुझ्न नसकेको के हो भने उत्तरबाट नेपालको तराईसम्म रेल र मोटरबाटो जोड्ने कार्य चीनले द्रुत गतिमा गरिरहेको छ। यता यही समय भारतले दशकौंअगाडि निर्माण सुरु गरेको कैयौं योजना लथालिंगै छाडेको छ। अब भारत एक्लै नेपालको नीति निर्माता रहेन भनी छटपटाउने दिन समाप्त भयो भन्ने भारतको संस्थापनले राम्ररी बुझ्नुपर्छ। अनि भारतलाई विश्वासमा नलिईकन कुनै पनि अन्तर्राष्ट्रिय सहयोग वा समर्थन अर्थहीन छ भन्ने पनि नेपाल सरकारले जति सकयो उति चाँडो बुझ्दा नै बेस हुन्छ। भारतलाई मन परे पनि नपरे पनि नेपाल अन्तर्राष्ट्रिय खेलाडीहरूको क्रीडास्थल बन्ने क्रम अगाडि बढी सकेको छ।
कांग्रेस एमालेका नेतालाई आफ्नो विपक्षी मोर्चा कमजोर र प्रभावहीन भएकै बेला नेपालमा सबैभन्दा प्रभावशाली मानिने कूटनीतिक नियोगहरूले बहुमतीय पक्रियाबाट संविधान निर्माण गर्न अवरोध गरेको लागेको हुनसक्छ। तर एकपल्ट विश्व मानचित्रको बदलिँदो तस्बिर पनि हेर्नु जरुरी छ। अहिले राज्यसँग पहिचान, अधिकार र अवसर दाबी गर्ने हैसियत सबैले बनाएका छन्। अमेरिकालाई अफगानिस्तानको गुफाबाट पनि डराउन र थर्काउन सकिँदो रहेछ। राजा, राणा, भारदार र तिनका आफन्तमात्र राज्यको पहुँच र सुविधावाट लाभान्वित हुनुपर्छ भन्ने पुरानो मानसिकता अब सान्दर्भिक र न्यायोचित मानिदैन। त्यो त अहिले अलोकतान्त्रिक प्रवृत्ति पो मानिन्छ।
संविधान आफ्ना लागि पनि बनोस् भन्ने मधेसी, आदिवासी, जनजाति, दलित सबैको चाहना छ भने त्यसलाई नेपाल निर्माणको अभूतपूर्व अवसर पनि हो भनेर बुझ्नुपर्छ। हज्जारौं वर्षअगाडि रचिएको मनुस्मृतिमा वर्णित सवर्ण जातिको श्रेष्ठतामात्रले अबको नेपाल चल्दैन, चलाउनु हुँदैन। तसर्थ संविधान कहिले बन्यो भन्नेलाई ठूलो नमानौ। संविधान कस्तो बन्यो भन्नेमात्र इतिहासमा अंकित हुन्छ। भावी पुस्ताले वर्तमान पुस्ताको योग्यता मापन गर्छन्। सम्भवतः लोकलाज सम्बोधन गर्न बहुमतीय प्रक्रिया अपनाएरसमेत संविधान बनाउन कांग्रेस एमाले अगाडि बढेका होलान् तर अझै सहमतिको प्रयत्न नछाड्ने प्रधानमन्त्री कोइरालाको वचनले नै शान्ति प्रक्रिया र संविधान निर्माणलाई ठोस आधार दिन्छ। यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि विश्वस्त पार्छ।