यो सरकार भारतको चाहना-
रोशन शिल्पकार, भक्तपुर, जेठ ११- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सहमति भएका मुद्दा समेटेर जेठ १४ मा छोटो संविधान जारी गर्नुपर्ने बताएका छन्। उनले भारतको चाहना दलहरुको सहमतिमा संविधान आउनुपर्छ भन्ने भएकै कारण सहमतीय सरकार गठन गरिएको पनि बताए।
भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै बिजुक्छेले सबै दलले पेश गर्ने प्रस्तावनामा बुँदागत छलफल गरे ३ महिना समयले पनि नपुग हुने भन्दै अहिले सहमति भएको बुँदा समेटेर संविधान जारी गरी जिल्ला जिल्लामा जनताबीच छलफलका लागि पठाउनुपर्ने बताए। बिजुक्छेले भने- अहिले दलबीच सहमति भएका बुँदाबाहेकका विषय समावेश गरी हचुवाभरमा संविधान जारी गर्नु उचित हुँदैन। तातो चिया एकै चोटी खान खोज्दा पोल्छ, खान सक्दैन, त्यसलाई सेलाएर दिए खान सकिने भन्दै संविधान पनि हचुवाको भरमा जारी गरे त्यसले विध्वंश मच्चाउने खतरा उत्पन्न हुने पनि उनले बताए।
माओवादीले साना पार्टीलाई साथमा लिएर होस् या अरुको पार्टी फुटाएर बहुमत जुटाएर आफ्नै पाराको संविधान जारी गर्न खोजेका कारण कङ्ग्रेस र एमाले चनाखो भई तीन दल र मोर्चाबीच भएको सहमतिबाट पछि हटेको बिजुक्छेको भनाई थियो।
अध्यक्ष विजुक्छेंले नेमकिपाले भने संविधान सभाको म्याद थप बारे पार्टीको धारणा बैठक बसेर निर्णय इिने बताउँनु भयो। प्रदेशको बिषयमा विगतमा दलहरुबिच गहन छलफल नभएकै कारण अहिले जातीय द्धन्द्ध फैलिएको भन्दै उहाँले अग्राधिकार सहितको संघियता दिइएमा थप द्धन्द्धको बिउ रोपे सरह हुने बताउँनु भयो ।