नेपालमा निर्वाचन होस् भन्ने भारतको चाहना : कोइराला
२५ साउन २०७०
•
५ मिनेट पाठ
नेपालमा निर्वाचन होस् भन्ने भारतको चाहना : कोइराला
काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपालमा निर्वाचन सम्पन्न भएर त्यसकै जगमा सिङ्गो देश राजनीतिक स्थिरता, शान्ति र विकासको बाटोमा अघि बढोस् भन्ने भारतको चाहना रहेको बताएका छन्। भारत सरकारको निमन्त्रणामा छ दिन लामो उच्चस्तरीय राजनीतिक भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति कोइारालाले नेपालमा निर्वाचन समयमै सम्पन्न होस् भन्ने भारतको चाहना रहेको जानकारी दिए।'भारतले संविधान सभाको निर्वाचन भएर नेपालमा राजनीतिक स्थायित्व, शान्ति र बहुदलीय लोकतन्त्रको संस्थागत विकास होस् भन्ने चाहना राखेको छ,' सभापति कोइरालाले भने। उनले भारत चुनावका लागि आवश्यक भौतिक सामग्री प्रदान गर्न तयार रहेको पनि जानकारी दिए। 
भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, काँग्रेस–आईका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्शीद, विदेश सचिव सुजाता सिंह, भारतीय जनता दललगायतका विभिन्न दलका नेताहरूसँग सभापति कोइरालाले भारत भ्रमणका क्रममा भेटवार्ता गरेका थिए। 
उनले विहार र उत्तरप्रदेशको भ्रमण गरी त्यहाँका मुख्य मन्त्रीहरूसँग छलफल गरेका थिए। ती छलफलमा नेपालमा राजनीतिक स्थिरता र शान्ति आओस् भन्ने सदाशयता भारतको रहेको पाएको सभापति कोइरालाले बताए। 'भारतीय सरकार र नेताहरूसँग भएको छलफलपछि दुई पक्षीय सम्बन्ध एवम् सहयोग विस्तारका लागि भ्रमण सफल भएको ठानेको छु, चुनाव लोकतन्त्रको आत्मा भएकाले पनि त्यसका पक्षमा उहाँहरू देखिनुभएको पाएँ,' सभापति कोइरालाले भने। 
भारतीय नेताहरूसँग भएको उच्चस्तरीय छलफलका क्रममा आफूले संविधानसभाको लागि निर्धारित चुनाव समयमै सम्पन्न हुने र त्यसको लागि निर्वाचनप्रति असहमत रहेका दलहरूलाई समेत सहभागी गराएर अघि बढ्ने विषयमा वार्ता र छलफललाई तीव्र पारिएको जानकारी दिएको उनले बताए। 
भ्रमणले दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्न मद्दत पुग्ने विश्वास पनि उनले व्यक्त गरे। विहार र उत्तरप्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भेटवार्ताका क्रममा दुई देशबीच सीमा क्षेत्रमा देखिएका बाढी, आपराधिक गतिविधिलगायतका समस्या समाधान गर्नेबारेमा पनि छलफल भएको र छलफलका क्रममा भारत त्यसबारेमा सकारात्मक रहेको पाएको सभापति कोइरालाले बताए। 
कांग्रेस–आईसँग नेपाली कांग्रेसको सम्बन्ध पुरानो रहेको र अन्य दलहरूसँग रहेको विगतदेखिको सम्बन्धलाई पनि नयाँ ढङगले विस्तार गर्न आफ्नो भ्रमणले सहयोग पुर्या्एको उनले बताए। कांग्रेस–आईकी अध्यक्ष गान्धीले आर्थिक आधारमा सङ्घीयतामा जाने सुझाव दिनुभएको हो भन्ने प्रश्नमा सभापति कोइरालाले त्यो नेपाल र नेपालीको आफ्नो कुरा भएकाले नेपाली जनता नै यस कुराको समाधान खोज्न समर्थ रहेको धारणा राखेको बताए। 
नेकपा–माओवादी चुनावमा आउने सर्तमा चुनाव सार्ने कुरा भइरहेको हो भन्ने एक अर्को प्रश्नमा सभापति कोइरालाले चुनाव तोकिएकै समयमै अवश्यंभावीरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनीसँगै महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र स्वकीय सचिव लक्ष्मण ढकाल भ्रमणमा सहभागी थिए। रासस


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस