काठमाडौं– भारतीय राजदूत रंजित रेले नेपालमा राम्रो संविधान जारी होस भन्ने भारतको चाहना रहेको बताएका छन।आइतबार एमाले अध्यक्ष केपी ओलीसँग एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा भएको भेटमा राजदूत रेले भारत नेपालमा छिटो र राम्रो संविधान जारीहोस भन्ने भारतीय चाहना रहेको बताएका हुन् । करिब १ घण्टासम्म चलेको वार्तामा राजदुत रेले संविधान निर्माणमा चासो राखेको अध्यक्ष ओलीले संचारकर्मीलाई बताए । 'नेपालमा छिटो र राम्रो संविधान जारी होस भन्ने भारतीय चाहना रहेको उहाँ (राजदूत)ले सुनाउनु भयो,' ओलीले भने,'संविधान निर्माण र द्विपक्षीय हितका विषयमा कुराकानी भयो ।' ओलीले नेपाल भारतसम्बन्धदेखि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताए ।
स्रोतका अनुसार राजदूत रेले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमति तथा संविधान निर्माणका विषयमा चासो राखेका थिए ।नेपालको पछिल्ले राजनीतिक घटनाक्रमका विषयमा नेपाली नेतालाई दिल्ली भ्रमणको औपचारिक निमन्त्रण गरेको पुर्व सन्ध्यामा राजदुत रेले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।