विकास पूर्वाधारमा लगानी
१४ मंसिर २०७१
•
१४ मिनेट पाठ
विकास पूर्वाधारमा लगानी
विकास पूर्वाधारमा लगानी, त्यसमा सरकारी र नीजी क्षेत्रबीचको सहकार्य र आर्थिक वृद्धि दरमा त्यसको प्रभावकारिता सन्दर्भमा विगत एक दशकदेखि संक्रमणकालीन र विकासशील मुलुकमा बहस हुँदैआएको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पूर्वी युरोप, पूर्व सोभियत युनियनबाट छुटि्टएका मध्यएसियाली मुलुक, केही दक्षिणपूर्वी एसियाली मुलुक अनि केही अफ्रिकी मुलुकलाई सङ्क्रमणकालीन मुलुकको समूहमा राखी पूर्वाधार विकासमा केही सहयोग र केही अनुसन्धान गरिराखेका छन्। यसमा भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र अन्य मानव संसाधनमा लगानी पनि समेटिएका छन्।दक्षिण एसियाको सन्दर्भमा परिस्थिति अलिक फरक छ। यस क्षेत्रका मुलुकमा, त्यसमा पनि नेपाल, अफगानिस्तान, बङ्गलादेशजस्ता मुलुकमा भौतिक संरचनामा लगानी अझै व्यापकरूपले बढाउनुपर्ने स्थिति छ। सडक यातायातको सञ्जाल र स्तरवृद्धि पहिलो प्राथमिकतामा छ। नेपालमा योजनाबद्ध विकासको थालनी सन् १९५० देखि नै भएपनि राष्ट्रिय यातायात नीति २००१ र स्थानीय विकास पूर्वाधार नीति २००४ मा तय भए। तर पनि हालसम्म विकास पूर्वाधारमा कूल लगानीको धेरै हिस्सा वैदेशिक सहयोगकै हुनेगरेको छ। कमसल प्राविधिक प्रक्रियाका कारण बर्सेनि एकदेखि दुई अर्ब रुपयाँसम्म सडकको मर्मतसंभारमा खर्च हुनेगरेको छ। सडकहरूको स्तरान्नति नगरी नेपालको आर्थिक वृद्धि दर माथि उठाउन सम्भव देखिँदैन। विश्व बैंकको अध्ययनलाई उद्धृत गर्दै एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन, र बेलायती सहयोग संस्थाले नेपालले वार्षिक छ प्रतिशत आर्थिक वृद्धि दर कायम गर्न कुल गार्हस्थ्य उत्पादनको वार्षिक २.५ प्रतिशत सडक यातायातको विस्तार र स्तरोन्नतिमा खर्च गर्नुपर्ने सुझाएका छन्।
नेपालमा सडक यातायातको सञ्जाल विस्तार आन्तरिक आर्थिक गतिविधिलाई प्रवर्धन गर्नमात्र नभई क्षेत्रीय रणनीतिक दृष्टिकोणले पनि महत्वपूर्ण छ। चीन र भारत एसियाका मात्र आर्थिक शक्ति नभई विश्वकै आर्थिक शक्ति हुन्। यिनका बीचमा सन् २०१० मा ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार (नेपालको वार्षिक कुल गार्हस्थ्य उत्पादनको झन्डै बराबर) भएकोमा सन् २०१५ मा यो सय अर्बको हाराहारीमा हुने संकेत देखिन्छ। नेपालका उत्तर र दक्षिणका व्यापारिक नाकालाई जोड्ने उद्देश्यले धेरै सडक कोरिडोरको विकास गर्न सके नेपालको भूमि प्रयोग गरेर हुने भारत­चीन अन्तर्राष्ट्रिय व्यापारबाट नेपालले प्रशस्त फाइदा लिन सक्छ। हङकङले आफ्नो कूल गार्हस्थ्य उत्पादनभन्दा झन्डै चार गुणा बढी र सिंगापुरले साँढे तीन गुना बढी अन्तर्राष्ट्रिय व्यापार गर्छन्। अन्तर्राष्ट्रिय व्यापारमा योगदान जति बढ्दै जान्छ विश्व अर्थतन्त्रमा त्यो मुलुक उति नै एकीकृत हुँदै जान्छ। हङकङलगायत कुल गार्हस्थ्य उत्पादनभन्दा व्यापारको आयतन बढी हुने अन्य मुलुकमा सन् २०१३ को तथ्याङ्कअनुसार अस्ट्रिया (११० ), बेलारूस (१२५), बेल्जियम (१७०), , बोत्स्वाना (११५), ब्रुनाई (१०९), बुल्गेरिया (१४१), डेनमार्क (१०४), इस्टोनिया (१७५), गुएना (१५७), होन्डुरस (११७), आइसल्यान्ड (१०८), जोर्डन (११८), थाइल्यान्ड (१४४), सिसिलिज (२१०), पोर्टो रिको (१३०५), पनामा (१३८), नेदरल्यान्ड (१६७), मन्टेनेग्रो (१०८), मोल्दोभा (१२६), मरिसस (१२१), मलेसिया (१५४), लक्जेम्बर्ग (३१९), प्रतिशत रहेकाछन्। माथिको तथ्याङ्कले साना मुलुकले आफूलाई व्यापारिक कोरिडोरका रूपमा विकास गर्नसके आर्थिक समृद्धिको बाटो खुल्ने प्रबल सम्भावना रहेको देखाउँछन्। दक्षिण एसियाली मुलुकमा भूटान पनि हालका वर्षमा यही बाटोमा अगाडि बढेको देखिन्छ। सन् २०१३ को तथ्यांकको आधारमा त्यहाँको अन्तर्राष्ट्रिय व्यापार कुल गार्हस्थ्य उत्पादनको १०३ प्रतिशत पुगिसकेको छ। यस्तो रणनीतिको सफल कार्यान्वयनमा मानव संसाधनको पर्याप्त विकास हुनुपर्ने हुन्छ। कच्चा पदार्थको आयात र तयारी वस्तुको निर्यातका लागि प्रविधिको स्तर उच्च रहनुपर्छ। यसका लागि मानव संसाधनमा व्यापक लगानी आवश्यक हुन्छ। दक्षिण कोरियाले अवलम्बन गरेको शैक्षिक लगानीको मार्गचित्र हाम्रो लागि पनि सान्दर्भिक देखिन्छ। जापानी नियन्त्रणबाट स्वतन्त्र भएपछि र कोरियाको विभाजनपछि प्राकृतिक सम्पदाको कमीले दक्षिण कोरियाले शिक्षा र प्रविधिको विकासमा जोड दियो। सरकारको सबैभन्दा ठूलो विकास लगानी शिक्षा र प्रविधि विकासमा हुने गर्थ्यो। विश्वमै एक औद्योगिक राष्ट्रका रूपमा स्थापित भइसकेपछि पनि यो नीति कायमै छ। सन् १९९० को तुलनामा आजसम्म आइपुग्दा कोरियाको शैक्षिक लगानीमा ६ गुणा वृद्धि भइसकेको छ र कुल गार्हस्थ्य उत्पादनको झन्डै चार प्रतिशत आधारभूत शिक्षामा लगानी भइरहेको छ। अझ निजी क्षेत्रको लगानीलाई पनि जोड्ने हो भने यो झन्डै १० प्रतिशतको हाराहारीमा छ। उच्च शिक्षामा पनि त्यही अनुरूपको लगानी वृद्धि भइरहेको छ। कोरियाली औद्योगिक उत्पादनका कच्चा पदार्थ मूलतः आयातित नै हुन् तर उच्च प्रविधिले तयारी वस्तु प्रतिस्पर्धात्मक मूल्यमा विश्व बजारमा आइरहेका छन्। कोरियाले कच्चा पदार्थमा जोड्ने भनेको उसको प्रविधि नै हो जुन बढ्दो शैक्षिक लगानीसँग एकाकार गरिएको छ।
नेपालमा भने स्थिति त्यति सहज छैन। माथि उल्लेख गरिएजस्तै शिक्षा र स्वास्थ्यमा हुने लगानीसहित यहाँ भौतिक पूर्वाधारमा नै अझै ठूलो लगानीको खाँचो छ। त्यसै पनि भूपरिवेष्टित मुलुक भएकाले औद्योगिक निर्यातको मूल्य सडक ढुवानी खर्चले गर्दा चर्को हुनपुग्छ। त्यसमाथि कमसल स्तरको सडक यातायातले ढुवानी मूल्य अझ महंगो बनाएको छ। अन्य दक्षिण एसियाली मुलुकसँग तुलना गर्ने हो भने प्रत्येक कन्टेनर सामानको आयात र निर्यात दुवैमा नेपालको ढुवानी र अन्य खर्च धेरै बढी देखिन्छ। सन् २०१२ मा नेपालले एक कन्टेनर सामानको आयातमा अमेरिकी डलर २०९५ खर्चेको थियो भने बङ्गलादेशले १३७०, भारतले ११७०, र पाकिस्तानले ७१५ अमेरिकी डलर खर्चेका थिए। निर्यातको सन्दर्भमा पनि त्यस्तै प्रवृित्त देखिन्छ। नेपालले एक कन्टेनर सामान निर्यात गर्दा १९६० अमेरिकी डलर खर्चनुपर्छ भने बङ्गलादेशले ९६५, भारतले १०९५ र पाकिस्तानले ६६० अमेरिकी डलर ख्रर्चनुपर्छ। यसरी हेर्दा नेपालको निर्यात र आयात दुवै खर्चिलो छ र अप्ठेरो र कमजोर सडक संजाल यसको एक कारण हो।
आयात र निर्यात व्यापार महंगो भएपछि अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन्छ। विश्व प्रतिस्पर्धा प्रतिवेदन, २०१२ का अनुसार नेपाल विश्वका १४२ मुलुकमध्ये १३२ स्थानमा पर्छ। यसले नेपालको प्रतिस्पर्धात्मक क्षमता अत्यन्त कम भएको संकेत गर्छ। अर्कातिर पूर्वाधारको गुणस्तरका आधारमा पनि नेपालको स्थान अधिकतम ७ सम्मको सूचकांकमा २.७ मात्र रहेको छ। सडक यातायातको गुणस्तरले व्यापारको प्रतिस्पर्धात्मक स्तरलाई मात्र हैन समग्र मानव विकास सूचकांकलाई पनि प्रभावित पार्छ। अहिले नेपालका ७५ वटै जिल्लाको मानव विकास सूचकांक गणना गर्न थालिएको छ र सडक यातायातको सुविधा रहेको जिल्लाको मानव विकास सूचकांक अन्य जिल्लाको भन्दा माथि छ।
नेपालमा हाल कर्णालीका केही जिल्लाबाहेक अन्य सबै जिल्लाहरू सडक यातायातबाट जोडिएका छन्। प्रतिवर्ष छदेखि सात प्रतिशतको हाराहारीमा सडक विस्तार भइरहेको छ। गत दुई दशकमै जनघनत्व धेरै बढिरहेको काठमाडौं सहरको तराई जिल्लासँग विभिन्न द्रूतमार्ग बनाएर सम्बन्ध विकास गर्नसके काठमाडांैका जनताका लागि आयात हुने र यहाँबाट निर्यात गरिने दुवै प्रकारका सामान प्रतिस्पर्धात्मक मूल्यमा प्राप्त हुन थाल्नेछन्। यसको लागि सडक घनत्वको वृद्धि पहिलो सर्त हो भने तिनको स्तरोन्नति दोस्रो महत्वपूर्ण पक्ष हो। नेपालले यी दुवै आवश्यकतालाई एकैसाथ सम्बोधन गर्नुपरेको छ। पछिल्लो तथ्याङ्कअनुसार, हाल नेपालमा सडक घनत्व प्रतिहजार जनताका बीचमा केवल १.६ किलोमिटरमात्र रहेको भने भुटानमा ६.५, श्री लंकामा ४.७, भारतमा ३, बङ्गलादेशमा १.९, र पाकिस्तानमा १.७ रहेको छ। नेपालमा भएका सडकहरूको असमान उपयोग अर्को समस्या हो। सहरी क्षेत्रका सडकमा यातायातका साधनको घनत्व ज्यादै बाक्लो छ भने ग्रामीण सडकमा ज्यादै कम छ। ग्रामीण क्षेत्रका शाखा सडकमा झनै न्यून छ। सडक विभागको सन् २०१२ को प्रतिवेदनका अनुसार ४१ प्रतिशत शाखा सडकमा प्रतिदिन सवारी साधनको घनत्व १०० भन्दा कम छ भने ३३ प्रतिशत सडकमा ५० भन्दा कम छ। अर्कोतिर काठमाडांै उपत्यकाको चक्रपथमा प्रतिदिन सवारी साधनको घनत्व १ अजनर ६०० भन्दा बढी छ। यसरी नेपालमा उपलब्ध सडकको विवेकशील र प्रतिफलमुखी उपयोगको प्रश्न पनि समाधान गर्नुपर्ने देखिन्छ। नेपालको विकास पूर्वाधारमा सडक सञ्जाल, तिनीहरूको स्तर र औद्योगिक प्रविधिको स्तरोन्नति उच्च आर्थिक वृद्धि दरको प्रमुख कडीका रूपमा देखापरेका छन्।
अर्को समाचार
कर्मचारी सञ्चय कोष ऐनमा नयाँ व्यवस्था
२६ असार २०७३
•
७ मिनेट पाठ
कर्मचारी सञ्चय कोष ऐनमा नयाँ व्यवस्था
काठमाडौं–कर्मचारी सञ्चय कोषले कुल निक्षेपको करिब ६४ अर्ब रुपैयाँ (३० प्रतिशत) पूर्वाधार तथा जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । विकास निर्माणमा सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो योजना तय गरेको हो । कोषमा अहिले २ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । यही रकमका आधारमा मात्र ३० प्रतिशत पूर्वाधारमा छुट्ट्याउँदा ६४.५० अर्ब रुपैयाँ हुन्छ । निक्षेपको आकार बढाउँदै पूर्वाधारमा ३० प्रतिशत छुट्ट्याउँदा अर्बौं रुपैयाँ हुन जान्छ ।

अहिले कुल निक्षेपको करिब १६ प्रतिशतमात्र पूर्वाधार क्षेत्रमा लगानी भएको छ । संशोधन गरी संसदबाट पारित हुने क्रममा रहेको ‘कर्मचारी सञ्चय कोष ऐन, २०७३’ मा पूर्वाधार क्षेत्रमा लगानी बढाउने व्यवस्था गरिएको हो ।

निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षक तथा निजी क्षेत्र गरी उसले हरेक महिना ५ लाख २५ हजार व्यक्तिबाट निक्षेप संकलन गर्दै आएको छ । नयाँ ऐनअनुसार वैदेशिक रोजगामारमा भारतबाहेक तेस्रो मुलुकमा रहेका करिब ४० लाख र देशका हरेक क्षेत्रमा काम गर्ने व्यक्तिले कोषमा रकम जम्मा गर्न पाउने व्यवस्था छ ।

निक्षेप संकलन र लगानीको दायरा एकसाथ फराकिलो बनाउन लागिएको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए । ‘संशोधित ऐनमा वैदेशिक रोजगारमा गएका कामदारले पठाउने रेमिटेन्स उत्पादमूलक क्षेत्रमा लगानी गर्ने र सामान्य नागरिकले पनि कोषमा रकम जम्मा गर्न पाउने व्यवस्था छ,’ उनले बुधबार नागरिकसँग भने, ‘अहिलेभन्दा निक्षेप बढ्छ र त्यहीअनुसार पूर्वाधारमा लगानी बढाउने हो ।’

आचार्यका अनुसार निक्षेपको आकारमा बढी ३० प्रतिशत जलविद्युत, सडक तथा अन्य पूर्वाधार क्षेत्रमा लगानी हुनेछ । कोषले अहिले केही जलविद्युत आयोजना र काठमाडौं–तराई फास्ट ट्र्याकमा लगानी गर्नेबारे आन्तरिक छलफल गरेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर सञ्चयकर्तालाई बढी प्रतिफल दिन पनि पूर्वाधार विकासमा जोड दिइएको उनले बताए ।

संसदको अर्थ समितिले सोमबार छलफल गरेर अन्तिम टुंगो लगाएको छ । अब बस्ने संदसमा अर्थमन्त्रीले पेस गरेपछि ऐन पारित हुनेमा कोष विश्वस्त रहेको आचार्यले जानकारी दिए । ‘राज्यलाई दीर्घकालीन रूपमा फाइदा हुने आयोजना पहिचान गरेर लगानी त्यसतर्फ बढाउने हाम्रो पहिलो उद्देश्य हो,’ उनले भने ।

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स व्यवस्थित गर्ने संयन्त्रबारे छलफल भइरहेको र यसो गर्न कोषले गैरआवासीय नेपाल संघ (एनआरएनए) सँग छलफल बढाएको छ । ‘नेपालको कानुनी र प्रशासनिक पक्षले कोषले हेर्छ र व्यवस्थापन पनि गर्छ, विदेशमा रहेका नेपाली संगठित गर्ने र उनीहरुलाई लगानी गर्न सचेत बनाउने काम एनआरएनएले गर्छ,’ उनले थपे, ‘यस विषयमा कोष र एनआरएनएबीच समझदारी पनि भएको छ ।’

रोजगारीमा पठाउँदा रोजगारदाता देश र नेपाल सरकारबीच दोहोरो सम्झौता भयो भने रेमिटेन्स कानुनी बाटोबाट भित्रिन्छ । साथै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहज हुने देखिन्छ । कोषले यस विषयमा पनि सरकारसँग निरन्तर छलफल गरिरहेको आचार्यले जानकारी दिए । विदेशमा काम गर्ने व्यक्तिले जे जति कमाए पनि त्यो ९० प्रतिशतभन्दा बढी गैरउत्पादनमूलक वा घरायसी प्रयोजनमा खर्च हुने गरेको छ ।

रेमिटेन्स व्यवस्थित हुनासाथ जलविद्युत लगानी तथा विकास कम्पनीले निर्माणको तयारी गरेको ७१.५ मेगावाटको घुन्साखोला र ५३.७ मेगावाटको सिम्बुवाखोलामा लगानी गर्ने कोषको योजना छ । यसैगरी, नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ८७ मेगावाटको तामाकोसी–५ मा पनि लगानी गर्ने तयारी गरेको छ ।

‘स्वरोजगारमा संलग्न व्यक्ति अर्थात निजी रुपमा सञ्चालित व्यवसाय वा रोजगारीबाट आम्दानी गर्ने इन्जिनियर, चिकित्सक, कानुन व्यवसायी, लेखापरीक्षक लगायतले कोषमा रकम जम्मा गर्न पाउनेछन् । यस्तै, वैदेशिक रोजगारीमा संलग्न, अस्थायी वा सेवा करारमा कार्यरत व्यक्ति, घरेलु कामदार, कृषक, असंगठित क्षेत्रमा कार्यरत मजदुर तथा चिया बगानका कामदारले समेत रकम जम्मा गर्न पाउने संशोधित ऐनको दफा ३ (ख, १) मा उल्लेख छ ।

कुनै व्यक्तिले कोषमा निर्धारित समयसम्म जम्मा गरेको रकम एकमुष्ठ उपदानका रुपमा लिन सक्ने वा पेन्सनका रुपमा हरेक महिना लिन सक्ने व्यवस्था ऐनमा छ । निवृत्तिभरण, स्वास्थ्य बिमालगायत सामाजिक सुरक्षा क्षेत्रमा कोष आफैंले वा अन्य कुनै संस्थासँग सहकार्य गरी निवृत्तिभरण कोष, स्वास्थ्य बिमा कोष स्थापना गर्ने पनि ऐनमा उल्लेख छ ।

कोषले हालसम्म चिलिमे जलविद्युत कम्पनीका ४ आयोजना (रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन र मध्य भोटेकोसी) मा १६ अर्ब, माथिल्लो तामाकोसीमा १० अर्ब, नेपाल वायुसेवा निगमलाई जहाज किन्न १० अर्ब र निजी क्षेत्रको सुपर दोर्दी ‘ख’ मा ५० करोड रुपैयाँ लगानी गरेको छ । अहिले थप २ सय १२ मेगावाटका आयोजनामा लगानीको तयारी गरेको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस