पूर्वाधारमा कोष परिचालन गर्ने सहमति
०३ भदौ २०७२
•
७ मिनेट पाठ
पूर्वाधारमा कोष परिचालन गर्ने सहमति
काठमाडौं- दक्षिण एसियाली मुलुकहरु 'सार्क विकास कोष' परिचालन गरी ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न सहमत भएका छन्। क्षेत्रीय तथा द्विपक्षीय पूर्वाधार विकास र प्रविधि आदानप्रदान गर्ने दीर्घकालीन योजनाका आधारमा यस्तो सहमति गरिएको हो।

बिहीबार काठमाडौंमा सम्पन्न सातौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अर्थमन्त्रीस्तरीय बैठकले उक्त सहमति गर्दै सार्क क्षेत्रको विकासका लागि साझा आधार तय गरेको छ। नेपालले अध्यक्षता गरेको बैठकले पूर्वाधार, ऊर्जा र प्रविधिकले सार्क मुलुकलाई एकअर्कामा जोड्न सक्ने निचोड निकालेको छ।

बैठक समापनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले पूर्वाधार विकासले सार्क क्षेत्रको व्यापार, पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानी बढाउन सक्ने दाबी गरे। 'लगानीका अवसर सिर्जना गरेर पूर्वाधार क्षेत्रको विकास गर्न सकिन्छ, यसले सार्क मुलुकलाई एकअर्कासँग जोड्न सक्छ,' उनले भने, 'अन्तरआबद्धताले लगानी विस्तार गर्दै यसको सुरक्षा गर्न पनि सकिन्छ।'

अर्थमन्त्री रामशरण महतले सार्क विकास बैंक गठन तत्काल सहज नभएकाले यसको काम केही समयसम्म कोषले नै गर्ने गर्ने जानकारी दिए। 'अहिले कोषले नै बैंकको रुपमा काम गर्छ वा पूर्वाधार विकासमा लगानी गर्छ,' उनले भने, 'कोषको रकम बढाउँदै अब पूर्वाधार विकासमा जोड दिन सबै सहभागी मुलुकका प्रतिनिधि सहमत भएका छन्।'

कोषको रकम परिचालन गर्न यसअघि कम्तीमा तीन देशको सहमति आवश्यक पर्थ्यो। तर, सातौं बैठकले उक्त समस्या समाधान गर्दै एउटै मुलुकको आग्रहमा सार्क क्षेत्रका परियोजनामा लगानी गर्न रकम परिचालन गर्ने बाटो खुलेको छ। यसले क्षेत्रीयरुपमा दीर्घकालीन लगानी र यसको सुरक्षाको वातावरण वातावरण तय हुने मन्त्री महतले बताए।

कोषको रकम अहिलेसम्म सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यमा परिचालन हुँदै आएको थियो। क्षेत्रीय तथा द्विपक्षीय व्यापार विस्तारका क्रममा भन्सारमा देखिएका समस्या समाधान गर्नेबारे पनि सबै मुलुक सकारात्मक भएका छन्। सार्क मुलुकका नागरिक जुनसुकै देशमा जाँदा आफ्नो देशको मुद्रामा कारोबार गर्न सक्ने 'करेन्सी स्वाप' का विषयमा बैठकमा व्यापक छलफल भएको थियो।

उक्त विषय दुई वर्षपछि हुने ८ औं बैठकमा अन्तरमन्त्रीस्तरमा गठन हुने विज्ञ समूहले टुंगो लगाउने निर्णय भएको छ। सार्क क्षेत्रभित्र यस्तो सुविधाको व्यवस्था गर्न सके सामान्यदेखि बन्द व्यापारका लागि समेत सहज वातावरण सिर्जना हुनेछ। नेपाल तथा सार्क क्षेत्रको आर्थिक समृद्धिलाई ध्यानमा राखेर सार्क बैंक स्थापना, साझा मुद्रा अवधारणालगायत दर्जन मुद्दामा छलफल भएको थियो। भारतमै बैंक स्थापनाका विषयमा विरोध भएपछि सातौं बैठकले यसलाई महŒवका साथ छलफलमा उठाएन।

भारतले गत वर्षदेखि नै सार्क बैंक स्थापनाको एजेन्डालाई मन्त्री तथा सचिवस्तरीय बैठकमा उठाउँदै आएको थियो। कोषको रकम पूर्वाधार विकासमा परिचालन गर्ने भएपछि यसले बैंकबाट हुने सबै काम गर्न सक्ने धारणा अन्य सार्क मुलुकका प्रतिनिधिले राखेका थिए।

सार्क क्षेत्रमा दोहोरो कर प्रणाली खारेज गर्ने, भन्सारमा देखिएका असमानता र दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा उल्लेखित नराम्रा पक्षलाई हटाएर व्यापार विस्तार गर्ने पक्षलाई समेत उठाइएको थियो। यी विषय विगतका पाँचौं र छैटौं बैठकमा समेत निरन्तर उठ्दै आएका थिए।

मन्त्रीस्तरीय बैठकको पूर्वतयारीका लागि बुधबार सार्क विकास कोष (एसडिएफ) को बैठक भएको थियो। सार्क सचिवस्तरीय उक्त बैठकले बिहीबार हुने निर्णय र छलफलका एजेन्डाको टुंगो लगाएको थियो। 'कोषमार्फत नेपाल तथा सार्क क्षेत्रको पूर्वाधार र जलविद्युतमा लगानी विस्तार गर्न आवश्यक देखिएकाले बैठकले यसलाई बढी प्राथमिकता दिएको अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय माहाशाखा प्रमुख मधुकुमार मरासिनीले बताए।

नेपालको अन्य मुलुकसँगको व्यापार आवद्धता बढाइ लगानीकर्ता वा उद्योगीलाई आकर्षण गर्ने बैठकको उद्देश्य हो। दोहोरो कर प्रणाली हटाई भन्सारमा देखिएका समस्या हटाउन सके नेपालको पूर्वाधार क्षेत्रमा ठूलो परिमाणमा वैदेशिक लगानी भित्रिने अपेक्षा गरिएको छ।

सार्क क्षेत्रमा अहिलेसम्म वस्तु व्यापारमात्र हुँदै आएकोमा अब सेवाको व्यापारमा पनि जोड दिनुपर्नेमा बैठकले जोड दिएको थियो। सेवा क्षेत्रको व्यापार विस्तार गर्न सके मुलुकको पर्यटन विकासमा यसले ठूलो फाइदा पुर्याठउने मरासिनीले दाबी गरे। हरेक दुई वर्षमा हुने सार्क अर्थमन्त्रीस्तरीय छैटौं बैठक श्रीलंकाको कोलम्बोमा र पाँचौं बैठक बंगलादेशको ढाकामा भएको थियो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस