बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
२२ पौष २०८१
•
२ मिनेट पाठ
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१  सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ। यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो।

यस अगाडि जिल्लाको गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरिएको थियो। बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठका अनुसार बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम र वडा– तहमा बालमैत्री सहजकर्ता खटाइएको थियो भने बालमैत्री विद्यालय, बालमैत्री पूर्वाधार र स्वास्थ्य तर्फका सबै सुचक पूरा गरिएको थियो। नगरपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि मात्रै  रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ।  

उक्त बजेटबाट बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ। टोल–टोलमा बालक्लब गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह, बालश्रम अन्त्य गर्ने लगायतका अभियान सम्पन्न भइसकेको र अबको ध्यान नगर घोषणासँगै दीगोपनाका लागि राण्नीतिक योजना तयारमा ध्यान गएको नगर प्रमुख श्रेष्ठको भनाइ छ। नगरपालिकाले गत आर्थिक वर्षमासमेत रु ४० लाख लागतमा नगरका  सामुदायिक विद्यालयको शौचालय, खानेपानी तथा बालमैत्री पूर्वाधारमा खर्च गरिसकेको छ।  

नगरपालिकाले आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गर्नेछ। बालमैत्री नगरपालिका निर्माणले सामाजिक विकासलाई टेवा पुर्याउने बालमैत्री संयोजक तिलक आचार्यले जानकारी दिए।  

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बागलुङ नगरपालिकामा २०७९ जेठ ६ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरी २०८१ साल पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार सबै वडा घोषणा गरिएको हो।

बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो। रासस
अर्को समाचार
बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषित
०९ माघ २०८१
•
४ मिनेट पाठ
बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषित
बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको प्रमाणपत्र नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गर्दै गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्ण पाठक र वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल । तस्बिरः संगम/नागरिक ।
बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ ।

बुधबार एक विशेष समारोहका बिच उपप्रधान तथा शहरी  विकास मन्त्री प्रकाशमान सिंहले उक्त घोषणा गरे । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिस्त गरेका सूचकहरू पूरा गरेकाले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । बागलुङलाई बालश्रममुक्त, बाल विवाह निषेधित, बाल हिंसा रहित, सडक बालबालिका मुक्त नगरको साथमा बालमैत्री स्थानीय शासनयुक्त नगरको रुपमा घोषणा गरिएको छ ।

बाल बचाउ सम्बन्धी १४, बाल संरक्षण सम्बन्धी १०, बाल विकास सम्बन्धी ६, बाल सहभागिता सम्बन्धी ६ र संस्थागत विकासका १५ वटा गरी कुल ५१ सूचकमा झण्डै साढे दुई वर्ष काम गरेपछि बुधबार घोषणा गरिएको हो । गण्डकी प्रदेश सरका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गरेको अनुगमनमा घोषणा गर्न मिल्ने मापदण्ड भन्दा माथि अंक प्राप्त गरेको मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालले बताए ।

‘सबै सूचकहरूमा गरेको कुल ९२ प्रतिशत अंक यो नगरपालिकाले प्राप्त गरेको छ, ८० प्रतिशत भन्दा माथि अंक प्राप्त गर्ने स्थानीय तहलाई स्थानीय शासनयुक्त घोषणा गर्ने कानुनी व्यवस्था छ,’उनले भने,‘अब यसलाई शतप्रतिशत बनाउने र घोषणालाई दिगो बनाउने जिम्मेवारी यहाँहरूकै काँधमा छ ।’ बालमैत्री घोषणा भएपछि अब हरेक योजना र बन्ने समितिहरूमा बालबालिकाको प्रतिनिधित्व सुनिश्चित हुने बागलुङ नगर बालमैत्री कार्यक्रम संयोजक तिलक आचार्यले बताए ।

‘अब बन्ने हरेक योजनाका समिति र निर्णय प्रक्रियामा  बालबालिकाको सहभागिता हुनेछ,’उनले भने,‘बालबालिकासँग सरोकार राख्ने हरेक संघ संस्थामा बालबालिका प्रतिनिधित्व रहनेछ । बालबालिकाको अधिकार रक्षासँगै शासन सञ्चालनमा बालबालिकाको उपस्थिति गराउनु बालमैत्री स्थानीय शासन हो ।’ बागलुङ नगरपालिका सामाजिक विकास समिति संयोजक बानपा—११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले मानवीय पुँजी निर्माणका लागि बालमैत्री शासनयुक्त नगरपालिका बनाउन लागिपरेको उल्लेख गरे ।

‘भौतिक विकास मात्रै विकास होइन, मानवीय पुँजी उत्पादनमा ध्यान दिनुपर्छ भनेर हामीले कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरेर अगाडि बढ्यौँ,’उनले भने,‘अहिले घोषणाको चरणसम्म आइपुग्दा बालबालिकाको क्षेत्रमा धेरै काम भएका छन् र आगामी कार्यक्रमहरू बालमैत्री बनाउन लागि परेका छौँ ।’ स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित बागलुङ नगर कार्यपालिकाको २०७९जेठ ६ गतेको कार्यपालिका बैठकले बागलुङ नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको थियो ।

हरेक निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता गराउने गरी बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार विद्यालय तहबाटै काम सुरु गरेर नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको बागलुङ नगर शिक्षा शाखा प्रमुख एवं बालमैत्री फोकल पर्सन धनप्रसाद पोख्रेल बताउँछन् ।

‘बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउनका लागि सबैभन्दा पहिले घर विद्यालय बालमैत्री बनाउनुपर्छ भनेर हामी लाग्यौँ,’उनी भन्छन्,‘यो अभियानमा हामीले २६ वटा विद्यालयको नयाँ भवन निर्माण गरेका छौँ  भने नगर क्षेत्रका सम्पूर्ण १०४ वटै विद्यालयको संरचनालाई बालमैत्री बनाउने र रङरोगन गर्ने काम गरेका छौँ ।’

बागलुङ नगरलाई बालमैत्री बनाउनका लागि १५ वटा कानुन निर्माण गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन् । ‘हामीले बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने १५ वटा कानुन नै निर्माण गरेका छौँ,’उनले भने,‘घोषणापछि दिगोपनमा समस्या नहोस् भनेर पञ्चवर्षीय योजना बनाएर कार्यान्वयनको चरणमा लगेका छौँ । यो एउटा अभियान हो, यसलाई निरन्तर अगाडि बढाउनुपर्छ अहिले पाएको ९२ प्रतिशत अङ्कलाई शतप्रतिशत बनाउनेमा हाम्रो ध्यान जानेछ ।’ अब बालबालिकाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित भएको उनले जानकारी दिए ।

अहिले बालबालिकासँगै अभिभावकमा पनि बाल अधिकारका बारेमा सचेत भइसकेकाले यसको दिगोपनमा समस्या नआउने उनको विश्वास छ । ‘जिल्ला सदरमुकाम भएको र अन्यत्रबाट पनि मजदुरीका लागि यहाँ आउने भएकाले बालश्रमको समस्या हुन्छ भिन्ने चिन्ता हो,’उनले भने,‘अहिले यहाँको अभिभावक र बालबालिका तथा बालक्लबहरु यसप्रति सचेत भएर सक्रियता पूर्वक लाग्ने वातावरण बनेको छ । यसले हामीलाई भोलीका दिनमा काम गर्न सजिलो हुने विश्वास लिएका छौँ ।’

बालमैत्री शासनयुक्त नगरपालिका घोषणा हुने बागलुङ नगरपालिका जिल्लामा दोस्रो गण्डकी प्रदेशमा चौथो र देशव्यापी रुपमा पच्चिसौं स्थानीय तह हो । बागलुङ नगरपालिका बालमैत्री शासनयुक्त नगर बनेको प्रमाणपत्र गण्डकी प्रदेश सकारका स्वास्थ्य मन्त्री कृष्ण पाठक र वन तथा वाताबरणमन्त्री भेषबहादुर पौडेलले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस