नियति कि नियत?
०७ मंसिर २०७१
•
१५ मिनेट पाठ
नियति कि नियत?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भाग लिन काठमाडौं आउँदा जनकपुर हुँदै आउने अनि लुम्बिनी र मुक्तिनाथ पनि जाने कार्यक्रम केही दिनदेखि चर्चामा छ। प्रधानमन्त्री मोदीले यसपटक जनकपुर र लुम्बिनी तीर्थाटनमा जाने घोषणा साउनमै गरेका थिए। केही दिन पहिले मोदी स्थलमार्गबाट नेपाल गणराज्यको सरहदभित्र जनकपुर हुँदै प्रवेश गर्ने रे भनियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि जनकपुर भ्रमणको व्यवस्था मिलाउन खटिए। प्रधानमन्त्री मोदीलाई जानकी मन्दिर परिसरमा अभिनन्दन गरिने र उनले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइयो। मोदीले त्यहाँ साइकल वितरण गर्न चाहेको र पछि त्यो कार्यक्रम नेपाली पक्षको हिचकिचाहटका कारण नराखिएको बताइयो। यसपछि कार्यक्रमबारे विवाद सुरु भयो। एनेकपा (माओवादी) का केही नेतालगायत एउटा समूहले क्षेत्रीय बैठकमा भाग लिन आउँदा दुई पक्षीय भ्रमणमा जस्तो कार्यक्रम गर्नु उचित नहुने भन्न थाले। अर्कातिर, एमाओवादी नेतृत्वकैे मोर्चामा रहेका मधेसी दलका नेताले चाहिँ मोदीको कार्यक्रम व्यापक र अझ भव्य हुनुपर्छ भन्दै सरकारी प्रबन्धको विरोध गर्न थाले। तिनले सरकारी योजनाअनुसार मोदीको कार्यक्रम सञ्चालन भए त्यसको विरोध गर्ने, अर्को मञ्च बनाउनेदेखि कार्यक्रम बिथोल्नेसम्मको धम्की दिए। वीरगन्ज पुगेर भारतीय महावाणिज्य दूतावासमा ज्ञापनपत्र दिए। 
यस्तैमा जनकपुरमा भारतीय पक्षले गरेको केही बन्दोबस्त रद्द गरिएको समाचार पाएका मन्त्री निधिले खोजखबर गर्न थाले। मन्त्री निधिका अनुसार परराष्ट्र मन्त्रालय र भारतीय दूतावासका अधिकारीले प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द गरिएको जानकारी दिए। त्यसपछि उनले विज्ञप्ति जारी गरेर कार्यक्रम रद्द भएको सूचना दिए। अनि, मोदीलाई जनकपुर भ्रमण रद्द नगर्न अनुरोध गरिएको जानकारी गृहमन्त्री वामदेव गौतमले दिए। उता भ्रमण रद्द गरिएको विरोधमा एनेकपा (माओवादी) नेतृत्वको २२ दलीय मोर्चाले जलेश्वर बन्द गर्योक। नेपालका परराष्ट्र मन्त्री र भारतका राजदूतले प्रधानमन्त्री मोदीको भ्रमण रद्द भएको थाहा नभएको भनेर 'अफवाह’ फैलाएको दोष अप्रत्यक्षरूपमा मन्त्री निधिलाई दिए। मन्त्री निधिले परराष्ट्र मन्त्रीसँग सम्पर्क गरेरमात्र सूचना सार्वजनिक गरेको भए सायद उनी विवादमा धेरै तानिने थिएनन्। 
यी पंक्ति लेख्दालेख्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले टि्वटरमार्फत् 'आन्तरिक व्यस्तताका कारण काठमाडौसम्म मात्र आउने' जानकारी दिएका छन्। शनिबार साँझसम्मको समाचारअनुसार भ्रमणको तयारी जनकपुरमा पनि भइरहेको थियो। सञ्चार माध्यममा आएको घटना विवरण लगभग यही हो।
प्रधानमन्त्री मोदीले गत साउनमा नेपाल आउँदा सजिलै फुरुक्क हुने धेरै नेपालीको मन जितेका थिए। त्यो भ्रमण नेपाली समाजमा भारतप्रतिको कटुता कम गर्न सहायक भएको थियो। तर, नेपाल—भारत सम्बन्ध सहज भएको देख्न नचाहने तत्व दुवै देशमा प्रभावशाली छ। सायद, भारतमा सत्ताको प्रतिनिधित्व त्यही प्रवृत्तिले गर्छ। नेपालमा भारत विरोधलाई 'राष्ट्रवाद’को पर्याय ठान्ने शक्ति र प्रवृत्ति बलियो छ। नेपाल—भारत सम्बन्ध सहज हुन नदिन त्यो तत्व सधैँ सक्रिय हुन्छ। मोदीको अभिनन्दन कार्यक्रम बिथोल्ने धम्की दिनेहरू त्यसैका गोटी त हैनन्? बन्द र 'भ्रमण स्थगन’ले त्यतै संकेत गर्छ। 
प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण विवादको रहस्य बु‰न हिन्दुस्तान टाइम्समा प्रशान्त झाका नामबाट प्रकाशित समाचारले पनि सहयोग गर्छ। अनलाइन संस्करणको समाचारअनुसार भारतीय पक्षले भ्रमणका बारेमा कुनै घोषणा गरेकै थिएन रे! अर्थात्, भारतको विदेश मन्त्रालयले सबै दोष नेपाल सरकारलाई दिएको छ। तर, समस्या यताको 'ढंगमरु’ चालाले मात्र उब्जाएको हैन। उताको नियत बरु यसको मूल कारक देखिन्छ। यतिका दिनपछि 'भ्रमणको निधो नभएको’भन्नेहरू यतिका तयारी र हल्ला हुँदा किन चुप लागेर बसेका त? भारतीय जासुसी सञ्जालका निकट मानिनेहरू एकातिर 'कार्यक्रम ’ हुनै नहुने भन्ने र अर्कातिर तिनैका सहयोगी चाहिँ 'मोदीको भ्रमणको महत्व घटाउन खोजिएकाले विरोध गरिएको’ भनेर सफाइ दिने गरेकाले पनि अलिकति चिसो पसेको हो! 
मोदी भ्रमणको प्रबन्ध मिलाउन जनकपुरकै प्रतिनिधि विमलेन्द्र निधि खटिनुले पनि एमाओवादी मोर्चा बढी उत्तेजित भएको हुनसक्छ। सरकारलाई पनि अप्ठेरोमा पारेको थियो मोदीको सम्बोधन कार्यक्रमले। सामान्यतः यस्तो सम्बोधन दुई पक्षीय भ्रमणका अवसरमा हुनेगर्छ। मोदीको सम्बोधन कार्यक्रमलाई 'कूटनीतिक प्रचलनविपरीत’ भन्न थालिएको थियो। मोदी कुशल वक्ता त हुँदैहुन् चतुरा पनि छन्। यसैले सत्ता पक्ष मोदीको प्रभाव सकेसम्म सीमित गर्न चाहन्थ्यो होला। सुरक्षाको चिन्ता त छँदैछ। मोदी जनकपुर आउँदा धेरथोर जस त विमलेन्द्र निधिले पाउने थिए। पार्टीभित्र मात्र हैन राष्ट्रिय राजनीतिमा समेत विमलेन्द्रको कद बढ्छ कि भनेर डराउनेहरू पनि मोदीको कार्यक्रम नहोस् भन्ने चाहन्थे होलान्। बाह्र बिघा मैदानमा कार्यक्रम आयोजना गर्न नेपाल सरकार तयार छ भनिएपछि भ्रमण रद्दै नभएको भन्न थालिएको थियो। भारतीय चाहना पूरा गर्न विपक्षीहरू सजिलै कसरी प्रयोग भए वा हुँदारहेछन् भन्ने यसले पनि पुष्टि गर्छ। 
भारत र नेपालका संस्थापन पक्षबीच बेलायतै शासन कालदेखि पञ्चायतकालदेखि निकट सम्बन्ध रहिआएको छ। नेपाली कांग्रेसका नेता सरोज कोइराला र तेजबहादुर अमात्यको भारतभूमिमा हत्या गरिएको थियो। तर, हत्याको रहस्य कहिल्यै खुलेन। दुर्भाग्य, नेपाली कांग्रेसले २०४६ सालपछि पनि आफ्ना नेताको हत्याको रहस्य खोतल्न चाहेन। दुवै हत्यामा राजाका मान्छेहरूको संलग्नता देखिन्छ। अमात्यप्रति भारतीय संथापना विशेषगरी गुप्तचर निकायको वक्रदृष्टि रहे नरहेको थाहा हुन सकेन तर सरोज कोइरालाले भने नेपाली कांग्रेसको संगठन भताभुंग पार्ने एउटा योजना तुहाइदिएका थिए। 
सन् १९६२ मा चीनसँग युद्ध भएपछि भारत सरकारले कांग्रेसलाई सशस्त्र विद्रोह बन्द गर्न दबाब दिन थाल्यो। यसैबीच चीनले नेपालमा हमला भए चीनले नसहने धम्की पनि दियो। हृषिकेश शाहका अनुसार चीनले धम्की दिएको केहीपछि भारतले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको थियो। 'राजाविरोधी आन्दोलन बन्द गराउन’सहयोग माग्दा पहिले वास्तै नगरिएको तर चीनसँग हारेपछि भारतले आफैँ सहयोगको प्रस्ताव गरेको जानकारी शाहले 'साउथ एसिया फोरम’सँगको अन्तर्वातामा बताएका छन्। (साउथ एसिया फोरमको चौथो अंक ( १९८२ ) मा यो अन्तर्वार्ता छापिएको छ।)
भारत—चीन युद्धपछि भारतमा निर्वासित नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरमाथि दबाब बढ्यो र उनले सशस्त्र विद्रोह स्थगित गरे। निर्वासनमा रहेका कांग्रेसका कार्यकर्ताको भरणपोषण सुवर्णजीकै खर्चमा हुन्थ्यो। उनको बोझ हलुंगो बनाउने नाममा त्यति बेला कांग्रेसका निर्वासित नेता कार्यकर्तालाई भारतको असममा पुनर्वास गराउने योजना बनाइएको थियो। नेपालमा विभिन्न गम्भीर मुद्दा चलाइएका कांग्रेसका नेता कार्यकर्ता स्वदेश फर्कन ज्यनको बाजी थाप्नुपर्थ्यो। सरोज कोइरालाको अगुवाइमा पुनर्वास योजनाको निकै चर्को विरोध भयो र कार्यान्वयन हुन पाएन। ('विद्रोहका नायक, २०५७ पृष्ठ ३८’ )। हुनत, त्यस योजनामा प्रत्यक्षरूपमा नेपाल वा भारत सरकारको संलग्नता देखिँदैन। परन्तु, भारत नेपाललाई सबै प्रकारको सहयोग गर्न तत्पर भएको पृष्ठभूमिमा हेर्दा भारत सरकारको सह नभए भारतमा पुनर्वास गराउन पक्कै सम्भव थिएन भन्ने सहजै अनुमान हुन्छ। नेपाली कांग्रेसका निर्वासित नेता र कार्यकर्ता उतै बसे राजा महेन्द्रलाई पनि त हाइसन्चो नै हुन्थ्यो। 
नेपालमा स्थिरता र प्रगति नभए भारतको हित हुन्छ भन्ने मानसिकतालाई भारतीय शासकहरूमा गुप्तचर संस्था 'रअ’ले बनाइदिएकोे मान्नेहरू धेरै छन्। माओवादी नेताहरूसँग भारतीय गुप्तचर संस्थाको निकट सम्बन्ध त अब रहस्यको विषय पनि रहेन। यस्तै, मधेसवादी भनिएका कतिपय राजनीतिकर्मी आफूले चुनाव हार्दा भारतकै हार भएको ठान्छन्। वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीले कूटनीतिक मर्यादाविपरीत 'एक मधेस प्रदेश’का लागि लड्न उक्साउँदा पनि कारबाही नहुनु संयोगमात्र पक्कै हैन। 
भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री हुनेबित्तिकै भारतको बाबुतन्त्रले आधाशताब्दीभन्दा बढीदेखि निरन्तरता दिएको 'ठुल्दाइ’ प्रवृत्तिविपरीत छिमेकीप्रति उदार देखिन थालेका थिए। उनको उदार नीतिले छिमेकमा अविश्वास र असमझदारी हट्दै जाने आशा पलाएको मानिएको थियो। मोदी छरछिमेकमा विश्वास र समझदारी जगाउन सफल भए भने भारतीय संस्थापनको प्रभावशाली पक्षले यतिन्जेल अपनाएको द्वेषपूर्ण नीतिको औचित्यमा प्रश्न उठ्छ। पाकिस्तानसँगको सम्बन्ध सुधि्रन बाबुहरूले नदिएको खुलासा त प्रसिद्ध वकिल तथा राजनीतिज्ञ राम जेठ मलानीले पनि गरेका छन्। भारतको त्यही तत्व मोदीको पहिलो भ्रमणले सम्बन्धमा उत्पन्न गरेको 'न्यानो'बाट आत्तिएको हुनसक्छ। काठमाडौंकै बोली मोदीले जनकपुरमा पनि दोहोर्याणए भने मधेसमा अहिलेसम्म गरेको मेहनत खेर जाने डरले पनि त्यो तत्व बढी छटपटाएको हुनसक्छ। 
अहिले पनि नेपालसँग भारतको सम्बन्ध निर्धारण गर्नमा राजनीतिक विवेक हैन 'रअ’को रणनीति नै निर्णायक रहेको पुष्टि यही भ्रमण विवादबाट पनि भएको छ। यत्तिकैका आधारमा प्रधानमन्त्री मोदीको नियतमा पनि शंका गर्नु भने सायद न्यायोचित हुँदैन। यद्यपि, उनले साउनमा कमाएको सद्भाव यस प्रकरणले घटाएको छ।
अर्को समाचार
केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा,पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्!
३० चैत्र २०८०
•
१ मिनेट पाठ
केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा,पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्!
१) मुक्तक

निःशुल्क पढ्न र उपचार पाई मर्न पाएदेखि,

आङमा भोटो र पेटभरि अन्‍न भर्न पाएदेखि।

अझ सार्थक हुन्थ्यो हजुर नयाँ वर्ष नेपालमा,

मिचिएका सिमाहरू सबै फिर्ता गर्न पाएदेखि।

२) मुक्तक

सडकमा साधनहरूको जाम हटोस्,

अफिसमा सेवाग्राहीको लाम हटोस्।

भड्किला भए चाडबाड संस्कारहरू,

तडकभडक छलछामका काम हटोस्।

३) मुक्तक

अन्धविश्वास, कुविचारको चीरहरण होस्,

गरीबी,अशिक्षा, कुरीतिको अपहरण होस्।

विकास र प्रगतिको मूल जताततै फुटाऊँ,

सबै गाउँ बस्तीहरूको शहरीकरण होस्।

४) मुक्तक

महँगी ओरालो लागी दिए हुन्थ्यो,

युवाले विदेश त्यागी दिए हुन्थ्यो।

विधि, प्रविधिले सगरमाथा चुमोस्,

सत्तामोह सबै भागी दिए हुन्थ्यो।

५) मुक्तक

शहीद अब कोही बन्नु नपरोस्,

कसैलाई खराब भन्नु नपरोस्।

राष्ट्र र राष्ट्रियता सोधे कसैले,

नेपाल भन्नलाई कन्नु नपरोस्।

६) मुक्तक

मनमा अनेक विचार आउँछ विमर्श आउँछ,

आशा लाग्छ विस्मत होइन अब हर्ष आउँछ।

हात्ती र हात्तीछाप उस्तै भन्ने विज्ञापन जस्तो,

मात्र एउटा नयाँ पात्रो लिई नयाँ वर्ष आउँछ।

७) मुक्तक

सोच उहीँ नहोस् मति, गति फेरियोस्

नियत बदलियोस्, नियति फेरियोस्।

केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा,

पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
विकास : नियत या नियति?
रवीन्द्र अधिकारी रवीन्द्र अधिकारी • · २९ कार्तिक २०७१ · १३ मिनेट पाठ
अस्थिरताको खेती
सम्पादकीय सम्पादकीय • · २५ साउन २०७१ · ६ मिनेट पाठ
कविताको जीवन
कविताको जीवन
नागरिक नागरिक • · ०३ पौष २०७७ · २ मिनेट पाठ
जनादेशको उपहास
गोविन्द अधिकारी गोविन्द अधिकारी • · ३० मंसिर २०७० · १३ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस