कानुनमन्त्रीको नियत कि नियति?
२६ साउन २०७१
•
१३ मिनेट पाठ
कानुनमन्त्रीको नियत कि नियति?
नेपालको न्यायपालिका प्रयोगधर्मीहरूका कारण विवाद र बर्बादीको विषय बनिरह्यो। छोटै आयुमा कठोर आघात सहन नसकेर थला पर्ने अवस्थामा पुगिसक्यो।गृह मन्त्रालयको साँगुरो घेराबाट स्वतन्त्रताको सास राम्ररी फेर्न नपाउँदै यसको स्वरूप र संरचनामा थालिएको परिवर्तनको क्रममा यसमाथि प्रहार पनि हुनथाल्यो। राजदरबारले यसमाथि आफ्नो हैकम लाद्न कहिल्यै छाडेन। सिंहदरबारले विधायिकी अधिकारको नाममा यसमाथि कब्जा गर्ने लोभ  कहिल्यैे त्यागेन। हुँदाहुँदा अब त राजनीतिक स्वार्थको नाङ्गो नाचको डबली पनि यसैलाई बनाइयो। यसको जग धेरैपटक नमज्जाले हल्लियो र हल्लाइयो। स्वतन्त्र न्यायपालिका र न्याय प्रणालीको छविमै खेलबाड भइरह्यो। प्रजातान्त्रिक मुलुकहरूको इतिहासमा यति धेरै जोडघटाउमा हातलागी शून्यको खेल सायद अन्यत्र कहिल्यै भएन।
न्यायपालिकाका सन्दर्भमा स्वतन्त्र, निष्पक्ष, सक्षम र निर्भीकजस्ता विशेषण प्रयोग गरिन्छ। यसको मूलभूत मान्यता न्यायपालिकालाई राज्यशक्तिको कुनै पनि अङ्गको प्रभावबाट मुक्त राख्नु हो। तर नेपालमा भने कार्यकारिणी र विधायिकी अधिकारको पहुँचभन्दा धेरै टाढा र स्वतन्त्र राखिनुपर्नेमा उल्टै यिनैको मुठीभित्रको माखो बन्नेगरी निरीह बनाइयो। यसको गरिमालाई बुझ्नै नसक्ने स्वप्नदर्शीहरूले शक्ति पृथक्कीकरणको सिद्धान्तलाई ‘बाँदरको हातमा नरिबल' बनाएकाछन्। परिणामतः शक्ति सन्तुलन र व्यवस्थापनमा धेरै मिसावट भएर यसको मूल्यमान्यता असन्तुलित बनेको छ। आफ्नो पदलाई कायमै राखी न्यायपालिकाको मूल पहरेदार कार्यकारिणी प्रमुख हुने कार्य संवैधानिक विधिशास्त्रविपरीत हो तर नेपालमा त्यस्तो पनि देख्न पाइयो। सर्वोच्च अदालत भवनतिर हेरेर न्यायाधीश हुने सपना देख्नेले सरकारी वकिलको भूमिका निर्वाह गर्न सक्दैन भनेर तत्कालीन महान्यायाधिवक्ता कृष्णप्रसाद घिमिरेले भनेजस्तै सिंहदरबारतिर फर्केर प्रधानमन्त्री हुने सपना देख्नेले न्यायपालिकाको अभिभावकत्व ग्रहण गर्न सक्दैन भन्नु अन्यथा हुनेछैन। कार्यपालिका भनेको राजनीतिक सहधर्मीहरूको स्वप्नभूमि हो र यसै भूमिमा रहेर साम, दान, दण्ड, भेदजस्ता कुनै पनि नीतिबाट राज्यको सबै निकायमा आफ्नो उपस्थिति कायम गरेर राज गर्ने अभीष्ट हुन्छ। तिनको पहुँच असम्भव मानिएको न्यायपालिका पनि स्वप्नभूमिमा क्रमशः रूपान्तर हुँदै जानु शक्ति पृथक्कीकरणको सिद्धान्तमा स्पष्टतः विचलन आउनु हो।
नेपाल अधिराज्यको संविधान, २०४७ को परिकल्पनाकार विश्वनाथ उपाध्यायले न्याय परिषद् र न्याय सेवा आयोगमा कानुनमन्त्रीलाई पदेन सदस्यता दिँदा यसको हित संरक्षणार्थ मालीको भूमिका निर्वाह हुने ठानेको हुनुपर्छ। तर पहिलो परिदृश्यमै मन्त्रीले तल्सिङको भूमिका निर्वाह गरेको कारण राजनीतिक हस्तक्षेपको जग बस्यो। पदको लेनदेनमा सौदाबाजी गर्नसक्ने क्षमता भएका मन्त्रीले जित्नु न्यायपालिकाको स्वतन्त्र छवि हार्नु हो। राजनीतिक र वैयक्तिक दृष्टिकोणमा त उनले युद्धै जितेका हुन्। बिनाप्रतिस्पर्धा र परीक्षण अन्य सदस्यबाट प्रस्तावित व्यक्तिउपर कुनै प्रश्न र प्रतिवाद नगरी सहमति जनाउनुको अर्थ राजनीतिक पृष्ठभूमिका कार्यकर्तालाई पदासीन गर्न मन्त्री सफल हुनु हो भनेर जान्दाजान्दै पनि सबैजना ‘तैँ चुप मै चुप' भइदिँदा न्यायपालिका राजनीतिक प्रदूषणको सिकार भएको हो। लेनदेनको खेतीपातीमा यस्तै हुनेगर्छ! तत्काल न्यायाधीश नियुक्ति नभएमा अदालतको अस्तित्वमा संवैधानिक सङ्कट आउने निश्चित भए पनि विदेश भ्रमणमा रहेका मन्त्रीको अनुस्थितिमा बहुमतबाट निर्णय गर्न नसक्दा आज न्यायपालिकाको मुटुको धड्कन मन्त्रीको दिमागी रिमोटबाट चल्न वाध्य छ। मन्त्री यसरी परिषद्मा विराजमान हुन पुगेकाछन्।
कुनै समय राजदरबार सेवा, शाही नेपाली सेना र न्यायपालिका अरूभन्दा अनुशासित निकाय मानिन्थे। अब त्यसो भन्न पाइने दिन रहेन। प्रथम समाज सेवा दिवसमा प्रधान न्यायाधीशलाई प्रमुख अतिथि बनाएर भाषण गर्न लगाइएपछि भाषण कताकता न्यायपालिकाभित्र संस्कारतुल्य भइसकेको छ। गीति क्यासेट तथा पुस्तक विमोचन, भजनकीर्तनमा दीप प्रज्वलनजस्ता कार्यक्रममा न्यायाधीशहरूको भाषण लामै हुने गर्छ। सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रममा सभापति वा प्रमुख अतिथिको हैसियतमा न्यायाधीश भेटिनुसमेत सामान्यजस्तै भइसकेको छ। विचाराधीन मुद्दाका पक्षले आयोजना गरेको भोजमा प्रधान न्यायाधीशको उपस्थिति कुनै बेला ठूलै चर्चाको विषय बनेको थियो। यसरी क्रमशः न्यायाधीश सार्वजनिक बन्न थालेसँगै मन्त्रीसितको उठबस पनि त्यसरी नै सामान्य बन्न थालेकाछन्। पहिलेका न्यायाधीश सार्वजनिक नहुने हुँदा मन्त्रीसित मर्यादित दूरी रहन्थ्यो। तर अहिले समकक्षीय दूरी रहने हुँदा निकटताको सम्भावना रहन्छ। यस्तैमा यदाकदा मर्यादाको पर्खाल भत्कने जोखिम त रहने नै भयो। यस्तै सम्बन्धले सीमित न्यायाधीशप्रति बढी उदारता देखाइँदा अरूमा हीनता देखापर्ने गर्छ। स्मरण रहोस्, अदालतभित्र वकिली र गैरवकिली न्यायाधीश भनिने विभेद छ। राजनीतिमा जस्तै न्यायाधीशमा पनि संस्थापन र गैरसंस्थापन पक्ष हुनुमा कार्यकारिणीसितको सम्बन्धले ठूलो भूमिका खेलेको हुन्छ। स्वतन्त्र न्यायपालिकाको विधिशास्त्रीय मान्यताबमोजिम स्वतन्त्र छवि भएका र न्याय तथा कानुनको क्षेत्रमा उल्लेखनीय योगदान दिनसकेका व्यक्तिलाई न्यायाधीशमा नियुक्त गर्न नसक्नुको परिणतिले निम्त्याउने दृश्य यस्तै हुन्छन्।
विसं २०४७ सालको संविधानपूर्व एकपटकको न्यायाधीश सधैँ न्यायाधीश हुने व्यवस्था थिएन। सरकारी वकिल तथा न्याय सेवाअन्तर्गतको प्रशासनतर्फ सरुवा गरिँदा मानमर्दन हुने ठानेर न्यायाधीश काम, कर्तव्यमा ज्यादै सतर्क रहन्थे। त्यसबखत उल्टीको खुबै ख्याल गरिन्थ्यो। एकपटकको न्यायाधीश सधैँको न्यायाधीश हुने व्यवस्था गरिएपछि कि त कारबाही नै गर्नुपर्योए, नत्र दुर्गममा सरुवा गरिएको भरमा चित्त बुझाउनु पर्यो्। केहीका हकमा अवस्था सन्तोषजनक नभए पनि कारबाही गर्न नसकिएको तथ्य सार्वजनिक भएकाछन्। संवैधानिक व्यवस्थाअनुसार कारबाही त्यति सजिलो छैन। कारबाही गर्न नसकिएकाले पदमै बहाल रहिरहनु र नियुक्तिको मितिले वरिष्ठ भएकै आधारमा माथिल्ला अदालतमा न्यायाधीश हुँदै जानु यसको परिणति बनेको छ।
विसं २०४७ साल पहिले र पछिका धेरै कानुनमन्त्रीलाई देखियो। बैठकमा पाँचतारे होटलबाट खाजा ल्याइनुपर्छ भन्ने, न्याय सेवा आयोगबाट सञ्चालित बढुवा परीक्षाका प्रश्न बैठकमै सारेर लाने, बैठकभत्ता कम भयो भनेर विरोध गर्ने, बैठकका कार्यतालिका तथा विषयसूचि अग्रीम नपठाएको भनेर कर्मचारीसित द्वेषभाव राख्ने, परिषदको सचिवले फोन नगरी अधिकृतबाट फोन गराउँदा मानमर्दन भएको ठान्ने, तामेलदार भर्ना नगरिदिएको रिसले यस्तो मन्त्रीमा के बस्ने भनेर घुर्की लगाउने, रोजेको न्यायाधीश आफ्नो जिल्लामा नपरेकोमा फाइलै अगाडि नबढाउने, आफ्नो जात तथा क्षेत्रको व्यक्ति न्यायाधीशशमा पर्नैपर्ने भनेर जिद्दी गर्ने, आफ्नो व्यक्ति न्यायाधीशमा नपरेसम्म परिषदको बैठकमा फुर्सद नभएकोले आउन नसकेको भन्दै धिङ्याइ गर्नेजस्ता धेरैलाई न्यायपालिकाले बेहोरिसकेको छ। बखानसिंह गुरुङ (बखान बा), होम बहादुर श्रेष्ठ (ठूलेबाबु) जस्ता हृदयदेखि नै सरल व्यक्ति मन्त्री भइसकेको इतिहासमा हालमा नरहरि आचार्यसम्म जोडिएकाछन्। तर कसैले भित्री सत्यतथ्यलाई सार्वजनिक गर्ने आँट गरेनन्। आफ्नो स्वार्थपूर्ति भएपछि ‘अरु सबै भाँडमै जाओस्' भनेजस्तै बेथितिको डुङ्गुर सेवाभित्र थुप्रिँदै जाँदा पनि कुनै मन्त्रीको मन दुखेन।
बाबुराम भट्टराई र नरहरि आचार्य मन्त्री भएपछि केही आशा पलाएकै हो। भट्टराईले विधायिकी कब्जालाई कसिलो बनाउन खोजे भने आचार्यले कार्यकारिणीलाई सशक्त बनाउन चाहे। यी दुवैको अर्थ वर्तमान संवैधानिक व्यवस्था, आन्तरिक व्यवस्थापन र कार्यशैलीप्रतिको असन्तुष्टि नै त हो। न्यायपालिका संसद्प्रति उत्तरदायी हुनुपर्छ भन्ने भट्टराईले तथा न्यायाधीशको नाम कार्यकारिणीबाट प्रस्तावित हुनुपर्ने, कम्तीमा १५ दिन लगाएर संसदीय सुनुवाइ हुनुपर्ने एवम् परिषद्मा मन्त्री नराखिनुपर्नेजस्ता प्रस्ताव राखेर आचार्यले पीडा व्यक्त गरेका हुन्। के कति कारणले परिवर्तनको खाँचो देखियो भनेर स्पष्ट गर्न भने उनीहरू डराए। बेथितिको डुङ्गुर फाल्ननिमित्त तथ्य सार्वजनिक गर्न सफा नियतका मान्छे डराउनु नपर्ने हो! यस्तो बेथितिका पछाडि रहेको अदृश्य शक्ति न्यायपालिकाको विधिशास्त्रीय मूल्य मान्यताविपरीत सधैँ क्रियाशील रहिरहनेछ भन्ने वास्तविकता तिनले बुझेकै हुनुपर्ने हो।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस