अस्थिरताको खेती
२५ साउन २०७१
•
६ मिनेट पाठ
अस्थिरताको खेती
राजनीतिक नेताहरूको नियत खराब हो कि राजनीतिको नियति नै हो मुलुकमा जानीजानी अस्थिरताको आत्मघाती खेल दोहोरिने गरेको छ। संविधान निर्माण गरेर मुलुकलाई अस्थिरताबाट मुक्त गर्ने ध्येयमा सबै एक जुट भएर लाग्नुपर्ने बेलामा सरकारका साझेदार दलहरूबीचमा र भित्रै पनि असन्तुष्टि चर्किन थालेको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओली सरकारको कटु आलोचकका रूपमा प्रकट हुन थालेका छन्। नेपाली कांग्रेसभित्रै पनि सरकारको आलोचना बढ्दै गएको छ। वर्तमान सरकार विशेषगरी प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध असन्तुष्टि प्रकट हुन थालेको छ। फलस्वरूप, महत्वपूर्ण राष्ट्रिय विषयहरू ओझेलमा त परेका छन् नै सरकार पनि अस्थिर देखिएको छ। यस अवस्थामा मुलुकमा अस्थिरता बढ्नु सत्तारुढ दलहरूका लागि नै बढी प्रत्युत्पादक हुने निश्चित छ। 
एमालेका अध्यक्ष ओलीले एकातिर 'राष्ट्रपति अनुमोदन’को विषय उठाएर सत्तारुढ दलहरूबीच विवादको बीउ रोपेका छन्। यस विषयमा विवाद गर्नु असान्दर्भिक, असंवैधानिक र अराजनीतिक देखिन्छ। एमाले मन्त्रीहरूले पनि प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टि प्रकट गरेका छन्। विशेषगरी आ फ्ना मन्त्रालयहरूमा स्वतन्त्रतापूर्वक काम गर्न नदिइएको आरोप उनीहरूले लगाएका छन्। सरकारको कार्य सम्पादन सन्तोषजनक छैन। मन्त्रिपरिषद्ले गनुपर्ने कतिपय निर्णय हुनसकेका छैनन्। मन्त्रालयको कार्य सम्पादन प्रभावकारी रूपमा हुन नसके मन्त्रीहरूको छवि दलगत र व्यक्तिगतरूपमा बिग्रन्छ। यसैले सरकारको कामकाज नहुँदा उनीहरू असन्तुष्ट हुनु अस्वाभाविक होइन। कांग्रेसभित्रको असन्तुष्टि भने मूलतः पार्टीका मन्त्रीहरूको कामकाजप्रति लक्षित देखिएको छ। कांग्रेसका केन्द्रीय सदस्यहरूको सरकारप्रति असन्तोष पार्टीको बैठक बोलाउने हस्ताक्षर अभियानका रूपमा प्रकट भएको छ। राष्ट्रपति अनुमोदनको प्रत्युत्पादक बहसबाहेक अरू असन्तोषलाई भने सम्बोधन गर्न प्रधानमन्त्री कोइराला अग्रसर हुनुपर्छ।

सत्ताका प्रमुख साझेदार कांग्रेस र एमालेले आफूले पाएको जनादेशलाई सम्मान गर्ने हो भने संविधान निर्माण नहुँदासम्म मुलुकमा अस्थिरता बढाउने कुनै पनि क्रियाकलाप गर्नु हुँदैन। अहिले सरकार फेरबदल गर्न समय खेर फाल्नु हुँदैन। व्यक्ति विशेषका महत्वाकांक्षा, असन्तुष्टि र आक्रोश देशमा अस्थिरता बढाउने कारक बन्नु हुँदैन। मन्त्रीहरूले पनि व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न सक्ने हो भने सरकार सञ्चालनमा खासै समस्या उत्पन्न हुँदैन। सरकारको कामकाज व्यक्तिको तजबिजमा नभएर विधिअनुसार प्रक्रिया पुर्या एर सञ्चालन गर्नुपर्छ। मन्त्रीको भूमिका दैनिक प्रशासनमा हैन नीति निर्माण र समन्वयमा केन्द्रित हुनुपर्छ। नीति निर्माण प्रक्रिया र अभ्यासलाई पारदर्शी बनाउने हो भने त्यसमा बाधा अवरोध कतैबाट भए नभएको स्पष्ट हुन्छ। मन्त्रीहरू पनि सरकार सञ्चालनका मामिलामा पार्टीप्रति हैन प्रधानमन्त्रीप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्छ। तैपनि, कुनै असमझदारी र विवाद उत्पन्न भए प्रधानमन्त्रीसँग संवाद गरेर टुंगो लगाउनुपर्छ। प्रधानमन्त्रीले पनि मन्त्रीहरूलाई दलगत आधारमा व्यवहार गर्नु संसदीय पद्धतिको मर्म विपरीत हुन्छ। स्वास्थ्य वा अरू कुनै कारणले प्रभावकारीरूपमा कार्यसम्पादन गर्न प्रधानमन्त्री कोइरालालाई अप्ठेरो भएको हो भने उनले आफ्नो पार्टी र सत्ता साझेदारहरूसँग छलफल गरेर त्यसको समाधान निकाल्न ढिलो गर्नु हुँदैन। कारण, कारक र कारण जे र जे भए पनि मूल जिम्मेवारी त प्रधानमन्त्री हो। वैयक्तिक महत्वाकांक्ष र दलगत स्वार्थ पूरा गर्न अहिले अस्थिरता बढाउनु सम्बन्धित व्यक्ति र दलका लागि पनि प्रत्युत्पादक हुनेछ। जनताले जिम्मेवारी पूरा नगर्नेलाई सधैँ माफ गर्दैनन्। जनताको निर्णय निर्मम हुनसक्छ भन्ने उदाहरण त संविधान सभाको दोस्रो निर्वाचनमा पनि देखिएकै छ। अहिलेको सरकारले संविधान बनाउन सकेन भने मुलुक अधिनायकवादको दुश्चक्रमा नराम्ररी फस्न सक्छ भन्ने सबैले हेक्का राखुन्।
अर्को समाचार
पाँच पूर्वप्रधानमन्त्रीको आरोप : ओलीले अदालतलाई धम्क्याए, सत्तालिप्साको कुरुप प्रदर्शन गरे
२९ जेष्ठ २०७८
•
१ मिनेट पाठ
पाँच पूर्वप्रधानमन्त्रीको आरोप : ओलीले अदालतलाई धम्क्याए, सत्तालिप्साको कुरुप प्रदर्शन गरे
पाँच पूर्वप्रधानमन्त्रीहरुले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अनिश्चय र अस्थिरताको खेती गरेको आरोप लगाएका छन्। पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल  ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीबाट स्वार्थी सत्ता राजनीति, अन्योल, अनिश्चिय र अस्थिरताको खेती गरेको आरोप लगाएका हुन्।

उनीहरुले सत्ता स्वार्थमा लिप्त भएर राज्ययन्त्र, सरकारी साधन र स्रोतको व्यापक दुरुपयोग गरेको पनि बताएका छन्। उनीहरुले संविधानसभाबाट जारी नेपालको संविधान संसोधन गर्ने  भनी राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशील विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्रिपरिषद्को मनपरी किसिमले पटकपटक विस्तार गर्ने र नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने गरेको उल्लेख गर्दै सर्वोच्च अदालतलाई समेत धम्क्याएको जनाएका छन्।

‘सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्याधिवक्तामार्फत् धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु प्रधानमन्त्री केपी ओलीबाट भएका छन्’, विज्ञप्तिमा उल्लेख गरिएको छ । 

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस