नेपालीले ऊर्जा संकट बेहोर्न बाध्य हुनु अत्यन्त लाजमर्दो र दिक्कलाग्दो अवस्था हो। ऊर्जाकै अभावमा मुलुकको आर्थिक - सामाजिक विकास अवरुद्ध प्रायः भएको छ। फलस्वरूप, गरिबी, अभाव र पछौटेपनले समाजलाई कक्रक्क पारेको छ। यस्तो स्थिति द्वन्द्वको खेती गरेर अस्थिरताको बाली भित्र्याउन चाहनेहरूबाहेक अरूका लागि प्रेय नहुनु पर्ने हो।
दुर्भाग्य, नेपालका राजनीतिक नेताहरू जनताको अभाव र विपन्नतामै रमाउँदै आएका छन्। ठुला जलविद्युत् आयोजनाहरूको कार्यान्वयनमा उत्पन्न गरिएको अवरोध यसैको उदाहरण र प्रमाण हो। एकातिर, हिउँदमा दिनको १८ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने र बाँकी समयका लागि पनि भारतबाट बिजुली किन्नुपर्ने अवस्था छ। अर्कातिर देशको माग पुरा गरेर निर्यात गर्नसमेत पुग्ने गरी जलविद्युत् उत्पादन गर्न सक्ने क्षमताका आयोजनाहरू तयारी चरणमा हुँदासमेत सरकारी अधिकारीहरूको उपेक्षा, उदासीनता र बदनियतका कारण निर्माण हुन सकेका छैनन्। निर्माण थालिएका आयोजनामा समेत मूलतः राजनीतिक दलका नेता र कार्यकर्ताले काम अगाडि बढाउन दिएका छैनन्।
यसरी स्थानीय आयोजना अवरुद्ध गर्नेमा सत्ताको नेतृत्र्व गर्ने एनेकपा (माओवादी)कै कार्यकर्ता हुनु यस प्रकरणको अर्को विडम्बना हो। केन्द्रमा माओवादी नेताहरूले यस्ता ठुला आयोजनाको विकासका निम्ति तत्पर रहेको देखाएर लगानीकर्ताको स्यावासी लिने गरेका छन्। तिनैका स्थानीय कार्यकर्ता भने विकास आयोजनाको कार्यान्वयनमा विभिन्न बहाना बनाएर अवरोध गर्न संलग्न हुने गरेका हुन्छन्। केन्द्रस्तरका नेताहरूले स्थानीय कार्यकर्तालाई एउटा र लगानीकर्तालाई अर्कै आश्वासन दिने गरेका कारण यस्तो विसंगत अवस्था उत्पन्न भएको हो। केही महिना पहिले प्रधानमन्त्री बाबुराम भट्टराईले राजधानीमा विदेशी लगानीकर्ताहरूलाई ठुला जलविद्युत् योजनालगायतका विकास आयोजना कार्यान्वयन गर्न सरकारले सबै प्रकारको सहयोग र सुरक्षा उपलब्ध गराउने वचन दिएका थिए। विदेशी लगानीकर्ताले प्रधानमन्त्री भट्टराईको आश्वासनको मुक्तकण्ठले प्रशंसा पनि गरे। जनतामा विशेषगरी स्वदेशी उद्यमीहरूमा पनि प्रधानमन्त्रीको आश्वासनले आशाम जगाएको देखिएको थियो। किन्तु, भट्टराईको त्यो आश्वासन हावामा हरायो। न त माओवादीका कार्यकर्ताले स्थानीय स्तरमा अवरोध गर्नै छाडे न सरकारले सुरक्षा नै उपलब्ध गरायो। स्थानीयस्तरमा उत्पन्न विवाद समाधान गर्न समय आवश्यक भएको र राजनीतिक कारणले त्यता ध्यान दिन नसकेको भनेर चित्त बुझाए पनि केन्द्रबाट हुनु गरिनुपर्ने प्रशासनिक निर्णय र सहमतिहरूको काम पनि अगाडि नबढ्नुले सरकारी अधिकारीहरूको नियतमै खोट रहेको स्पष्ट बुझिन्छ
नेपाल जल विद्युत्मा मात्र हैन सौर्य ऊर्जामा पनि विश्वकै धनी मुलुकहरूमा पर्छ। तर, त्यो वैभव व्यर्थमा खेर गएको छ। पानी त्यसै बगेर खेर गएको छ। साँचेर राख्न मिल्दैन। सौर्य ऊर्जाको क्षमता पनि साँचेर राख्न मिल्दैन। नवीकरणीय ऊर्जा स्रोत साँचिरहनु पनि पर्दैन। तैपनि, त्यसको सदुपयोगको प्रश्न उठ्नेबित्तिकै नेपाली राजनीतिक दलका नेताहरूको जीउमा राष्ट्रवादको भूत चड्छ। पञ्चायतकालमा सल्काइएको यस रागबाट विशेषगरी नेपालका कम्युनिस्ट नेताहरू बढी नै ग्रस्त हुनेगरेका छन्। उनीहरूको यही मनोरोगको मार नेपाली जनताले भोग्दै आएका छन्। करिब दुई दशक अगाडि नेकपा (एमाले)का नेताहरूले अरुण तेस्रो बन्न नरोकेका भए अहिले यति चर्को ऊर्जा संकट बेहोर्नुपर्ने थिएन। तर, त्यसबाट कसैले पनि केही सिकेको देखिएन। अझै पनि राजनीतिक आग्रह र व्यक्तिगत स्वार्थलाई प्रमुखता दिएर राजनीतिक नेताहरूले द्वैध चरित्र देखाउने र कर्मचारी अनिर्णयको बन्दी बनिरहने हो भने नेपाली अर्थतन्त्र उठ्नै नसक्ने गरी थला पर्न सक्छ।
ठुला आयोजनाबाट स्थानीय वातावरणमा प्रतिकूल प्रभाव पर्छ। स्थानीय जनजीवनमा पनि त्यसको प्रतिकूल प्रभाव पर्नसक्छ। वातावरणीय दुष्प्रभाव कम गर्ने उपाय अपनाउन सकिन्छ। ठुला आयोजनाका कारण विस्थापित र प्रभावित जनसंख्यालाई दीर्घकालीन योजना बनाएर पुनःस्थापना गर्न सकिन्छ। तर, यिनैलाई कारण बनाएर आयोजना रोकेर राख्ने हो भने मुलुक विपन्नताको खाडलबाट बाहिर कहिल्यै आउन सत्तै्कन। कमिसनको मध्यस्थता गर्न छिमेकबाट मित्रहरूलाई बोलाउनुको साटो पारदर्शीरूपमा स्थानीय विकासमा सहयोग गर्न लगाउनु उचित हुनेछ। यसैले, राजनीतिक दलका नेताहरूले स्थानीय कार्यकर्तालाई विकासको ढोका सधैँका लागि नथुन्न स्पष्ट निर्देशन दिनुपर्छ। कम्तीमा १० वर्षपछि ऊर्जा माग पुरा गर्न सक्ने निश्चित भए पनि औद्योगिक विकासको ढोका खुल्नेछ। वैदेशिक लगानी आउने क्रम थालिनेछ। त्यसले रोजगारीको अवसर बढाउनेछ। अर्थात्, समृद्धिको यात्रा सुरु हुनेछ। मुलुकलाई अध्याँरोमा राखिछाड्न रमाउने लाटोकोसेरो प्रवृत्ति नेताहरूले त्यागून्।