राष्ट्रिय सरकार आवश्यक
२९ वैशाख २०६६
•
७ मिनेट पाठ
राष्ट्रिय सरकार आवश्यक
यसअघि आफ्नो नेतृत्वको सरकार संकटमा परेको बेला नैतिकताको पर्वाह नगरी सत्ता जोगाउन थुप्रै कसरत भएका थिए । यस पटक पुष्पकमल दाहालले राजीनामा गरेर नैतिकता देखाएका छन् । आवधिक चुनाव हुनु मात्रै लोकतन्त्र होइन । लोकतन्त्रमा मुलुकको नेतृत्व पंक्तिमा लोकतान्त्रिक मूल्य मान्यता आदर्श र नैतिकता व्यक्तिको कि्रयाकलापमा देखिनुपर्छ।




भारत विश्वकै ठूलो लोकतान्त्रिक देश भनिन्छ तर त्यहाँका राजनीतिक दलमा जति अलोकतान्त्रिक प्रवृत्ति विश्व मै नहोला । भारतमनैतिकता पन्छाएर सरकार टिकाउन खुलेआम सांसदको किनबेच हुने गरेको पाइन्छ। लोकसभाको चुनावअघि प्रधानमन्त्री मनमोहन सिंह नेतृत्वको सरकारले संसदमा विश्वास मत प्राप्त गर्न सांसदहरुको खरिद गर् यो । जसलाई त्यहाँका मीडियाले प्रत्यक्ष प्रसारण नै गरिदिए । नैतिकताहीन नेताको क्रियाकलाप जनताले प्रत्यक्ष हेरिरहेका थिए ।
भारतमा लोकतान्त्रिक मूल्य मान्यतासंग हुने गरेको उपहासको अनुसरण नेपालमा नहुने कुरै भएन । आखिर यहाँका नेताहरुको आदर्श भनेकै भारतीय नेता जो हुन् । उतैबाट प्रशिक्षित भएको अवस्थामा उताभन्दा फरक कार्यशैलीको आपेक्षा पनि त गर्न मिल्दैन । यहाँको नेताको आदर्शमा अमेरिकाको प्रथम अस्वेत राष्ट्रपति बराक ओबामा तथा दक्षिण अफि्रका नेल्सन मण्डेलाजस्ता व्यक्तित्व कहाँ पर्न सक्नु र !

नेपाली राजनीतिमा उमेरले सबैभन्दा पाका व्यक्तित्व गिरिजाबाबु नै हुन् । तर विडम्बना उनमा विचार त्याग र आदर्शको परिपक्वता देखिएन । देश र जनताका लागी गिरिजाबाबुले केही गर्दै नगरेका होइनन् । केही राम्रा काम पनि गरेका छन् उजसबाट उनलाई सम्झिन सकिन्छ । तर उनीबाट जति अपेक्षा गरिएको थियो त्यो पूरा भएन । संविधानसभाको निर्वाचनपछि नयाँ सरकार गठनताका गिरिजाबाबुले मानेको भए अमेरिकाको जस्तो कार्यकारणी राष्ट्रपतीय शासन प्रणाली नेपालमा पनि हुने थियो । माओवादी सरकारको प्रतिपक्षमा बसेर उनले अर्को गल्ती गरे । अझ सरकार गठनताका देखि नै सरकार संचालनमा विभिन्न अवरोध खडा गरिरहे । एमालेले त झन् गठबन्धन सरकारको महत्वपूर्ण दोश्रो ठूलो घटक भएर पनि प्रतिपक्षीको भूमिका निर्वाह गरिरह्यो ।

माओवादीका पनि थुप्रै गल्ती कमीकमजोरी छन् । माओवादी नेताले शान्ति प्रकि्रयाका कुरा गरे तर कार्यकर्ता भने हिंसा कै पथमा हिँडिरहे । वीरेन्द्र साह रामहरि श्रेष्ठ र प्रचण्ड थैवलगायतको हत्या त्यसैका उदाहरण हुन् । माओवादीले सरकारमा बसेर पनि एक पछि अकोर्ं गल्ती गरिरहे । आफ्नै कार्यकर्ताद्वारा शान्ति प्रकि्रया अवरुद्ध हुदाँ पनि कारवाही गरिएन । झन् बचाउने कार्य भए । आवेगका आधारमा गरेका हचुवा निर्णयहरु एकपछि अर्को फिर्ता लिनुपर् यो । सरकार आलोचित हुनुको कारण यिनै हुन् । माओवादीले जनभावनाअनुरुप काम गर्न नसक्नुको कारण अन्य दलहरुको व्यवधान पनि थियो । तर त्यसरी भनेर माओवादी जिम्मेवारीबाट पन्छिन पाउँदैन।

चुनाव अघि र पछि सोचे जस्तो शान्ति प्रक्रियामा मुलुक अगाडि बढ्न सकेको छैन । राजनीतिक अस्थिरता कायमै छ । बरु दिनप्रतिदिन बढी नै रहेछ । सडक त सरकारभन्दा पनि बलियो देखियो । सानासाना निहुँमा जनताले सडक सास्ती भोग्नु परेकोछ । तर त्यसलाई नियन्त्रण गर्न सकिएन । अर्थतन्त्र अनि उद्योगधन्दा धरासायी भइसके । जनान्दोलनका दोषी उपर कारवाही त परै जाओस् सहिदहरुको सम्मानसमेत हुन सकेन।

बाह्र बुँदे सम्झौतामा टेकेर स्थापित शान्ति प्रक्रिया लगभगअवरुद्ध छ । राजनीतिक दलबीच धु्रवीकरण तीब्र रुपमा बढ्दो छ । दलहरु एक अर्काको वैरी देखिन पुगेका छन् । चुनाव परिणाम पनि सबै मिलेरसँगै जाने नै थियो । तर दलहरु जनादेश बिर्सेर जोडघटाउको राजनीतिमा अल्झिन पुगे । यस्तो चरित्र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नयां संविधान निर्माण तथा जारी शान्ति प्रक्रियाको लागि घातक छ।

यी यावत् समस्या तथा चुनौतीका कारण अनेकौं होलान् तर प्रमुख कारण राष्ट्रिय सरकारको अभाव नै हो । हिजो माओवादी कै नेतृत्वमा कांगे्रससहितको राष्ट्रिय सरकार गठन भएको भए आज यो स्थितिको सामना गर्नुपर्ने थिएन । अझै समय छ । राजनीतिक अंकगणितमा नलागी राष्ट्रिय सहमतिको सरकार गठन गरेर अगाडि बढ्न सकिन्छ । वर्तमान अवस्थाबाट मुक्तिको द्वार नै राष्ट्रिय सरकार हो । तर त्यसको लागि राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्य मान्यता आदर्श र नैतिकताको अनुसरण गर्नैपर्छ । अंकगणितको हिसाबको भरमा नेपालको वर्तमान राजनीति एक कदम पनि अगाडि बढ्नेवाला छैन।
अर्को समाचार
राष्ट्रिय सहमतिको सरकार आवश्यकः खनाल
१८ पौष २०७२
•
२ मिनेट पाठ
राष्ट्रिय सहमतिको सरकार आवश्यकः खनाल
विराटनगर– नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधानलाई कार्यान्वयन गर्न र वाह्य हस्तक्षेपलाई निस्तेज गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।




Jhalanath-Khanal.jpg

उनले देशभरको राजनीति शक्तिलाई एकताबद्ध गर्न पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए।

'चलखेल गर्ने, संविधानलाई कार्यान्वयन हुन नदिने र दलहरुबीच फुट ल्याउने प्रयास भइरहेको छ,' एमालेको कोसी अञ्चल कार्यकर्ता भेलालाई शनिबार विराटनगरमा सम्बोधन गर्दै नेता खनालले भने, 'त्यसैले राष्ट्रिय सहमति अनिवार्य हो, देशभरका शक्तिलाई एकतावद्ध गर्न र बाहिरबाट चालिने गलत कदमबिरुद्ध लड्न पनि राष्ट्रिय सहमतिको सरकार चाहिएको छ।' उनले सबैको अधिकार र भावना समेटिएकाले संविधानको पुनर्लेखन हुनै नसक्ने बताए। उनले संविधानप्रति असन्तुष्टि व्यक्त गर्नु बेतुकको बखेडा भएको समेत उनले बताए । 'लामो समय र छलफलपछि संविधान जारी भएको छ,' नेता खनालले भने, 'संविधान नबुझेर त्यसको बिरोध गर्नु जायज होइन।' नेता खनालले नेपाल छुट्टै देश र मधेस छुट्टै देश भनेर थालिएको बहसमा कुनै दम नरहेको बताए।

उनले २००७ साल यताको राजनीतिक घटनाक्रमको चर्चा गर्दै मुलुक सामु अब दुईवटा मात्र बाटो रहेको बताए। 'एउटा बाटो समाजवादको हो, अर्को पूँजीबादको,' उनले भने, 'हामी कुन बाटोमा हिँड्ने त्यो तय गर्नुपर्छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस