पथरी (मोरङ)- भूकम्पको विपत्तिमा परेका पीडितलाई राहत दिन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले बताएका छन् ।शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष गच्छदारले अगामी १० दिनभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताए । सहमतिको सरकार बनाउँदा अन्य दलले भन्दा पनि काँग्रेस या एमालेले सरकारको नेतृत्व गर्नुपर्ने गच्छदारको भनाइ छ ।
गच्छदारले अब बन्ने सहमतिको सरकारले यो विपद् परेको नागरिकलाई राहतसँगै दुई महिनाभित्र छिटो माध्यमबाट संविधान जारी गर्नेमा समेत जोड दिने बताए ।उनले दलहरुबीच सहमतिमा सरकार बनाई भूकम्पपछिको अवस्थामा उद्धार, राहत र पुनःनिर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । विपत्तिका बेलामा सरकार पछिल्लो सक्रियता सकारात्मक रहेको उनले बताए । रासस