सिन्धुली- नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। 'मुलुकलाई पारदर्शी ढङ्गबाट अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक छ,' सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'प्रधानमन्त्री को हुने भन्ने ठूलो कुरा होइन।'उनले राष्ट्रको नीति तथा कार्यक्रम तथा आयोजना मुख्य कुरा भएको बताए। 'प्रधानमन्त्री को हुने भन्ने कुरामा टाउको नदुखाई दलको हैसियतअनुसार सरकारमा जान सकिन्छ,' उनले भने।
उनले नेपालमा भारतका लागि चीनको कार्ड र चीनका लागि भारतको कार्ड प्रयोग गर्नुपर्ने आवश्यकता नरहेको बताए। उनले नेपालको आफ्नै कार्ड भएको तर्क गरे।
सबै मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध रहेको बताउँदै नेता नेपालले सबै दलहरु मिलेर मुलुक अगाडि बढाउनुपर्ने बताए।
गत वैशाखमा गएको भूकम्पबाट नेपालमा ठूलो जनधनको क्षति भएको बताउँदै उनले भुकम्पपछि धेरै राष्ट्रबाट सहयोग जुटेकाले सरकारले पीडितसामु सहयोग पुर्याठउन सक्नुपर्ने बताए।
संविधानमा कसैले खोट लगाउन नसक्ने उनले दाबी गरे। सबैको चित्त बुझाउन केही समय लाग्छ, त्यो कुनै नौलो कुरा नभएको उनको भनाई थियो।
सरकारको नीति तथा कार्यक्रममा मंसिरमा स्थानीय निकाय निर्वाचन गर्ने लक्ष्य रहेकाले निर्वाचन गर्न कानुनी संरचना सरकारले पूरा गर्न सक्नुपर्ने बताए।