राष्ट्रिय सरकार किन र केका लागि? पुरानै दल, तिनै नेता, त्यही कार्यशैली हुन्छ भने राष्ट्रिय सरकार किन भनी प्रश्न उठ्नु स्वाभाविक हो। देशको पुनर्निर्माण, पुनर्स्थापना, संविधान लेखन, स्थानीय निकायको निर्वाचन र शान्ति कायम गर्न राष्ट्रिय सरकार आवश्यक परेको हो। संविधानतः यो सरकारको आयु ४ वर्षकै हो। एक वर्षमा संविधान निर्माण गरेको भए २०७१ माघसम्म यो सरकार रहन्थ्यो।स्थानीय निकायको निर्वाचन ६ महिनाभित्र गर्ने बाचा पनि यो सरकारबाट पूरा भएन। संविधान सभा नै असफल भइसकेको अवस्थामा संविधान सभाको हैसियतमा संसद्मा रहेका ३१ दलका सदस्यको कार्यकाल तथा सरकारको आयु पनि अन्यथा उल्लेख गरेकोमा बाहेक अझेै संविधानतः झण्डै ३ वर्ष बाँकी नै छ। तर यहीबेला महाभूकम्प आयो र यसले राष्ट्रिय सरकारको परिकल्पना गर्न थालियो।
यस्तो अवस्थाबाट केही सिक्न अन्य मुलुुक तथा नेपालको इतिहास केलाउँदै हिजोका राष्ट्रिय सहमति र अन्तरिम सरकारबारे बुझ्नुपर्ने हुन्छ। दक्षिण अफ्रिकाका नेल्सन मन्डेलाको नेतृत्वको सर्वदलीय अन्तरिम सरकार, पूर्वी टिमोरका अन्तरिम सरकारका प्रधान मन्त्री सर माइकल सामोरको अन्तरिम सरकार, बोलिभियाका इडुराडो रोड्रीजको सर्वदलीय अन्तरिम सरकार, भारतका डा. राजेन्द्र प्रसाद, अम्बेडकर तथा नेतहरुजस्ता राजनेताका कारण संविधान सभाबाटै संविधान आएका हुन्। उनीहरूमा राष्ट्र निर्माणको इच्छाशक्तिका साथै कुशल नेतृत्व क्षमता पनि भएकोले यो कार्य सम्भव भएको हो।
नेपालमा पनि प्रधान मन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम राष्ट्रिय सरकारले प्रजातन्त्रको पुनर्स्थापनापछि २०४७ सालमा दुईवटा कार्यभार लिएर राष्ट्रिय सहमतिको अन्तरिम सरकार गठन भएको थियो। पहिलो, प्रजातान्त्रिक संवैधानिक राजतन्त्रात्मक संविधानको निर्माणर दोस्रो, उक्त संविधानबमोजिम संसद्को निर्वाचन। यी दुवै कार्यभार राजाको हस्तक्ष्ेापकारी भूमिका हुँदाहुँदै पनि कुशलतापूर्वक सम्पन्न भई निर्वाचित प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालालाई सत्ता हस्तान्तरण गरिएको थियो।
२०६३ सालमा गिरिजाप्रसादको सहमतिको अन्तरिम सरकारलाई मूलतः १) संविधान सभाको निर्वाचन सम्पन्न गर्ने, २) द्वन्द्व व्यवस्थापन गरी शान्तिलाई निष्कर्षमा पुर्या उने जिम्मेवारी रहेको थियो। गिरिजाप्रसादको पछाडि फर्केर नहेर्ने स्वभावले राजाले संसद्को पुनर्स्थापना गरेपछि संसद्मा नेकपा माओवादीलाई समेत ८२ सिट सुरक्षित गरी राष्ट्रिय सहमतिको सरकार बनाइएको थियो। दुई पटकसम्म पनि संविधान सभाको निर्वाचनका निम्ति मिति तोकिए पनि काम हुननसकी तेस्रो पटकमा २०६४ साल चैत २८ गते संविधान सभा निर्वाचन भयो। तर माओवादी लडाकुका हतियार व्यवस्थापन र द्वन्द्व व्यवस्थापन दुवै हुनसकेन। यति भएर पनि संविधान सभाको निर्वाचन सम्पन्न भएपछि २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने काम भने संसद्ले गर्यो५। यदि त्यसबेला राष्ट्रिय सहमतिको सरकार नभएको भए राजसंस्थाको अन्त्य हुन सम्भव थिएन। हालसम्म पनि राजसंस्थाले कुनै न कुनै भूमिकामा शासन गरिरहेको हुनसक्थ्यो।
राष्ट्रिय सहमतिको सरकार र वैधताः संविधानतः सामान्य बहुमत प्राप्त दलले सरकार बनाउन पाउने भएकोले हाल नेपाली कांगे्रस र एमालेलगायतका दलबाट संयुक्त सरकार निर्माण भएको हो। यी दुई ठूला दललाई बाहिर राखेर राष्ट्रिय सरकार गठन गर्दा अन्य ३० दलको सामान्य बहुमत नपुग्ने भएकोले त्यसको सम्भावना न्यून छ। सबैभन्दा ठूलो दल कांगे्रसको नेतृत्वमा सरकार बनेकोले यसको वैधतामाथि पनि प्रश्न उठेको अवस्था छैन। अब कांग्रेस वा एमालेको नेतृत्वमा प्रतिपक्षी एमाओवादी र केही मधेसवादी दल सम्मिलित भएर अधिकतम सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउन सकिन्छ। त्यसरी बनेको सरकारमा बलियो प्रतिपक्ष पनि उत्तिकै अपरिहार्य छ। विपद् व्यवस्थापन र संविधानका मूल एजेन्डामा बलियो प्रतिपक्ष भएन भने हालको अवस्थामा सरकारलाई लगाम लगाउन सकिँदैन। यही कारण राष्ट्रिय सरकारको कार्यभारसमेत पूरा हुन सक्दैन।
विपद् व्यवस्थापनको कार्यभारः यो सरकारको मूल एजेन्डा नै २०७२ साल वैशाख १२ र २९ गतेको महाभूकम्पबाट उत्पन्न विपद्को उचित व्यवस्थापन गर्नु हो। विपद् व्यवस्थापनका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाको पुनरवलोकन, सुधार तथा अद्यावधिक गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाउँदै नागरिक सुरक्षा र कानुनी शासनको प्रत्याभूति गर्न अग्रसर हुनुपर्छ। महाभूकम्पबाट सिर्जित विपत्तिको समयमा राज्यबाट प्रवाह हुने सेवा–सुविधाको न्यायोचित वितरण, प्रभावकारी व्यवस्थापन, पारदर्शिता र जवाफदेही कार्यप्रणालीको स्थापना तथा सूचना सेवा व्यवस्थित गर्न–गराउन गतिविधि सञ्चालन हुनुपर्छ। यसका लागि राज्यका सम्पूर्ण निकायसँग सरकारले आवश्यक सहयोग लिएर अगाडि बढ्नुपर्ने हुन्छ।
भूकम्प पीडित तथा प्रभावित क्षेत्रका समुदायका लागि राहत, पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सहयोगका कार्यक्रम तय गर्ने तथा यस प्रक्रियामा नेपाल सरकारका सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय निकाय एवं अन्तराष्ट्रिय समुदायले सक्दो सहयोग लिनुपर्छ। त्यस्ता निकायसँग सहकार्यका निम्ति सरकारको एकद्वार प्रणालीलाई व्यवस्थित एवं पारदर्शी बनाउन दैवीप्रकोप (उद्धार ) ऐन, २०३९ लाई संशोधनसमेत गरिनुपर्छ। यसले कानुनी शासन र जवाफदेही सरकारको संस्थागत विकास हुन मद्दत पुग्छ।
संघीय लोकतान्त्रिक संविधान निर्माणः दोस्रो संविधान सभाको निर्वाचनपछि २०७१ साल माघभित्र संविधान जारी गर्ने भनिएको थियो। तर दलहरूको अदूरदर्शिता र गैरजिम्मेवार सोचका कारण तोकिएको समयमा संविधान जारी हुनु त परको कुरा, मस्यौदासमेत आउन सकेन। महाभूकम्पपछि दलहरूमा अकस्मात राष्ट्र निर्माणको चिन्ता जागृत भएको छ। यो सोचलाई संविधान निर्माणमा समेत उपयोग गरिनु जरुरी छ। संघीयताको सन्दर्भमा ६ देखि १० प्रदेशमा सबै दलको सहमतिको दस्ताबेज तयार गर्न ४ दलका ४ शीर्ष नेतालाइ जिम्मा दिए पनि तत्कालै सबै प्रदेश लागु नगरी क्रमशः २ या ३ प्रदेशबाट आरम्भ गरिनु व्यावहारिक हुनेछ। अन्य प्रदेश चल्नसक्ने–नसक्ने विषयमा व्यापक अध्ययन–अनुसन्धान गर्न एउटा छुट्टै उच्चस्तरीय आयोग गठन गरिनु जरुरी छ।
नामकरणका बारेमा सम्बन्धित प्रदेश सरकार र संसद्लाई दिन प्रायः सबै दल सहमत देखिएका छन्। सीमांकनको हकमा समेत उच्चस्तरीय आयोगलाई एक वर्षजतिको समय दिएर निर्णयमा पुग्न सकिन्छ। संविधानको मस्यौदा तयार गर्न सानो विशेषज्ञ समूह गठन गरी जिम्मा लगााउने र त्यसको मस्यौदालाई संविधान सभा तथा जनतासामु प्रस्तुत गर्न सकिन्छ। र, त्यसलाई संविधान सभाबाट अनुमोदन गरी लागु गर्न सकिन्छ। शासकीय स्वरूपको हकमा कार्यकारी र राष्ट्रप्रमुखबीचको शक्ति सन्तुलनलाई मिलाउनु जरुरी हुन्छ। निर्वाचन प्रणालीको सन्दर्भमा हरेक निर्वाचित अंग वा निकायमा समानुपातिक प्रतिनिधित्व हुनेगरी तय गरिनु आवश्यक छ।
स्थानीय निकाय निर्वाचनः २०४६ सालको राजनीतिक परिवर्तनपश्चात्को लामो समयावधिमा जम्माजम्मी दुईपटक (२०४९ र २०५४ साल) बहुदलीय प्रतिष्पर्धाका आधारमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ। २०५९ असार मसान्तमा दोस्रो पटकको निर्वाचित कार्यकाल समाप्त भएपछि स्थानीय निकायहरू जनप्रतिनिधिविहीन भई सरकारले तोकेका कर्मचारीबाट यो निकाय सञ्चालन भइरहेको छ। स्थानीय निकायका परिषद् तथा कार्यकारिणी दुवै अधिकारको प्रयोग कर्मचारी संयन्त्रबाटै भइरहेको छ। लगभग ८० लाख वालिग मतदाताले विगत १५ वर्षदेखि स्थानीय निकायको निर्वाचनमा सामेल भई जनप्रतिनिधि छान्न पाएका छैनन्। र, निर्वाचित हुने अधिकारको एकपटक पनि प्रयोग गर्न नपाएको स्थिति छ।
पहिलो संविधान सभाको मस्यौदामा राज्यको संघीय ढाँचामा स्थानीय सरकारको नयाँ संरचनाको कल्पना गरिएको थियो। जसअनुसार नयाँ संविधान जारी भएपछि संघीय विधायिकाको निर्वाचन, प्रदेशको स्थापना र प्रदेश सरकार गठन गर्ने, प्रदेश सरकारले स्थानीय सरकारको संख्या र सीमा तथा क्षेत्र निर्धारण गर्न आयोग गठन गर्ने र सो आयोगले एक वर्षभित्र सुझाव दिने उल्लेख छ। तर आयोगको सुझावका आधारमा स्थानीय सरकारको पुनसंरचना गर्ने, निर्वाचनको आवश्यक कानुन तयार पार्ने र स्थानीय निर्वाचन गर्न स्वभाविकरूपमा जाने हो भने स्थानीय निकायको निर्वाचन अरु २० वर्ष कुर्नुपर्ने देखिन्छ।
अतः देशको पुनर्निर्माण, पुनर्स्थापना, संविधान निर्माण, स्थानीय निकायको निर्वाचन र शान्ति सुव्यवस्था कायम गर्न राष्ट्रिय सरकार अपरिहार्य छ। राष्ट्रिय सरकार पूर्ण जवाफदेही, पारदर्शी एवं शक्तिशाली हुन पनि त्यतिकै आवश्यक छ। उक्त कार्यभार पूरा गर्न र राष्ट्रिय सरकारको सफलताका लागि पनि बलियो प्रतिपक्ष आवश्यक छ।