सरकारको गति
०६ वैशाख २०७१
•
१२ मिनेट पाठ
सरकारको गति
प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको गति तीव्र्र भएन भनेर आलोचना हुन थालेको सुनिन्छ। लोकतन्त्रको पक्षधर पुरानो पार्टीको नेतृत्वमा निर्वाचनपछि सरकार गठन हुँदा त्यस मन्त्रिपरिषद्सँग धेरै अपेक्षा रहनु स्वाभाविकै हो।जनताका लागि सहुलियतका कार्यक्रम, दैनिक उपभोग्य वस्तु सुलभ प्राप्यताजस्ता विषयमा जनताको चासो बढी हुन्छ। त्यसमाथि जनतामै पूर्णरूपले निर्भर शक्ति नेपाली कांग्रेसबाट जनमतकै बलमा सरकारमा पुग्दा अपेक्षा पनि बढ्नु स्वाभाविकै हो। यस्ता अपेक्षा पूरा गर्ने गरी सरकारले भने कुनै चमत्कारी वा महत्वपूर्ण निर्णय गर्नसकेको छैन। यस आधारमा कोइराला सरकार सुस्त रहेको टिप्पणी हुनु पनि स्वाभाविकै हो। तर, सरकारको गतिशीलताको सूचक यत्तिमात्र भने हैन। संविधान सभाको निर्वाचनका क्रममा व्यक्त जनमतका आधारमा बनेको सरकारको पहिलो दायित्व पक्कै पनि संविधान निर्माण नै हो। यसैले सरकार आफ्नो महत्वपूर्ण र प्राथमिक दायित्व पूरा गर्ने क्रममा कति क्रियाशील भएको छ भन्ने विषयलाई नै मूलतः सरकारको गतिशीलताको सूचक मान्नुपर्छ ।
नेपालको अहिले पनि संक्रमणकालमै छ। संक्रमणबाट मुलुकलाई अगाडि बढाएर स्थिर सरकार निर्माण गरी जनअपेक्षा सम्बोधन गर्न नयाँ संविधान निर्माण पूर्ववर्ती सरकारहरूको जस्तै कोइराला सरकारको पनि पहिलो दायित्व हो। यही दायित्व वहनमा सरकार कति जिम्मेवार छ र संविधान निर्माणको महत्वपूर्ण दायित्व पूरा गर्न कति अग्रसर छ भन्ने आधारमा नै सरकारको गतिशीलताको मापन गर्नुपर्छ। 
आउँदो वर्ष दिनभित्र संविधान निर्माण गर्ने दायित्वका साथ काम थालेको सरकारले संसद्सँगको समन्वयमा आँउदो माघ महिनामा संविधान जारी गर्ने गरी कार्यतालिका तयार गरेको छ। त्यो कार्यतालिकालाई संसद्मा रहेका सबै दलले समर्थन गरेका छन्। कसैले पनि त्यस कार्यतालिकालाई बढी महत्वाकांक्षी भनेका छैनन् र त्यसलाई अविश्वसनीय पनि मानिएको छैन। प्रतिपक्षीहरु उग्र छैनन्। सरकारमा सहभागी भएका र नभएका सबै दलले संविधान निर्माण प्रक्रियामा आफूलाई समान हिस्सेदार ठानेर त्यस प्रक्रियामा उत्तिकै सक्रिय हुने परिस्थिति बनेको छ। सरकार गठनमा भएको ढिलाइ र मन्त्रालय भागबन्डामा देखिएको असहजतालाई कारण देखाएर कोइरालाको नेतृत्व क्षमता तथा समन्वय कौशलमा प्रश्न गरिएको थियो। केही समय लागे पनि यी समस्या सजिलै सकारात्मकरूपमा टुङ्गोमा पुर्‍याइएका छन्। फटाफट काम गर्ने नाममा हतारिएर परिस्थितिलाई झनै जटिल बन्नबाट जोगाइएको छ। यी कार्यहरूलाई संविधान निर्माणका लागि आवश्यक विश्वासको वातावरण निर्माण गर्ने जगका रूपमा लिन सकिन्छ। विश्वासको अभावमा अघिल्लो संविधान सभामा अत्यन्त तल्लो स्तरको असंसदीय व्यवहार भएको पनि देखिन्थ्यो। अहिले त्यस्तो अवस्था देखिएको छैन। 
अब सरकारले ध्यान दिनुपर्ने अर्को पक्ष संविधानका अन्तर्वस्तुमा दलीय सहमति निर्माण हो। जातीय संघियता र शासकीय स्वरूप नै मूलतः पहिलो संविधानमा टुंगिन नसकेका विषय हुन्। जातीयताका पक्षधरहरू संविधान सभाको निर्वाचनमा जनताबाट अस्वीकृत भइसकेका छन्। जातीयताको रडाको मत्थर भएपछि संघीयताका स्वरुप, संख्याजस्ता अरू विषयमा पनि अब धेरै विवाद नहोला। शासकीय स्वरुप नै पनि सहमतिकै आधारमा अघिल्लो संविधान सभामा लगभग टुंगिएको थियो। संविधान सभामा व्यक्त जनमतका आधारमा कस्तो शासकीय स्वरुपको प्रस्तावकलाई जनताले पत्याए भन्ने पनि हेरेर त्यसलाई अन्तिम टुंगो लगाउने हो भने त्यस विषयमा पनि खासै विवाद हुने अवस्था देखिँदैन। जनमतका आधारमा बनेको सहमतिलाई संस्थागत र व्यवस्थापन गर्ने विषयमा पनि कोइराला नेतृत्व परिपक्व देखिँदैगएको छ। 
सशस्त्र द्वन्द्वको नेतृत्व गरेको माओवादीले ठूलो महत्व दिएको तर आफ्नो नेतृत्वमा २ पटक सरकार बन्दा पनि गठन गर्न नसकेको सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक सरकारले सहमतिमै संसद्मा पुर्‍याएको छ। आयोग गठन गरी द्वन्द्वको घाउमा मलहम लगाउने दिशामा पनि सरकार अग्रसर देखिएको छ। यो प्रक्रिया तथा संविधान निर्माणको तालिकामा नकारात्मक परिस्थिति निर्माण नहोस् भन्नेमा समेत सरकार सचेत देखिएको छ। एनेकपा (माओवादी)ले संसद् अवरुद्ध पार्ने र सडक बन्द गर्ने चेतावनी दिए पनि समस्यालाई बेलैमा सम्बोधन गरी माओवादीलाई त्यस हदमा पुग्नै नदिने कौशल सरकारले देखाएको छ। जघन्य अपराधमा संलग्न रहेकालाई कारबाहीको प्रक्रिया फिर्ता नलिई यो मामिला मिलाउन सक्नु चानचुने उपलब्धि होइन। उता संसद्बाहिर रहेको माओवादी पनि उग्र भएर सडकमा आएको छैन। संविधान निर्माणको तालिका र प्रयासलाई नियालेर बसेको छ। त्यस समूहको पनि नयाँ संविधानमा अपनत्वबोध गराउने प्रतिबद्धता सरकारको नेतृत्वले जनाउँदै आएकाले यो सम्भव भएको हो। यी सबै उदाहरणबाट शक्ति सन्तुलन र सहअस्तित्वको बोध गराउँदै सरकारले कुशल व्यवस्थापन गर्न सकेको नै पुष्टि हुन्छ। 
सरकारको नेतृत्व गर्न थालेपछि पनि पार्टीभित्र खासै चर्को मतभेद नदेखिनु कांग्रेस संगठनका इतिहासमा आश्चर्यको विषय हो। पार्टी सभापति प्रधानमन्त्री भएपछि उपसभापतिलाई कार्यवाहक सभापतिको हैसियत नदिएको सन्दर्भलाई उछालेर पार्टीभित्र विवाद चर्केको देखाउन केही पक्ष लागे पनि त्यसले पार्टीलाई कमजोर बनाउने वा गुटगत समस्यामा अल्झाइरहने अवस्था छैन। ‘पार्टी सभापतिले कार्यवाहक दिने कुरा उहाँ आफँैले जान्ने विषय हो' भन्ने प्रतिक्रिया दिँदै उपसभापति पार्टीको संगठनलाई जीवन्त बनाइराख्न देशव्यापी प्रशिक्षण अभियानमा होमिएका छन्। विभिन्न बहानामा असन्तुष्टि प्रकट गर्दै पार्टी गतिविधिलाई कहिले बहिस्कार गर्ने त कहिल्य निस्त्रि्कय रहने वरिष्ठ नेता पनि उपसभापतिले थालेको पार्टीका कार्यकर्तालाई क्रियाशील राख्ने अभियानमा साथै छन्। कार्यवाहक सभापति नपाएको झोँकले पार्टी गतिविधि निस्त्रि्कय पार्ने अनुमान गरिएका बेला उपसभापतिले देखाएको क्रियाशीलताले पार्टीभित्रका विसंगति र गुटपरस्त प्रवृत्तिलाई कमजोर बनाएर एकताको सन्देश दिएको छ। यसले अहिले कांग्रेसको घर पनि व्यवस्थित बन्दैगएको छ। 
दलहरूबीच विश्वासको वातावरण बनाउने, संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने र शक्ति सन्तुलनका माध्यमबाट असल व्यवस्थापकीय क्षमता देखाउने कार्य कोइराला नेतृत्वको सरकारबाट भएको छ। यसबाहेक आफ्नो पार्टीभित्र पनि सरकारलाई कामै गर्न गाह्रो हुने गरी समस्या आउन नदिने कार्य कांग्रेस नेतृत्वबाट भएको छ। यी नयाँ संविधान निर्माणका लागि आधारभूत र अनिवार्य सर्त हुन्। यसले नयाँ संविधान निर्माणका लागि तयार गरिएको तालिकामा कुनै व्यबधान हुँदैन र समयमै संविधान बन्छ भन्ने विश्वास जगाएको छ। संविधान निर्माणको प्राथमिक दायित्व पूरा गर्ने मामिलामा सरकारको भूमिकामा कुनै सन्देह छैन। तालिकाअनुसार काम गर्न सरकार चुकेको छैन। तालिका अनुसरण गर्दा आइपर्ने सम्भावित जटिलतालाई व्यवस्थित गरेर अगाडि बढ्ने तत्परता र कौशल पनि सरकारले देखाइरहेकै छ। यी सबै कारणले अहिले आत्तिनु पर्ने अवस्था छैन भने आशा गर्ने आधार प्रशस्त छन्। 
सरकार बन्नासाथ ‘राजनीतिक नियुक्ति' खोज्ने र लाभको पदमा बस्ने चाहना राखेका केही ‘काठमाडौं वासी'ले भने सरकारको गति देखेका छैनन्। आफ्नो नियुक्तिमा भएको ढिलाइलाई सरकारको आलोचनाको ‘मसला’ बनाएर प्रचार गर्नेहरुबाट सरकारको गतिशीलतामा प्रश्न उठाइए पनि देशले संक्रमण कालबाट निकास पाओस् भन्ने चाहना राख्नेहरू सरकारसँग निराश भएका छैनन्। कोइराला सरकारको ‘मधुमास काल’ आशालाग्दो देखिएको छ। लक्ष्य प्राप्तिको यात्रामा अगाडि बढाउन भने रचनात्मक सहयोग र सुझाव सधैँ अपेक्षित र उपयोगी हुन्छ।
अर्को समाचार
बजेट कार्यान्वयनको गति बढाउन पहल
०१ मंसिर २०७८
•
४ मिनेट पाठ
बजेट कार्यान्वयनको गति बढाउन पहल
मुस्ताङका कार्यालय प्रमुखहरुसँग छलफल गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालसहितका अर्थ मन्त्रालयको टीम । तस्बिरः सन्देश/नागरिक
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको गति बढाउन पहल शुरु गरेको छ। बजेट कार्यान्वयनको वर्तमान अवस्था बुझ्दै त्यसको गति बढाउन गण्डकी प्रदेश सरकारको अर्थ मन्त्रालयले पहल शुरु गरेको हो।  

जसका लागि प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालको नेतृत्वको टोलीले जिल्ला भ्रमण गर्दै त्यहाँका कार्यालय प्रमुखसँग छलफल गरिरहेका छन्। कांग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धन सरकार अघिल्लो एमाले सरकारले गरेको बजेट खर्च भन्दा यस बढाउने प्रयत्नमा छ। साथै वित्तिय अनुशासनमा पनि कडाई गर्न लागेको स्वयं मन्त्री बरालले बताउने गरेका छन्।  

बजेट कार्यान्वयनको पहिलो चौमासिक सकिन लाग्दा तिहार अघि बागलुङको भ्रमण गरेको यस टोलीले हालै मुस्ताङ र म्याग्दीको पनि भ्रमण गरेको छ। छलफलमा मन्त्री बरालसहितको टोलीले बजेट कार्यान्वयनको अवस्था बुझ्दै बजेट कार्यान्वयनमा देखापरेका समस्याको पहिचान, बजेट कार्यान्वयनका लागि सम्बन्धित कार्यालयबीचको समन्वयको अवस्थाबारे चासो राख्ने गरेका छन्। शुरुमा कार्यालय प्रमुखहरुको रिपोर्टिङ सुन्ने गरेका उनीहरुले अन्तिममा बजेट कार्यान्वयनको गति बढाउन दवाब दिने गरेका छन्। तर वित्तिय अनुशासनलाई भने कडाईका साथ पालना गर्न भनेका छन्।

भ्रमणका क्रममा म्याग्दी र मुस्ताङमा अत्यन्त न्यून मात्रै बजेट कार्यान्वयन भएको अवस्था देखिएको छ। मुस्ताङमा पूर्वाधार विकास कार्यालयले २१.६ प्रतिशत, खानेपानी, जलश्रोत तथा सिंचाइ कार्यालयले १५.३० प्रतिशत, कृषि ज्ञान केन्द्रले ५.४९ प्रतिशत, पशु विज्ञ केन्द्रले ७.०६ प्रतिशत, सामाजिक विकास कार्यालयले १.०४ प्रतिशत र स्वास्थ्य कार्यालयले ७.३४ प्रतिशत बजेट कार्यान्वयन गरेका छन्।  

त्यस्तै म्याग्दीमा पूर्वाधार विकास कार्यालयले ५.६८ प्रतिशत, खानेपानी, जलश्रोत तथा सिंचाइ कार्यालयले ९.१७ प्रतिशत, कृषि ज्ञान केन्द्रले ८.६ प्रतिशत, पशु विज्ञ केन्द्रले ७.४९ प्रतिशत, सामाजिक विकास कार्यालयले १.१० प्रतिशत र स्वास्थ्य कार्यालयले ६.६७ प्रतिशत बजेट कार्यान्वयन भएको छ।

न्यून मात्रै बजेट कार्यान्वयन गरेका कार्यालय प्रमुखहरुले कर्मचारी अभाव, प्रतिकुल मौसम र कोरोनाका कारण बजेट कार्यान्वयन गर्न नसकिएको बताए। उनीहरुले बजेट कार्यान्वयनको गति बढाउने हो भने तत्काल कर्मचारी थप्नुपर्नेमा जोड दिए। सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रामचन्द्र ढुंगानाले भने, ‘कर्मचारी छैन, एक्लो कर्मचारीले के गर्ने, कम्तिमा कर्मचारी त दिनु प¥यो नि।’

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण भुसालले कर्मचारी अभावका बाबजुद बजेट कार्यान्वयन गर्ने प्रयास भइरहेको बताए। ‘हाम्रो श्रोत र साधनले भ्याएसम्म गर्ने प्रयास गरेका छौं, तर एकातिर कोरोना बाधक बनेको छ, अर्कोतिर कर्मचारी अभाव छ, अनि कसरी काम गर्नू ?’ उनले भने। पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष उपाध्यायले पनि बजेट कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए। उनले भने,‘कतै दोहोरो बजेट छ, धेरै टुक्रे बजेट छन्, तैपनि हामीले सकेको काम गरिरहेका छौं।’
अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले वित्तिय अनुशासन कायम गर्दै बजेट कार्यान्वयन प्रभावकारी बनाउन मन्त्रालयले पहल थालेको बताए। ‘पहिलो चौमासिक योजना निर्माण, टेण्डर र सम्झौता गर्ने समय हो, अबको दुई चौमासिक कार्यान्वयनको चरण हो, त्यसैले यसको प्रभावकारी कार्यान्वयन र वित्तिय अनुशासन कायम गर्नका लागि हाम्रो प्रयत्न हो,’ उनले भने।

छलफलमा उठेका विषयलाई ध्यानपूर्वक सुन्ने गरेका अर्थमन्त्री बरालले भने कर्मचारी अभाव वा कोरोनालाई देखाएर बजेट कार्यान्वयन भन्ने छुट नभएको बताए। ‘कर्मचारी अभाव छ थाहा छ, संघ सरकारले नै आफूलाई धेरै कर्मचारी राखेर न्यून मात्रै प्रदेशमा पठाउँदा यस्तो समस्या आएको हो, अब यसलाई लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना गरेर भएपनि कर्मचारी पठाईन्छ तर तपाईंहरुले कर्मचारी अभाव होस् वा कोरोनालाई देखाएर बजेट कार्यान्वयन भएन भनेर उम्किन पाउनु हुन्न।’ उनले हतारमा बजेट ल्याउँदा कहिं दोहोरो त कहिं टुक्रे योजना परेको स्वीकार्दै भने, ‘अहिले जेजस्तो भएपनि बजेट आएको छ, यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन, त्यसैले बजेट कार्यान्वयनको गति बढाउनुस्।’  

केही समस्या भए सचिवलाई सिधै फोन गर्न आग्रह गर्दै उनले थपे, ‘तपाईंहरुको समस्या समाधान गर्न हामी तयार छौं, तर हामीलाई रिजल्ट चाहिन्छ,।’ उनले अघिल्लो वर्षको भन्दा यस वर्षको बजेट खर्च बढाउनुपर्ने दवाब रहेको बताए। ‘कठिनाई छन्, अभाव पनि छ, खटिराख्नु भएको छ तर मुख्य कुरा रिजल्ट नै हो, त्यो दिनेमा हामी विश्वस्त छौं,’ उनले भने। मन्त्रालयले एघार वटै जिल्लामा पुगेर सम्बन्धित जिल्ला कार्यालयका प्रमुखहरुसँग छलफल गर्ने जनाएको छ। केहि दिन पछि नै गोरखा, लमजुङ, तनहुँ लगायतका जिल्ला जाने तयारीमा मन्त्रालय जुटेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस