नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सबैको चित्त बुझाउन गति (गेयर) बढाउनुपर्नेमा जोड दिएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले जनतामा आशाको सञ्चार गर्न नसकेको बताए।
सांसद खतिवडाले सधैं निराशा र कुण्ठामात्र व्यक्त गरेर मुलुकको प्रगति नहुने भन्दै सरकारले नागरिकमा आशा जगाउने काम गर्नुपर्ने धारणा राखे।
“अहिले सरकार जुन गतिमा छ, त्यसले सबैको चित्त बुझेको छैन। अब गेयर परिवर्तन गरेर माथिल्लो गति समात्न जरुरी छ,” उनले भने।
उनले संसद्को हिउँदे अधिवेशन कानून निर्माणमा केही हदसम्म सफल भएको उल्लेख गरे। संसद् अवरुद्ध गरेर बन्धक बनाउने परिपाटी पनि पहिलेभन्दा कम भएको उनको भनाइ छ।
यस्तै, आफू हिन्दु धर्मावलम्बी भए पनि सबैलाई समेट्ने र अटाउने राज्य निर्माणमा जोड दिनुपर्ने उनले बताए। “म हिन्दु धर्म मान्छु, तर सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ। म त्यसको पक्षमा छु,” उनले थपे।
सांसद खतिवडाले पछिल्लो समय राजावादी समूह सक्रिय भएकोप्रति पनि ध्यानाकर्षण गराए। तर, कोही आवेगमा आएको आधारमा सबैले त्यही बाटो समात्न नहुने उनको तर्क छ।