काठमाडौं-सरकारको नीति तथा कार्यक्रम परम्परा धान्नेमात्रै भएको भन्दै यसले अर्थतन्त्रलाई गति दिन नसक्ने अर्थविदहरुले टिप्पणी गरेका छन्। राष्ट्रपति डा. रामवरण यादवले आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। २०६२/०६३ को जनआन्दोलनपछि संसदमा दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत भएको हो।
'नीति तथा कार्यक्रम पुरानै परम्पराको निरन्तरता जस्तो छ। यसले अर्थतन्त्रलाई गति दिन सक्ने देखिँदैन,' अर्थविद डिल्लीराज खनालले नागरिकसँग भने, 'निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने, सरकारको प्राथमिकता सन्तुलनमा राख्ने खालको आउन सकेन।'
ऊर्जा, पूर्वाधार र कृषिका विषय आएका छन्। तर कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने कार्यक्रम आएन। यसमा सन् २०२२ सम्ममा देशलाई विकाशीलको स्तरमा पुर्याउन आर्थिक विकासको ठोस आधारशीला खडा गरिने उल्लेखे छ। यो लक्ष्य आत्मसात गरेर लैजाने ठोस कार्यक्रम आउन नसकेको खनालले बताए। 'अल्पविकसितबाट विकासशीलमा जान दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने गरी नीति आउन सकेको छैन,' उनले भने।
अर्का अर्थविद पोषराज पाण्डेले सन् २०२२ सम्ममा विकासशील मुलुकमा पुर्याउने सरकारी लक्ष्यलाई 'महत्वाकांक्षी र अपरिपक्व निर्णय'को संज्ञा दिए। 'कुनै गृहकार्यबिना हामी विकासशील मुलुकमा पुग्न सक्दैनौं। यो प्राप्त गर्न आजकै दिनदेखि दुई अंकको वृद्धिदर हुनुपर्छ,' उनले नागरिकसँग भने, 'यसका लागि ठूलो लगानी आवश्यक पर्छ।' उनले साढे ६ खर्बको बजेटले देशलाई विकासशीलमा उकाल्ने लक्ष्य राजनीतिक एजेन्डामात्रै हुन सक्ने सम्भावना रहेको बताए।
'हाम्रो प्रतिव्यक्ति आय सात सय १७ अमेरिकी डलर हाराहारीमा छ। यसलाई १७ सय डलर हाराहारी पुर्याउनुपर्छ,' पाण्डेले भने, 'यो अवस्थामा पुर्याउने हैसियत हामीसँग छैन। राजनीतिक आधारमा मात्रै हुन्छ भन्ने हो भने प्रत्युत्पादक हुन्छ।'
सन् २०२२ सम्म नेपाललाई विकासशील मुलुकमा पुर्याउन लगानी १७ खर्ब पुर्याउनुपर्छ। अहिले यो चार खर्ब २७ अर्ब मात्रै छ। यस अवधिमा ९६ खर्ब ९६ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ। राष्ट्रिय योजना आयोगको सन् २०२२ सम्म विकासशील मुलुकमा पुर्याउने आधारपत्रमा समेत यो लगानीका लागि चुनौती रहेको उल्लेख छ। नीति तथा कार्यक्रममा ऊर्जा, पूर्वाधार र कृषिलाई प्राथमिकतामा राखिएको छ। कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाउन सामूहिक, सहकारी र करारखेतीलाई प्रोत्साहन गर्दै कृषि क्रान्ति दशक घोषणा गरेर खाद्यान्नमा आत्मनिर्भर बनाइने उल्लेख छ।
अहिले खेतीका लागि आवश्यक जग्गा नपाउँदा व्यावसायिक कृषि खेती अघि बढ्न सकेको छैन। जग्गा दिँदा मोहीयानी हकको डरलेसमेत पाउन सकिएको छैन। अब करारमा कुनै पनि जग्गा निश्चित अवधिलाई दिन पाइने र यसले व्यावसायिक खेतीमा टेवा पुग्ने अपेक्षा गरिएको छ। अहिले वार्षिक रुपमा एक खर्ब रुपैयाँ हाराहारी कृषि वस्तु आयात भइरहेको छ।
'कृषिमा समेत उत्पादनसँग जोड्ने कार्यक्रम आउन सकेको छैन,' अर्थविद खनालले भने, 'किसानले उत्पादन गरेको वस्तुको बजारीकरणको लागिसमेत पहल गर्नुपर्छ।'
सरकारले ऊर्जा संकट समाधानको लागि 'उज्यालो नेपाल, समृद्ध नेपाल' अभियान अघि बढाउने उल्लेख गरेको छ। हिउँद र बर्खामा बिजुली आपूर्ति र मागमा आउने उतारचढावलाई ध्यानमा राखेर बूढीगण्डकी, नलसिङगाड, आँधीखोला, उत्तरगंगा र नौमुरे जस्ता जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र बूढीगण्डकी आयोजनाको निर्माण थाल्ने उल्लेख छ।
ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान भने यसमा आशावादी छैनन्। 'ऊर्जा क्षेत्रमा कुनै नौलो कार्यक्रम आएको छैन। यसले तीन वर्षमा लोडसेडिङ हटाउँदैन,' उनको प्रतिक्रिया छ, 'सामान्य कार्यक्रम ल्याएर उर्जा संकट समाधान हुँदैन।'
उनले १० वर्षअघिको कार्यक्रम ल्याएर निजी क्षेत्र आकर्षित हुन नसक्ने बताए। कार्यक्रममा ढल्केवर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारणलाइन अर्को वर्ष सम्पन्न गरिने उल्लेख छ। थप दुईवटा अन्तरदेशीय प्रसारणलाइन निर्माण सुरु गर्ने कार्यक्रम छ। नयाँ विद्युत ऐन र विद्युत नियमन आयोग ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने र नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गरी उत्पादन, प्रसारण र वितरणसम्बन्धी कामलाई छुट्याइने बुँदा कार्यक्रममा छ।
'नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने कार्यक्रम १० वर्षअघि आएको हो। यो अहिलेसम्म हुन सकेको छैन,' प्रधानले भने, 'प्राधिकरणलाई राजनीति गर्ने थलो बनाएसम्म केही हुनेवाला छैन।' नीति तथा कार्यक्रममा काठमाडौ–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने उल्लेख छ। सरकारले द्रुतमार्गको ट्र्याक खोलेर निजी क्षेत्रलाई निर्माणको लागि विश्वव्यापी टेन्डरको आह्वान गरे पनि निजी क्षेत्र आएको छैन। सरकार पेट्रोलियम पदार्थ खपत घटाउन द्रुतमार्ग बनाउने निष्कर्षमा पुगेको हो। निजगढमा हुने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने कार्यक्रममा उल्लेख छ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य (नेउवा) महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले निजी क्षेत्रको माग सम्बोधन गर्ने गरी कार्यक्रम आएको प्रतिक्रिया दिँदै यसलाई व्यवहारमा उतार्नुपर्ने बताए।
'रुग्ण उद्योगदेखि आयात प्रतिस्थापनसम्मका कार्यक्रम छन्। हाम्रो भावनालाई सरकारले सम्बोधन गर्ने प्रयास गरेको छ,' उनले भने, 'तर यसलाई व्यवहारमा उतारेर नतिजा ल्याउनुपर्छ।'