राजनीतिक दलहरूबीच असमझदारी र अविश्वास बढ्दै र सहमति, सहकार्य र एकताको सम्भावनाका क्षीण हुँदै गएको छ।
फलस्वरूप मुलुक सङ्कटमा भासिने आशंका प्रबल बन्दैछ। पहिचान, पहु"च र प्रतिनिधित्वका आडमा जाति, क्षेत्र र भाषाका अत्यन्त संवेदनशील मुद्दा उछालिएकाले सामाजिक सौहार्द्र, सहिष्णुता, सद्भाव र एकतामा ह्रास आएको छ, वैमनस्य बढेको छ। विशेषगरी प्रमुख दलका नेताहरू एकअर्काप्रति अत्यन्त असहिष्णु र आक्रामक बन्दै गएकाछन्। विवेक, संयम र उत्तरदायित्व बिर्सेर जिम्मेवार नेताहरू नै यसरी उत्तेजना र आवेशमा आएपछि कार्यकर्ता पंक्तिमा मुठभेड हुनु स्वाभाविकै हो। पोखरा, स्यांजालगायतका घटनामा देखिएको आक्रामक व्यवहार यसैको उदाहरण हो।
संविधान सभाको संरचना र गम्भीर संक्रमणको अवस्थाले मुलुकमा सहमतीय राजनीति अनिवार्य छ। विभाजित राजनीतिले विद्यमान कार्यभार सम्पन्न गर्न नसकिने निश्चित् छ। यतिखेर मुलुकका परिवर्तन पक्षधर सबै शक्ति एउटै डुंगामा सबार छन्। डुंगा डुबे साझा गन्तव्यका सहयात्री कोही पनि बाँच्न सक्दैनन्। यस स्थितिमा सहयात्रीबीच अविश्वास र सन्देह बढाउने आचरण र व्यवहारले राष्ट्रिय लक्ष्य प्राप्ति झन् चुनौतीपूर्ण हु"दै जान्छ।
एकीकृत नेकपा (माओवादी) ले आफ्नो पूर्ण सहयोग नभई संविधान निर्माण हुन नसक्ने भन्दै आएको छ। उस्को यो कथन शत प्रतिशत सही हो। त्यस्तै, अरू दलको सहयोगबिना पनि संविधान निर्माण हुन सक्दैन। यो वस्तुतथ्यलाई माओवादीले पनि आत्मसात् गर्न सक्नुपर्छ। दलहरूबीच सहकार्य नभई संविधान निर्माण कार्य अघि बढ्दैन। त्यसर्थ परस्पर निर्भर शक्तिले असमझदारी र असहमति बढाउने व्यवहारलाई प्रश्रय दिइरहन मिल्दैन। समकालीन राजनीतिक यथार्थले राष्ट्रिय शक्तिहरू सहमतिपूर्वक अघि बढ्नुको विकल्प दिएको छैन। उग्र र असहिष्णु चरित्रको प्रदर्शनले त्यसै पनि तरल राजनीतिक स्थिति थप तनावग्रस्त र जटिल हुन जान्छ।
अब, संविधान सभामा रहेका प्रमुख दलहरू नया"संविधान लेखन कार्यमा एक जुट भएर मुलुकलाई शान्तिपूर्ण र समुन्नत दिशामा उन्मुख गराउनेतर्फ लाग्नुपर्छ। नयाँ"संविधान लेखनमा ठूला दलहरूको अकर्मण्यता र विपरीत मार्गगामी रबैया नेपालको दुर्भाग्य हो। संविधान निर्माण क्रममा आउने अवरोध हटाउन प्रयत्न गर्नुपर्ने दलबाटै जनताको दैनिक जीवन असहज र सरकारलाई गतिहीन तुल्याउने कार्य हुनु विडम्बना नै हो। बढ्दो द्वन्द्व सामाजिक जीवनमा अस्तव्यस्तता र हिंसा फैल्याउने कारक पनि हुन्छ। मुलुकलाई अस्तव्यस्त तुल्याउँदै समाजमा हिंसा फैल्याएर तत्काल अपेक्षित परिणाम प्राप्त भइहाले पनि त्यो टिकाउ हुन सत्तैकन। संविधान निर्माण र शान्ति प्रक्रियामा उत्पन्न गतिरोध राष्ट्रिय सुरक्षाको सर्वाधिक जटिल चुनौती हो। राष्ट्रिय सुरक्षाका लागि जटिल चुनौती खडा गर्न दलहरू अग्रसर हुनु पक्कै पनि बुद्धिमानी होइन। नया" संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दासम्म पछिल्लो जन आन्दोलन र त्यसपछिका युगान्तकारी राजनीतिक उपलब्धि संस्थागत हुन सत्तै्कनन्। दलहरूबीच यस प्रकारको अविश्वास कायमै रहे नयाँ संविधान निर्माण र शान्ति प्रक्रिया भाँड्न चाहने तत्व उत्साहित हुनेछ।
भिन्न विचारधारा र सिद्धान्तका अनुयायी राजनीतिक दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक हो। किन्तु, नया" संविधान निर्माण गरी मुलुकलाई संक्रमणबाट पार लगाउन भने सबै दल एकताबद्ध हुनै पर्छ। यस अवस्थामा संविधान निर्माणलाई राजनीतिक विवादको विषय बनाउनु हुँदैन। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, शान्तिको स्थायित्व र राज्य सञ्चालनको वैधानिक आधारका लागि निश्चित् समयमा संविधान निर्माण हुनैपर्छ। राजनीतिक गतिरोधको निरन्तरताले संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने त छँदैछ राष्ट्रिय सार्वभौमिकता, अखण्डता र एकतामा पनि आ"च आउन सक्छ। त्यसैले संविधान निर्माण र शान्ति प्रक्रियालाई गम्भीर संकटमा पार्ने कार्यमा कोही पनि लाग्नु हुँदैन।
खास गरी ठूला दलहरू सबै द्विविधाबाट मुक्त हुनु पर्छ। वैचारिक अन्योलबीच आन्दोलन र भिडन्तको कार्यनीति अङ्गीकार गर्दा त्यसबाट आफ्नै लागि पनि सुखद परिणाम प्राप्त नहुने निश्चित छ। ऐतिहासिक परिवर्तनको शान्तिपूर्ण प्रक्रियालाई सबैले द्विविधारहित तवरमा स्वीकार्नु पर्दछ। लोकतान्त्रिक गणतन्त्रको अक्षुण्णता, दिगो शान्तिको स्थापना, जनमुखी नयाँ संविधान निर्माण, सामाजिक न्यायको सुनिश्चय र राष्ट्रिय एकताको सम्बर्द्धन नै यतिखेर राष्ट्रका सर्वोपरि प्राथमिकता हुन्। त्यसैले राजनीतिक सङ्कट बढ्न नदिन आ-आफ्नो डम्फु बजाउन छोडेर दलहरू सबैलाई मान्य हुने विकल्पमा राजी हुनु जरुरी छ।
राष्ट्रको प्रमुख सबाल सम्बोधन गनै नसके आफ्नो अस्तित्व र औचित्यमा नै प्रश्न उठ्ने तथ्य सबै राजनीतिक दलले आत्मसात् गर्नुपर्छ। दलहरूको कर्तव्य मुलुकलाई संकटबाट पार लगाउनु हो। कुनै एउटा दलले मात्र मुलुकका सामु विद्यमान बहुआयामिक सालको समाधान गर्न सक्दैन। त्यसैले सहमति र सहकार्यप्रति सत्तासीन मात्र हैन प्रतिपक्षी दल पनि उत्तिकै प्रतिबद्ध हुनुपर्छ। सबै दलहरू सम्प्रभुता सम्पन्न हुन्छन्। आफ्नो सार्वभौमिकता अन्य दलउपर थोपर्ने सोच अधिनायकवादी हो। निर्दिष्ट विधि र प्रक्रियाको अनुशरणले मात्र लोकतन्त्र सबल हुन्छ। त्यसर्थ दलहरूले जनादेशलाई सम्मान गर्दै त्यसलाई संस्थागत तुल्याउने कार्यलाई प्राथमिकता दिनैपर्छ।
(लेखक पूर्व गृहसचिव हुन्।)