काठमाडौं- सांस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले राजनीतिक दलहरूबीचको सहकार्य र सहमति अझै सान्दर्भिक रहेको बताएका छन्। शान्ति र विकासका लागि नागरिक आवाजद्वारा आयोजित 'सहमति र सहकार्य, राष्ट्रका लागि अपरिहार्य' विषयक विचार गोष्ठीमा उहाँले २०५२ सालदेखि २०६२ सम्म चलेको द्वन्द्वपछि शान्ति आएको चर्चा गर्दै शान्तिलाई हरेक क्षेत्रसँग जोड्ने काम सबैले मिलेर गर्नुपर्ने बताए।स्टिल व्यवसायी महासंघका उपाध्यक्ष मोहन कटुवालले देश र समाजका लागि आफ्नो क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिको कदर हुनुपर्ने बताए। आफ्नो स्वागत मन्तव्यमा नागरिक आवाजका अध्यक्ष रामचन्द्र पोखरेलले देशका लागि विशिष्ट योगदान गर्नेको कदर राज्यबाट हुनुपर्छ, तबमात्र चाहेजस्तो सेवा जनतालाई प्राप्त हुने बताए।
कार्यक्रममा मन्त्री श्रेष्ठले समाजसेवा, शिक्षा, पर्यटन र कानुन क्षेत्रसँग आबद्ध २० समाजसेवीलाई सम्मान गरेका थिए। रासस
कार्यक्रममा मन्त्री श्रेष्ठले समाजसेवा, शिक्षा, पर्यटन र कानुन क्षेत्रसँग आबद्ध २० समाजसेवीलाई सम्मान गरेका थिए। रासस