हेटौँडा, वैशाख १९- नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी जेठ १४ गतेभित्र सर्वमान्य हुने नयाँ संविधान घोषणा गर्न अहिले राष्ट्रिय सहमतिको सरकारको भूमिका अपरिहार्य जरुरी भएको बताएका छन्।
वरिष्ठ नेता नेपालले १२३औँ मे दिवसका उपलक्ष्यमा नेकपा (एमाले) नारायणी अञ्चल कमिटीद्वारा आज हेटौँडामा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै नयाँ संविधानमा जातीय आधारमा सङ्घीयताको स्थान दिन नहुने पक्षमा रहेको चर्चा गर्दै सबै नेपालीको धर्म, संस्कृति, भेषभुषालाई आत्मसात गरी एकसूत्रमा बाँध्न सकिने संविधान हामीलाई चाहिएको बताए।
उनले एकनेकपा (माओवादी) ले अझै पनि मुलुकमा संवैधानिक राजनीतिक बाटोभन्दा लडाकु र हतियारको मोहले राष्ट्रमा सैनिक शक्ति प्रदर्शन गर्न खोजेको आरोप लगाए।
सो अवसरमा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले राष्ट्रमा अब स्थायी शान्तिको मार्गलाई अवरुद्ध हुन नदिन प्रमुख राजनीतिक दलहरुको एकमत हुनैपर्ने बताए। रासस