किरण पुन, काठमाडौं, असार १७- माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सहमतीय सरकार अपरिहार्य भएको बताएका छन्।
भट्टराईले नागरिकसित भने, ‘यो वा त्यो पार्टी, यो व्यक्ति त्यो व्यक्ति भन्ने होइन सबै दलसँग सहमति गरे जाने हो।' सहमति नजुटेर दुई वर्ष त्यसै खेर गएको भन्दै बाँकी एक वर्षमा संविधान निर्माण र शान्तिप्रक्रिया टुंगो लगाउन पनि माओवादी नेतृत्व आवश्यक भएको भट्टराईले बताए। कांग्रेसको राष्ट्रपति, एमाले सभामुख भएपछि माओवादीले सरकार नेतृत्व पाउनु स्वभाविक भएको उनको तर्क छ।
स्थायी समिति सदस्य वर्षमान पुनले ‘शान्ति र संविधान निर्माण सुनिश्चित गर्न दाहालको नेतृत्वमा सरकार बनाउने' बताए। ठूलो दलको अध्यक्ष दाहालले नेतृत्व गरे शान्ति र संविधान निर्माण सहज हुने दावी उनले गरेका छन्।
‘सेना समायोजन, संविधान लेखनका लागि प्रचण्ड को नेतृत्व नै आवश्यक छ,' पुनले भने। शान्ति प्रकृयाको थालनीदेखि अध्यक्ष दाहालले नेतृत्व गरिरहेकाले उनलाई नै प्रधानमन्त्री बनाउन जरुरी भएको तर्क उनको छ।
महाधिबेसनअघि कांग्रेसले सरकार नेतृत्वको मनस्थितीमा नदेखिएकाले राष्ट्रिय सहमति सरकार बन्ने संभावना रहेको उनको तर्क थियो।
संसदीय मान्यताअनुसार दलको नेता नै प्रधानमन्त्री हुनुपर्ने तथ्यलाई उनले स्मरण गराएका छन्। संसदीय दल नेताबाहेकले नेतृत्व गर्दा एमाले सरकारमा समस्या आएको ताजा उदाहरण उनले दिए। त्यतिमात्र हैन पार्टी नेता र प्रधानमन्त्री भिन्न व्यक्ति हुँदा काँग्रेस फुटेकाले पनि प्रधानमन्त्रीको लागि दाहाल एकमात्र उम्मेदवार भएको उनको जिकिर छ।
पुनले केन्द्रीय समितिले दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय यथावत रहेको भन्दै अध्यक्षको विकल्प खुला नगरेकोसमेत दाबी गरे। उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईको ‘दाहालको विकल्प खुला पोलिट्ब्युरो बैठकका सार' भन्ने भनाई निजी विचार भएको उनको तर्क छ।
यसै साता सम्पन्न पोलिट्ब्युरो बैठकले सहमतीय नभए बहुमतीयमा भए पनि जान तयार हुने निर्णय गरेको छ। भट्टराईले बहुमतीय पनि नभए माओवादी प्रतिपक्षमा बस्छ भन्ने प्रश्नको जबाफ दिदै अहिल्यै त्यतातिर जान नहुने बताए। उनले भने, ‘विपक्षीमा बस्ने कुरा नसोचौं। जिम्मेवार र अहिलेको आवश्यकताअनुसार पनि सहमति गरेर जाने हो।'
उपाध्यक्ष मोहन वैद्य निकट पोलिट्ब्युरो सदस्य कुलप्रसाद केसीले सेना समायोजनलगायतका शान्तिप्रक्रियालाई टुंगो लाउन र संविधान लेख्ने अग्रगामी एजेन्डालाई सहमतिको मियो बनाउनुपर्ने बताए। ‘एक वर्षयताको राजनीतिक समीक्षा, लोकतन्त्र र राजनीतिक मुद्दा सम्बोधन गर्ने गरी सहमति गरेमात्र शान्ति र सविधान संभव हुन्छ,' उनले भने, ‘घोर दक्षिपन्थीसितको गठबन्धनले हुँदैन। दलाल, एजेन्ट, नोकरशाहीलाई बाहिर राख्नुपर्छ।' उनले पार्टीको नेतृत्वमा सरकार बन्ने राजनीतिक सहमतिको मुद्दा तय भएपछि मात्र कसको नेतृत्वमा जाने भन्ने विषय टुंगो लाग्ने तर्क गरे।
अध्यक्ष दाहालको नेतृत्वमा सहमति बन्न नसके माओवादीले विकल्प उभ्याएर पनि सरकार बनाउन प्रयास गर्ने छ। स्रोतका अनुसार अध्यक्ष दाहालले ‘आफै प्रधानमन्त्री बन्छु' भनेपछि उनको विकल्पमा कोही नेता उभिने सम्भावना छैन दाहालको यै मनासय बुझेर पोलिट्ब्युरो बैठकमा उपाध्यक्ष बाबुराम भट्टराईले ‘म नै जानुपर्छ भन्ने होइन, महासचिव थापा र स्थायी समिति सदस्य कृष्णबहादुर महरा हुनुहुन्छ, अध्यक्ष आफू नै जान्छु भन्न नहुने' भनेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार विकल्पको खोजी भए त्यसको सूची लामै हुने सम्भावना छ।
पदाधिकारीबाट उपाध्यक्ष मोहन बैद्यले दाबी गर्ने छैनन् तर उपाध्यक्ष भट्टराईसँगै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि दाबी गर्ने सम्भावना छ। स्रोतले भन्यो, ‘विकल्पको नेताको सूची लम्बिएर कृष्णबहादुर महरा हुँदै वर्षमान पुन र नेत्रविक्रम चन्दसम्म पनि पुग्न सक्छ।'