बाबुराम/नारायणकाजी : कसले मार्ला बाजी
११ कार्तिक २०७४
•
८ मिनेट पाठ
बाबुराम/नारायणकाजी : कसले मार्ला बाजी
बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ ।
गोरखा – कुनै बेला एउटै पार्टीभित्र समान हैसियतमा काम गरेका दुई नेताबीच चुनावी प्रतिसप्रर्धा हुने भएपछि गोरखा–२ अहिले चर्चामा छ । माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका डाक्टर बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठबीचको चुनावी भिडन्तलाई चौतर्फी रुपमा रोमाञ्चक तरिकाले लिइएको छ । कांग्रेसको आडमा उम्मेदवार बनेका भट्टराई र एमालेसँग साथ लागेका श्रेष्ठ स्थानीय तहमा पाएको मतान्तरको जोडघटाउ मिलाएर जित्ने दाउमा छन्। 

अघिल्लो संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखा अहिले २ क्षेत्रमा खुम्चिएको छ । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए । २०७० को निर्वाचनमा उनी गोरखा–१ बाट विजयी भएका थिए । नयाँ शक्ति पार्टी खोलेर माओवादी छाडेपछि उनको सांसद पद गुमेको थियो । यसबाट केही मतदाताले निराशासँगै चिन्ता व्यक्त गरेका थिए । अहिले गोरखा २ संसदीय क्षेत्रमा विभाजित छ । पहिले २ नम्बर सबै ओगटेको क्षेत्र अहिले पनि २ भित्रै छ । १ नम्बरको केही भूगोल २ मा थपिएको छ । ३ नम्बरका अधिकांस क्षेत्र १ मा गाभिएका छन्। 

स्थानीय तह निर्वाचनको मताधारलाई हेरेर अहिले दुवै नेता आफूले सहजै जित्ने दाबी गरिरहेका छन् । भट्टराईले पार्टी छाडेपछि माओवादीलाई गोरखाको स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भट्टराई साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुई तह मात्रै जित्यो । भट्टराई साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल गर्‍यो। अधिकांश तहमा माओवादी र नयाँ शक्तिको मत एकै ठाउँमा राख्दा माओवादी नै विजयी हुने देखिन्थ्यो।

कांग्रेसको आडमा उम्मेदवार बनेका भट्टराई र एमालेसँग साथ लागेका श्रेष्ठ स्थानीय तहमा पाएको मतान्तरको जोडघटाउ मिलाएर जित्ने दाउमा छन् ।

स्थानीय तहको नतिजालाई आधार बनाएर गोरखामा भट्टराई र श्रेष्ठ मतान्तर जोडघटाउ गरिरहेका छन् । यहाँका सर्वसाधारणले दुवै शीर्ष नेता एकै ठाउँमा नउठेको भए हुन्थ्यो भन्ने चाहना पनि व्यक्त गर्छन् तर त्यो समय टरिसकेकाले अहिले नेता मतदाता रिझाउनमा लागिसके । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति क्षेत्र नं. २ मा पर्ने पालुङटार नगरपालिकामा क्षेत्रमा तेस्रो स्थानमा छ । उसले माओवादीका उम्मेदवारले भन्दा करिब पाँच सय मत कम पाएको थियो । विजयी बनेका कांग्रेसका उम्मेदवारकोे भन्दा माओवादीका उम्मेदवारको दुई सय मत कम छ । भट्टराई आफैं निर्वाचनमा होमिँदा झन्डै २६ हजार मतदाता रहेको पालुङटारमा स्थानीय तहमा भन्दा धेरै मत आउने आकलन गरिएको छ। 

स्थानीय तहको निर्वाचनमा अहिलेको २ नम्बर क्षेत्रभित्र वाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठबन्धनले पाएको मत एक सय ३२ ले कम छ । भट्टराई यो मतान्तर ठूलो संख्यामा आफूले बढाउने दाबी गर्छन् भने श्रेष्ठ यसले पनि ठूलो अर्थ राख्ने दाबी गर्छन । गोरखा २ मा नेपाली कांग्रेस र नयाँ शक्तिले स्थानीय तह निर्वाचनमा २४ हजार नौ सय ७० मत पाएका थिए । यस्तै वाम गठबन्धनका माओवादी र एमालेले पाएको मत जोड्दा २५ हजार दुई मत हुन्छ । गोरखा–२ मा पालुङटार नगरपालिका, गोरखा नगरपालिकाको ८ देखि १४ वडा, अजिरकोट, सिरान्चोक र सुलिकोट गाउँपालिका पर्छन्। 

श्रेष्ठ पहिलो पटक गोरखाबाट निर्वाचन लड्दै गरेकाले उनलाई भट्टराईसँग प्रतिस्पर्धा गर्न सजिलो छैन तर २०७० को संविधानसभा निर्वाचनमा विजयी भई मन्त्रीसमेत बनेका हितराज पाण्डेले उनलाई साथ दिएका छन् । भट्टराई बाहिरिएर कमजोर महसुस गरेका उनी एमालेसँगको तालमेलले जित्नेमा ढुक्क छन् । कांग्रेसका कार्यकर्ताको मतले माओवादीलाई सजिलै पराजित गर्नेमा भट्टराई पनि ढुक्क देखिन्छन् । यसअघि विजयी भएर अर्थमन्त्री, प्रधानमन्त्री हुँदा गोरखा जिल्लामा र अझै त्यसभित्र पनि गृहक्षेत्र गोरखा–२ मा गरेको लगानीबारे जनतालाई बुझाउनमा भट्टराई सक्रिय भएका छन् । श्रेष्ठले बलियो संगठन र एमाले–माओवादीको पार्टी एकतासम्मको अजेन्डाले कार्यकर्ता र जनतामा खुसी ल्याएको भन्दै जित्ने दाबी गर्छन् । आउँदो निर्वाचनमा भट्टराईको व्यक्तित्वको प्रभाव रहन सक्ने केहीको विश्लेषण छ । गठबन्धन घोषणा गरेको साता नबित्दै वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग तालमेल गरेको भनी भट्टराईको आलोचना गर्नेको जमात पनि बाक्लै छ। 

सिरान्चोक गाउँपालिका जौबारी घर भएका श्रेष्ठले जित्ने आधार स्थानीय तहको मतान्तरलाई मानेका छन् । क्षेत्र निर्धारण गर्दादेखि नै उनले क्षेत्र नम्बर २ मा माओवादीको आधार बलियो देखिएको ठाउँ समावेश गर्न दबाब दिएको खबर बाहिर आएको थियो । माओवादीले उक्त क्षेत्रको सुलिकोट गाउँपालिकामा फराकिलो मतान्तरले जितेको छ । झन्डै ८ सय मतान्तर रहेको उक्त ठाउँ र जौबारीस्थित आफ्नो आधार इलाकाबाट भोट बढाउने दाउमा श्रेष्ठ छन् । उनले पालुङटार केन्द्रित रहेर भोट बढाउने योजना बुनेका छन् भने भट्टराई सुलिकोट, सिरान्चोक र अजिकोट क्षेत्रमा मतदाता रिझाउन जुट्ने तयारीमा छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस