प्रतिक्रान्तिको खतरा
११ वैशाख २०६९
•
७ मिनेट पाठ
प्रतिक्रान्तिको खतरा
भनिन्छ, जनताद्वारा, जनताका लागि, जनताबाट गरिने, शासन प्रणाली लोकतन्त्र हो। तर, विश्व राजनीतिक रंगमञ्चमा त्यही लोकतन्त्रको आड लिएर निरंकुश या प्रतिक्रान्तिको अभ्यास भएका उदाहरण धेरै छन्। विशेषतः तेस्रो विश्वका मुलुकहरुमा। नेपालको सन्दर्भमा भन्नुपर्दा लोकतन्त्र (प्रजातन्त्र) स्थापनासँगै प्रतिक्रान्ति र निरंकुशताको अभ्यास धेरै पटक भए। नाम लोकतन्त्रको दिने तर जनहितसँग सम्बन्धित मुद्दालाई सम्झौतामा लगेर सिध्याउने। थोरै व्यक्तिले लोकतन्त्रको स्वाद चाख्ने, त्यही लोकतन्त्रको आवरणमा पुनः प्रतिक्रान्ति निम्त्याउने प्रवृत्ति देखियो।

'जनता जागे भने जस्तोसुकै निरंकुश शासन ढाल्न सक्छन्' भन्ने विश्वव्यापी मान्यता दोहोर्‍याउन आवश्यक छैन। तैपनि नेपालका नेतासमक्ष यो ऐतिहासिक मान्यता जति दोहोर्‍याए पनि पुग्दैन। नेताहरु प्रत्यक्ष राष्ट्रपतीय प्रणालीले निरंकुशता जन्माउँछ भन्दै स्वयं आफूप्रति शंका गर्दैछन्। जनप्रतिनिधिसभाबाट समावेशीसहित बनेको जनपक्षीय मन्त्रिपरिषद्को बहुमतबाट पारित निर्णयलाई कार्यकारी राष्ट्रपतिले आफू सहमत नहुँदा पनि कार्यान्वयन गर्नैपर्छ। नत्र पार्टी सत्तामा हुँदै खत्तरनाक तानाशाही लाद्नेहरुले हायर एन्ड फायर गर्ने अधिकारसहित कार्यकारी अधिकार पाए भने उपेक्षित र उत्पीडित वर्गमाथि के गर्लान्? संविधान निर्माणको जिम्मेवारी पाउनेले यसमा हेक्का राख्न जरुरी छ। कार्यकारी राष्ट्रपतीय शासन प्रणाली तानाशाह हुने तर्क गरेर लोकतन्त्र नामको पोलमा प्रतिगामीका तारहरु बाँध्ने अनि परिवर्तनविरोधी प्रकाश प्रवाह गर्न खोज्ने यथास्थितिवादीले प्रतिक्रान्ति जन्माउने अभ्यास गरिरहेका त छैनन् भन्ने गम्भीर आशंका उत्पन्न भएको छ।
कांग्रेसलगायत पार्टीहरुले जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने प्रणालीबाट किन आत्तिनु पर्‍यो? कांग्रेसलाई राष्ट्रपतिमा लड्नै नपाइने व्यवस्थासहित संविधान बनाउन कसैले प्रयत्न गरिरहेको छ र? कांग्रेस राष्ट्रपतीय प्रणालीले तानाशाह ल्याउँछ भन्दै आफैँप्रति किन शंका गरिरहेको छ? पूर्ण लोकतन्त्र अर्थात् जनता आफैँले प्रत्यक्षरुपमा कार्यकारी चयन गर्ने प्रणालीलाई कांग्रेस-एमालेहरुले केका आधारमा निरंकुश देखिरहेका छन्? यस्तै जनचाहनाविपरीत सोच र चिन्तनले अन्ततः निरंकुशताको 'नक्कली भूत' भित्र प्रतिक्रान्तिको गन्ध फिजाइरहेको छ । होइन भने जनताबाट प्रत्यक्ष निर्वाचित हुने लोकतान्त्रिक प्रणालीलाई निरंकुश ठान्नेहरु प्रतिक्रान्तिकारी नभए के हुन्? कि विगतमा झैँ मुट्ठीभर नेताहरुले प्रतिनिधि चुन्ने नाममा टीके प्रथा अँगालेर गरिएको अभ्यास नै वास्तविक लोकतन्त्र हो?
०६२/६३ सालको जनआन्दोलनसम्म पनि 'गणतन्त्र ल्याउन खोज्नु भनेको पृथ्वी उल्ट्याउने दुस्साहस गर्नुजस्तै हो' भन्नेहरु नै यति बेला चर्को स्वरमा कार्यकारी राष्ट्रपति शासनले निरंकुश वा तानाशाही शासन निम्त्याउँछ भन्दैछन्। कुनै समय थियो, तिनै नेता गणतन्त्र शब्द दिमागमा सोच्नु पनि ठूलो 'दुस्साहस' हुने ठान्थे। कार्यकारी राष्ट्रपतीय प्रणालीले तानाशाह जन्माउँछ भन्नेहरुले के बुझ्न जरुरी छ भने ०६२/६३ सालको जनआन्दोलनताक उपत्यकावरपर माओवादी सेनाले घेरा हालेर बसेको भन्ने सूचना पाएपछि 'अब घेरिने भइयो' भन्ने डरले तत्कालीन राजा ज्ञानेन्द्र पछाडि हट्न बाध्य भएका हुन्।
उता बाह्रबुँदे समझदारीअघिको रत्नपार्कको रेलिङ भाँच्नमै सीमित आन्दोलनबाट राजाले उल्टै लखेटेपछि तत्कालीन पाँच संसद्वादी दलहरु राजधानीकेन्द्रित आन्दोलनबाट काभ्रेतिर सीमित हुनु परेको थियो। धन्न नागरिक समाज र मानवअधिकारवादीहरुले ती दलको इज्जत जोगाइदिएका थिए। कांग्रेस भन्दैछ, 'अहिलेकै शासन प्रणालीलाई सुधार गरे राम्रै हुन्छ।' एमालेचाँहि प्रत्यक्ष प्रधानमन्त्री भन्दै आवश्यक परे लचक हुन सकिने भन्छ। कतातिर लचक हुने भन्ने ऊ स्वयंले निर्णय गर्न सकेको छैन। एमालेको लचकता कार्यकारी राष्ट्रपतीय प्रणालीमा हो कि अहिलेकै संसदीय प्रणालीमा, छुट्टिएको छैन।
भनिन्छ, 'क्रान्ति'को चर्चा जति खुला र व्यापक हुन्छ, 'प्रतिक्रान्ति'को हुँदैन। क्रान्तिको हरेक चरणमा प्रतिक्रान्ति तगारो बनेर आएकै हुन्छ। इतिहास जित्नेहरुको भनिन्छ, तर हार्नुपर्नेले प्राविधिकरुपमा जिते पनि कुनै कालखण्डमा उनीहरु सदाका लागि हारेको इतिहास छ। मुखले क्रान्ति भन्न नछोड्ने तर वर्गीयरुपले प्रतिक्रान्तिको कित्तामा उभिने नेताले अर्को रुपको तानाशाह लाद्ने योजना बुन्दैछन्। यो अर्को खत्तरनाक प्रवृत्तिबाट देशभक्त, परिवर्तनकारी शक्ति सर्तक हुनु जरुरी छ।
माओवादी 'जनयुद्ध' र ०६२/६३ को 'जनक्रान्ति'ले जेजति परिवर्तन ल्यायो, प्रतिक्रान्ति पनि त्यही स्तरमा नदेखिने पाराले आउने खतरा छ। अढाई सय वर्षको राजतन्त्रलाई निरंकुश नदेख्नेहरु अझै फेरिएका छैनन्। 'कार्यकारी राष्ट्र्रपतीय प्रणाली निरंकुश हुन्छ' भन्ने उनीहरुको तर्कले यही पुष्टि गर्छ।
अर्को समाचार
झापा पुगेर दाहालले भने: क्रान्तिको केन्द्र झापा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा छ
१२ फागुन २०८१
•
२ मिनेट पाठ
झापा पुगेर दाहालले भने: क्रान्तिको केन्द्र झापा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो क्रान्तिको केन्द्र रहेको झापा आज प्रतिक्रान्तिको केन्द्र बन्ने खतरोन्मुख रहेको टिप्पणी गरेका छन्। माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा झापामा पुराना कम्युनिस्ट नेतालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। 

‘हिजो क्रान्तिको केन्द्र भएको र आज प्रतिक्रान्तिको केन्द्र हुने खतरा रहेको  झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि तपाईँहरुसँग अपिल गर्न, यहाँको जनतासँग अपिल गर्न आएका छौँ,’ दाहालले भने। तर, उनले यो कसलाई भनेका हुन भनेर प्रस्ट भनेनन्। झापाबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिनिधित्व गर्छन्। पछिल्लो समय दाहाल उनको कटु आलोचना गर्दै आएका छन्। 

दाहालले प्रधानमन्त्री ओलीमाथि प्रतिगमनकारी र लोकतन्त्र विरोधी शक्तिका रूपमा आलोचना गर्छन्। 

यस्तै राजसंस्था फर्काउने भन्दै अभियान चलाइरहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पनि झापाबाटै प्रतिनिधित्व गर्छन्। पछिल्लो समय राप्रपाले राजा फर्काउने भन्दै वर्तमान व्यवस्थाका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको छ। 

यही परिप्रेक्ष्य दाहालले झापा पुगेर क्रान्तिको केन्द्र प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा रहेको भन्दै टिप्पणी गरेको देखिन्छ। 

यस्तै दाहालले झापा विद्रोहका नेताहरूले पछिल्लो समय क्रान्तिको धार छाडिसकेको अर्को टिप्पणी गरेका छन्। दाहाल बोल्नुअघि झापाका पुराना कम्युनिस्ट नेता वेदनिधि निरौलाले झापा विद्रोहको समय सम्झिएका थिए। उनी आफै त्यसका एक पात्र थिए। 

‘त्यति बेला तपाईँहरू लाग्नु बेठिक भो भन्ने होइन, त्यति बेला तपाईँहरूले क्रान्तिकारी धारको खोजी गर्ने क्रममा नै लाग्नुभएको हो,’ वेदनिधिका कुरालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले भने, ‘तर अहिले त्यो धारका नेताहरू वा त्यो सङ्गठन नेतृत्व चाहिँ अहिले पुँजीवादी धारतिर गइसकेको छ। क्रान्तिको धार छोडिसकेको छ।’ 

अब हामीले फेरि नयाँ समाजवादी क्रान्तिको निम्ति फेरि नयाँ ढङ्गले सोच्नुपर्ने बेला भएको दाहालले बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस