काठमाडौँ, असोज २५ - नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले जननिर्वाचित संविधानसभाबाट नयाँ संविधान बन्न नसके मुलुकमा प्रतिक्रान्ति हुने खतरा भएको बताएका छन्। हाल क्रान्तिपछिको सङ्क्रान्तिको अवस्थामा मुलुक रहेकाले लोकतान्त्रिक गणतन्त्रको उपलब्धीलाई संस्थागत गर्न नसकिए प्रतिक्रान्ति हुने उनले बताए।
जनकपुरमा सम्पन्न अनेरास्ववियूको २० औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन पार्टी केन्द्रीय कार्यालयद्वारा आज बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले आगामी जेठ १४ गतेभित्र संविधान बन्न नसके मुलुक संविधान र सरकारविहीन अवस्थामा पुगी भयावह भुङ्ग्रोमा पर्ने खतरा रहेको जनाए।
अध्यक्ष खनालले एमालेले त्यस्तो खतरा आउन नदिन शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको एजेन्डालाई लगातार उठाइरहेकाले पार्टीका सबै अङ्गलाई यस नीतिको कार्यान्वयन गर्न निर्देशन दिए।
उनले पार्टीको बैठकले एकमतका साथ राष्ट्रिय सहमतिको नीति लिई प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बस्दै काँग्रेसका उम्मेदवारलाई फिर्ता लिन आग्रह गरिरहेकोमा पार्टी भित्रैबाट काँग्रेसलाई फिर्ताका लागि दबाब दिनु हुँदैन भनिनुलाई गुटबन्दीको संज्ञा दिए।
त्यस अवसरमा अध्यक्ष खनालले अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष माधव ढुङ्गेलसहिको नेतृत्वलाई टीका र खादा प्रदान गरी बधाई दिए।
एमालेका केन्द्रीय सदस्य तथा विद्यार्थी इञ्चार्ज गोकर्णराज विष्टले अनेरास्ववियुको निर्वाचनमा देखिएको गुटबन्दीबाट आफूलाई दुःख लागेको भन्दै जित्ने पक्षले एकताको भावनाका साथ जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताए।
नवनिर्वाचित अध्यक्ष ढुङ्गेलले निर्वाचनमा संस्थापन र गैर-संस्थापन पक्षको प्रचार गरिनु गलत भएको भन्दै गुटका आधारमा नभई सहयोगीका रुपमा 'प्यानल' बनाइएको उल्लेख गरे।
उनले आफ्नो सङ्गठन एमालेको कार्यकर्ता उत्पादन गर्ने 'नर्सरी' भएकाले यसले सबै नेतालाई समान सम्मान गर्दै पार्टीको नीतिलाई पालना गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। -रासस