सहमति र सहकार्यमा कसैलाई ठेस पुर्याउनुभन्दा आफ्ना धारणाको पक्षमा तान्नसक्ने अध्ययन, इमान, शालीनता र तर्कलाई स्थान दिनुपर्छ। बहस गर्नमै बढी समय गयो, पालो अब निष्कर्षले पाउनुपर्छ।
बाह्रबुँदे सम्झौतायता नेपाली कांग्रेस र एनेकपा (माओवादी) उल्लेख्यरुपले रुपान्तरित भएका छन्। यस महाप्रस्थानको अथक पथिकको हैसियतले नेकपा (एमाले) ले भए, गरेका प्रगति, पहल र अड्चनबारे प्रस्ट्याउन चाहिएजति प्रखरताको आपूर्ति गर्न नसक्दा बेलाबेला बुझाइमा समस्या आउने गरेको छ। सशस्त्र युद्धमा विभिन्डिएको माओवादी मूल धारको सबैभन्दा ठूलो पार्टी हुुनु लोकतन्त्रको सुन्दर भविष्यका लागि सुखद हो। प्रतिस्पर्धी भएकाले यसबाट एमाले र कांग्रेसको स्वार्थ, हैसियत र अस्तित्वमा ठेस लागेको हुनसक्छ तर मुलुक, जनता र लोकतन्त्रको कुभलो भएको छैन। जनमत संग्रहको पराजयले जस्तै संविधानसभा चुनावको पराजयले पनि लोकतन्त्रवादीलाई दीर्घकालीन लाभ प्रदान गरेको छ। आफ्नो दुःखमा हाँस्न सक्नु र जनताको हितमा रमाउन सक्न्ाु जनाधारित राजनीतिको विशिष्ट चरित्र हो।
सत्ता बन्दुकको नालबाट आउँछ, चुनाव लड्ने भएकाले एमाले कम्युनिस्ट होइन, सच्चा कम्युनिस्टले चुनाव जित्नै सक्दैन जस्त्ाा भ्रान्तिहरुबाट 'यु' टर्न मोडिएर माओवादीमा उल्लेखनीय रुपान्तरण आएको छ। नेपाली कांग्रेस पनि अब यथास्थितिवादी रहेन। मधेसवादी मोर्चामा सम्बद्ध दलहरुले संकट लुकाए पनि विभाजनका कारण शक्ति क्षयीकरण भइसकेको छ। राजतन्त्र समाप्त भई मुलुक संंघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेकाले नेपाली जनता अहिले जति अधिकारसम्पन्न इतिहासको कुनै कालखण्डमा थिएनन्। प्रयत्न र अभीष्ट आ-आफ्नै प्रकारका भए पनि निम्निलिखित तथ्यले गर्दा समयमै संविधान बन्ने आधार खडा भएको छ-
कांग्रेसको परिपक्वता
यथास्थितिवादी, पश्चगामी, संंघीयताविरोधी, हिन्दूवादीजस्ता आरोपलाई नेपाली कांग्रेसले १२ बँुदे सम्झौतायता औचित्यहीन साबित गरेको छ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र परिवर्तनलाई आत्मसात् गरिसकेकाले अब नेपाली कांग्रेस समस्याको पोको रहेन। यहाँसम्म आइपुग्दा नेपाली कांग्रेसले आफ्ना मान्यताबाट हात धोएर वामपन्थी, जनजाति, मधेसवादीहरुको भावनालाई कदर गरेको छ। अझै पनि उग्रवामपन्थ, क्षेत्रीय संकीर्णता र जातीय विद्वेषका उपासकहरुले निहुँ खोजेर अराजकता र अनिश्चितताको आगोमा अड्चनको घिउ छर्किन छोडेका छैनन्। प्रकारान्तरले प्रतिगामी शक्तिलाई बल पुर्याउने यस प्रकारको भड्कावपछाडि विदेशी चलखेलले मलजल पुर्याइरहेको त छैन? नेपाली कांग्रेसले लिएको अडानका अगाडि कुनै पनि खाले तिगडम धेरै टिक्न सक्ने देखिँदैन। वामपन्थीहरुसँगको आत्मविश्वासपूर्ण सहकार्यबाट कांग्रेस टसमस हुने लक्षण छैन। उसको यस प्रकारको परिपक्वताले संक्रमणकालको गाँठो फुकाउन महत्वपूर्ण भूमिका खेलेको छ।
माओवादी कटुता
जसले उग्र हुँकार छोड्यो उसैको पछि दौडने गलत परम्पराको क्रमभंंग भएर माओवदीमा कटुता बढ्नुले राजनीतिक परिदृश्य संग्लिएर जाने देखिएको छ। माओवादीमा वैद्य पक्ष बिटुलिनुले जेठ १४ भित्रै संविधान बन्ने आधार खडा भएको छ। अब माओवादी संस्थापन र प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधान छोडेर उग्रवामपन्थी अल्पमत पक्षलाई रोज्ने सम्भावना कमै छ। विद्रोहको बाटो रोज्नेलाई पनि सजिलो छैन। अबको विद्रोहका लागि.अघोषित साँठगाँठ गएर समयमै सेना परिचालन गर्नबाट रोकी विगतमा झैँ खुराक दिने दरबार उपलब्ध छैन। भारतमा माओवादी विद्रोह भुसको आगोझैँ विस्तारित भइसकेकाले दिल्ली दाहिने हुने पनि देखिँदैन। भट्टराईविनाको जनयुद्धले पीके थराकान, एसडी मुनी, प्रकाश करात, सीताराम येँचुरीजस्ता मित्रपंक्ति पाउने छैन। न अखिल भारतीय एकता समाजले भारतको खुला आँगनमा पहिलेजस्तै देउसी, भैलो खेल्ने छुट पाउँछ। माओवादीभित्रको उग्र स्वर विद्रोहभन्दा पनि अवसरको भागबन्डातिर परिलक्षित छ। यस प्रकारको द्वन्द्वले माओवादीलाई संकट थोपर्न सक्ला, देशलाई नोक्सान पर्दैन। माओवादी संस्थापन र वैद्य समूह एउटै ड्याङका मूला होइनन् भने समयमै छिटो र छरितो संविधान लेख्न अनुकूलता थपिएको छ।
एमालेको एकता
संविधानसभामा ६२ प्रतिशत कम्युनिस्ट सभासद् रहेकाले एमालेलाई कि मिल्न नत्र विलिन हुन तयार हुने घुर्की दिँदै माओवादीले सत्ता कब्जा गर्ने र एकदलीय अधिनायकवादी शासनसत्ता स्थापित गर्ने लहड पालेर संक्रमणकालको महत्वपूर्ण कालखण्ड बर्बाद पार्यो। उसले प्रयोग गर्दै आएको आश, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाबाट एमालेको एकतिहाइ हिस्ंसा सुरुदेखि प्रस्ट थियो। अर्को एकतिहाइ हिस्सा संविधानसभाको निर्वाचनको परिणाम आएपछि तन्द्रामै भए पनि झस्कियो र राष्ट्रपति निर्वाचनमा धोका खाएपछि पूर्णरुपले होसमा आयो। बाँकी एकतिहाइको चेत खनाल सरकारको पतनपछि खुल्यो। माओवादीको चरम उपयोगितावादी चरित्र उदांग भएपछि एमालेमा अभूतपूर्व एकता सम्भव भएको छ। यसको अर्थ हो माओवादीलाई बुझ्ने सबालमा आएको प्रस्टता र एकरुपता। एमालेभित्र खेल्न नसकिने माओवादीको निष्कर्षले उसको रुपान्तरणलाई टेवा पुर्याएको छ।
बाह्रबुँदे सम्झौतादेखि नै माओवादी र नेपाली कांग्रेसबीच कुनै विन्दुमा सहमति हुन्छ भने बाधक नहुने शालीन र सुझबुझपूर्ण दृष्टिकोण एमालेको रहँदै आएको छ। सहकार्य र सहयात्रासँग जोडिएर आउने शक्ति सन्तुलन, लेनदेन र भागबन्डाको सबालमा नेताहरुबाट कतै लालच, कतै सुस्तता त कतै अधैर्य प्रस्तुत भएको हुन सक्छ। मूलतः एमाले लोकतन्त्र र रुपान्तरणको रणनीतिक रोडम्याप जनताको बहुदलीय जनवादबाट टसमस कहिलै भएन। वामपन्थीहरुको चरित्र सत्ता कब्जा गर्नु हो, अधिनायकवाद लाद्नु हो, संविधानसभामा दुईतिहाइ वामपन्थी सभासद्हरुको उपस्थिति अपूर्व अवसर हो भनेर नउकासिएको होइन। सत्ता कब्जा गर्ने माओवादीको तन्द्रालाई नै जनादेश ठान्ने भ्रान्तिमा एमालेको एक हिस्सा अलमलिएकाले सेनापति, पशुपति, राष्ट्रपतिदेखि आमहडताललगायत काण्डको जन्म भयो। एमाले अब खेलाइसक्नुको रहेन। एकदुई चुनावमा ठूलो पार्टी भएर जुन पार्टी आए पनि बनाउनुपर्ने पार्टी आफ्नै हो भन्ने पुनर्जागृति आएको छ। यसले जेठ १४ भित्रै संविधान बनाउन सघाउ पुर्याएको छ।
मधेसी मोर्चा र ककसको सकस
जनयुद्धको नाममा.पहाडिया मूलका पूर्व लडाकुहरुले तराईमा प्रत्यक्ष वा परोक्षरुपमा जग्ग्ाा कब्जा गर्ने क्रम उत्कर्षमा पुर्याएपछि व्याप्त असन्तोष मधेस आन्दोलनमा विस्फोट भएको थियो। गणेशमान सिंह, महेन्द्रनारायण निधिदेखि पद्मरत्न तुलाधारसम्मका हस्तीहरुलाई एमाले र कांग्रेसले गरेको अनादरको दुष्परिणाम मधेस र ककसका कुण्ठा भएर प्रकट भएको छ। जनआन्दोलनताक गगन थापाभन्दा दस मिटर पर ईट्टा प्रहार गरेर दमनमा उत्रिएको प्रहरी बललाई हायलकायल पार्ने अखिल र नेविसंघका जनजाति कार्यकर्ताहरु कहाँ गए, धरहरामा चढेर खोज्नुपर्ने अवस्था छ। पार्टी सत्ता र राज्यसत्ता कब्जा गर्न तल्लीन हुँदा ठूला दलका ठूला नेताको ध्यान त्यतापट्टि समयमै नपुगेकाले समस्या चुलिएको हो। अहिले त्यस असन्तुष्टिलाई जोरजम्मा पारेर माओवादीको चलखेलसँग नजानिँदो ढंगले सामीप्य बढाए पनि यो समस्या राष्ट्रको होइन। दलहरुको आन्तरिक समस्या देशमाथि थोपर्नुको औचित्य छैन।
व्यक्तिको संकट गुटमाथि, गुटको स्वार्थ दलमाथि, दलको लहड देशमाथि थोपर्न सधैँभरि सम्भव हुँदैन। मधेसवादी मोर्चा र ककसको सकस यहीँनिर छ। उनीहरु आ-आफ्ना पार्टीभित्र प्र्रतिस्पर्धा, आरक्षण र प्रोत्साहनका लागि न्यायपूर्ण लडाइँ लड्नुपर्छ। त्यो सम्भव नभए संविधानपछिको चुनावमा ठूला दलहरुलाई उत्तर प्रदेशको झट्का दोहोरिने गरी जनमत सिर्जना गर्न स्वतन्त्र छन् तर अहिले मुलुकलाई अनिर्णयको बन्दी बनाउन सक्दैनन्। नैतिकता, तर्क, आवश्यकता र औचित्यले मधेसवादी मोर्चा र ककसलाई पनि सकसमा पारेकै छ। यसमा कसैले चित्त दुखाउनु हुँदैन। हरेक संकटसँगै अवसर पनि आउँछ। भड्ककावले संकट बेहोर्दा मुलुकले केही शताब्दीसम्म टाढिएको शान्ति र संविधान पाउँछ।
अबको बाटो
राजनीतिक परिवर्तनका लागि मात्र नभई आर्थिक क्रान्तिका लागि पनि राष्ट्रिय सहमतिको खाँचो छ। सहकार्य, स्वच्छ प्रतिस्पर्धा, आर्थिक क्रान्ति, सामाजिक न्याय, जनजीविकाको सुनिश्चितता आदि सबालमा २०४६ सालको परिवर्तनपछि जनआन्दोलनकारीहरु सचेत नहुँदा मुलुकले ठूलो हण्डरको सामना गर्नुपरेको घटनाबाट सबैले पाठ सिक्नुपर्छ। सहिष्णुता र गतिशील्ाताविना एक्काइसौँ शताब्दीको सभ्य समाजको अगुवाइ गर्न सम्भव छैन। जनता इशारा बुझ्ने हुनाले कसैले पनि बढी चलाख हुनु भनेको आफूलाई नै कमजोर पार्नु हो। सेना समायोजनपछि अब शासकीय स्वरुपमा अविलम्ब सहमति जुट्नु जरुरी छ। सहमति र सहकार्यको यस महायज्ञमा कसैलाई ठेस पुर्याउनुभन्दा आफ्ना धारणाको पक्षमा तान्न सक्ने अध्ययन, इमान, शालीनता र तर्कलाई स्थान दिनुपर्छ। बहस गर्नमै बढी समय गयो, पालो अब निष्कर्षले पाउनुपर्छ।