काठमाडौं- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान सभा बाहिरबाट सहमति खोज्नुपर्ने बताएका छन्। पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष वैद्यले संविधान सभाबाट संविधान नबन्ने भएकाले बाहिरबाट सहमति खोज्नुपर्ने बताए।'दोस्रो संविधान सभाबाट पनि संविधान बन्दैन,' उनले भने, 'त्यसैले त्योभन्दा बाहिर गएर सहमति खोज्नुपर्छ।' उनले बाहिरबाट भनेको सर्वपक्षीय राजनीतिक सभाबाट सहमति खोज्नुपर्ने स्पष्ट पारे।
'हामीले सर्वपक्षीय राजनीतिक सभाबाट सहमति खोज्नो भनेका हौं,' उनले भने, 'त्यसका लागि राजनीतिक दल तयार हुनुपर्छ।'
उनले राजनीतिक सहमति हुने सम्भावना अझै बाँकी रहेकाले आफूहरु लचक रहेको बताए।
'हामीले सर्वपक्षीय राजनीतिक सभाबाट सहमति खोज्नो भनेका हौं,' उनले भने, 'त्यसका लागि राजनीतिक दल तयार हुनुपर्छ।'
उनले राजनीतिक सहमति हुने सम्भावना अझै बाँकी रहेकाले आफूहरु लचक रहेको बताए।