संविधानमा सहमति
२६ जेष्ठ २०७२
•
६ मिनेट पाठ
संविधानमा सहमति
संविधान सभामा प्रतिनिधित्व गर्ने प्रमुख चार दलबीच संविधानका विभिन्न विषयमा सहमति भएकाले संविधान सभाबाट छिटै नै नयाँ संविधान पारित हुने सम्भावना बढेको छ। संविधान निर्माणसँगै राष्ट्रपति, प्रधानमन्त्रीलगायतका प्रमुख पदहरू पनि परिवर्तन हुने भएकाले सहमति कार्यान्वयन हुने सम्भावना अझ बढाएको देखिन्छ।भूकम्पपछिको अवस्थालाई दृष्टिगत गरेरै भए पनि प्रमुख राजनीतिकहरूले अनावश्यक किचलो छाडेर सहमति गरेका हुन् त्यसलाई सकारात्मक मान्नुपर्छ। सत्ताको खेल त नेपालको राजनीतिको आधारभूत चरित्र नै हो। धेरैपटक सहमतिको घोषणा कार्यान्वयन नहुँदै उल्टिएका उदाहरणले ढुक्क भइहाल्न भने अझै पनि सकिँदैन। अहिलेको सहमतिमा लोकतन्त्रका आधारभूत मान्यताविपरीतका बुँदा समावेश भएको देखिएको छैन। यसैले भावि संविधान अलोकतान्त्रिक नहुने आशा पनि जगाएको छ। भूकम्पपीडित जनतालाई बेलैमा सहायता पुर्यातउन नसके पनि नयाँ संविधान दिने राजनीतिक दलका नेताको प्रयासलाई अन्यथा मान्नु पर्दैन।
अहिले भएको सहमतिका सबैभन्दा महत्वपूर्ण संघीयताको विषयलाई आधा टुंग्याउनु नै हो। प्रदेश विभाजनका लागि पहिचान र सामर्थ्यलाई आधार मान्ने सहमति पहिले नै भइसकेको थियो। यथार्थमा भूगोलबाहेक प्रादेशिक विभाजनको अरू आधार सबै कृत्रिम र परिवर्तनशील नै हुन्छ। सायद, राजनीतिक दलहरूको आग्रह र अडानका कारण जनताका सामु साख जोगाउन कुनै न कुनै बहाना र विषयको आड लिनुपर्ने बाध्यता नेताहरूको थियो। यसैले उनीहरूले प्रदेशको सीमाङ्कन र नामाङ्कन थाती राखेर, राजनीतिक पद्धतिमा एनेकपा (माओवादी) असहमति कायम राखेर र एमाओवादी नेतृत्वको मोर्चा र मधेसी मोर्चाका दलहरूमा असन्तोष उत्पन्न गराएर भए पनि सहमति गर्नुपरेको हुनसक्छ। जेहोस्, अब संविधान निर्माण प्रक्रिया औपचारिकरूपमा संविधान सभामा पुनः सुरु हुनेछ। एमाओवादीलगायतका दलहरूले संविधान सभामा वितण्डा मच्चाउनुभन्दा पहिलेको विन्दुबाट प्रक्रिया अगाडि बढाइनु तर्कसम्मत हुनेछ। 
संविधान सभाको दुई तिहाइ बहुमतले संविधान विधेयक पारित गर्ने व्यवस्था छ। संविधान सभामा वर्तमान सत्ता गठबन्धनकै मात्र पनि दुई तिहाइ बहुमतभन्दा बढी स्थान छ। लोकतान्त्रिक प्रक्रिया अपनाइएको भए सम्भवतः धेरै नै पहिले संविधान पारित भइसक्ने थियो। बुद्धि पुर्याधएर संयमको राजनीति गरिएको भए कांग्रेस र एमालेले छलफलका लागि प्रस्ताव गरेको मस्यौदामै अहिलेको सहमतिअनुरूप हुनेगरी संशोधन हुनसक्थ्यो। तर राजनीतिक नेताहरू दूरदर्शी सिद्ध हुनसकेनन्। यसैले संविधान निर्माणपछि पनि राजनीतिक अस्थिरता कायमै रहने जोखिम छँदैछ। संविधानको घोषणापछि स्थानीय निकायको निर्वाचन रोक्ने बहाना निकै कमजोर हुनेछ। स्थानीय निकायको निर्वाचन भएर त्यहाँ लोकतन्त्रको अभ्यास हुन थाल्यो भने संविधानमा रहेका कमजोरी पनि व्यवहारमा सचिनेछ। 
संविधान निर्माण र सत्ता आरोहणको उत्साहमा पीडित जनताको मर्का बिर्सने जोखिम पनि बढाएको छ। भूकम्पपीडितको उद्धारकै कार्य पूरै सकिएको छैन। अझै पनि कतिपय बस्तीमा बाहिरबाट कोही पुगेको छैन। क्षतिको पूरै विवरण संकलन भएको छैन। सरकारले आकस्मिक सहायता र पुनःस्थापनाको कार्य कसरी गर्ने भन्ने भेउ पाउनै नसकेको भान परेको छ। कर्मचारीतन्त्रले सहायता वितरणलगायतका काममा भाँजो हालेको थुप्रै उदाहरण सार्वजनिक भइसकेको छ।यस्तो अवस्तामा राजनीतिक नेतृत्वको ध्यान पूरै सत्ता परिवर्तनमा केन्द्रित भयो भने पीडितहरू उपेक्षित हुने र तिनले थप पीडा सहनुपर्ने जोखिम बढ्छ। अतः संविधान निर्माणका लागि सोमबार मध्यरातमा भएको सहमतिलाई सकारात्मकरूपमा लिएर नेताहरूलाई बधाई दिँदादिँदै पनि पीडितहरूको कष्टलाई उपेक्षा नगर्न सावधान गराउनुपर्ने देखिन्छ। यस्तै एमाओवादी नेतृत्वको मोर्चा र मधेसी मोर्चाका अधिकांश दलहरू असन्तुष्ट भएका छन्। संख्याका दृष्टिबाट तिनलाई उपेक्षा गर्ने हो भने सहमतिमा आएका दुई दल पनि संख्याका दृष्टिबाट निर्णायक नरहेको स्पष्ट छ। यसैले अबको संविधान पनि लोकतान्त्रिक निर्णय प्रक्रिया अपनाएर पारित गर्नुपर्ने हुन्छ। ठूला दलहरूले दम्भ देखाएर तिनलाई चिड्याउनुभन्दा शिष्टतापूवृक संवादको प्रयास जारी राख्नु बुद्धिमानी हुनेछ। संविधान निर्माण प्रक्रिया अब नरोकियोस्!
अर्को समाचार
परराष्ट्र, सुरक्षा र आर्थिक नीतिमा राष्ट्रिय सहमति आवश्यक : उपेन्द्र यादव
२२ फागुन २०७४
•
४ मिनेट पाठ
परराष्ट्र, सुरक्षा र आर्थिक नीतिमा राष्ट्रिय सहमति आवश्यक : उपेन्द्र यादव
संसद बैठकमा बोल्दै यादव। तस्बिर : दिपेश श्रेष्ठ
काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संरचनागत विभेद रहेको बताएका छन्। संसद बैठकमा बोल्दै यादवले यो देशको लागि हानिकारक हुने बताए। उनले संविधानलाई संशोधन गरेर अघि बढ्नु पर्ने प्रष्ट पारे। ‘संविधानमा रहेका कमिकमजोरीलाई सच्याउँदै सबै समुदायलाई अपनत्व महशुस गर्ने बनाउनु पर्छ’, उनले भने ‘सबैले संविधानमा गर्व गर्ने सक्ने बनाउनु पर्छ।‘

२०४७ सालको संविधानलाई संसारको उत्कृष्ट भनियो यो अहिले कहाँ छ, कसैलाई पत्तो छैन भन्दै प्रश्न गरे। ‘अहिले हामीले पाएको संविधानमा संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण विषय छन्’, उनले भने, ‘तर देशको जनु सांस्कृतिक संरचना छ यसमा अनेक समुदाय छन्। ति समुदायको दृष्टिकोणबाट हेर्दा गम्भिरखालका त्रुटी संविधानमा रहेका छन्।

प्रधानमन्त्रीको विदेश भ्रमणलाई हेरेर जनता पनि त्रशित हुने गरेको बताउँदै यादवले राष्ट्रिय सुरक्षाको कुरा, आर्थिक विकासमा, र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए।

अल्पविकसित देशबाट माथि उकास्न ध्यान दिनु परन्मा यादवले जोड दिए। यसको लागि राष्ट्रिय हितमा राष्ट्रिय सहमति आवश्यक छ भएको उनको भनाई थियो। वैदेशिक सम्वन्धका सम्वन्धमा एकमत हुन जरुरी रहेको बताउँदै यादवले फलानो पार्टीको फलानो नीति छ भन्ने नभई यो देशको नीति हो भन्ने हुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीको विदेश भ्रमणलाई हेरेर जनता पनि त्रशित हुने गरेको बताउँदै यादवले राष्ट्रिय सुरक्षाको कुरा, आर्थिक विकासमा, र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए।

उदारवाद र नीजिकरणले उद्योग धन्दा बन्द भएको बताउँदै उनले कलकारखानलाई सञ्चालनमा ल्याउने र विदेश जाने जनशक्तिलाई यहीँ काम दिन पर्ने धारणा राखे।

विगतको भूमि सुधार नीति भुणी सुधार नीतिमा परिणत भएको बताउँदै उनले नयाँ भूउपयोग नीति ल्याउन जरुरी भएको बताए। कृषि योग्य जमिनलाई बचाउनु अहिलेको आवश्यक भएको यादवले बताए। जलस्रोत, पर्यटनलाई उपयोग गर्ने हो भने गरिबीको अन्त्य हुने उनको धारणा थियो।

विकासको मुल रहस्य शिक्षा भएको बताउँदै हाम्रो शिक्षा क्षेत्र विद्यालयदेखि विश्वविद्यालयसम्म स्तरहिन भएकोले यसको सुधार आवश्यक भएको बताए। स्तरहिन शिक्षणले देश विकास हुन नसक्ने उनको धारणा छ।

देशको मुख्य चुनौति भ्रष्टाचार र कमिशन तन्त्र भएको यादवले बताए। ‘तलदेखि माथी सम्म यो फष्टाएको छ’, उनले भने ‘कलो पैसाको चुनौती छ। आज बजार सरकारको नियन्त्रणमा छैन। बजार राज्यले नियन्त्रण गर्दैन जनताले कसरी राहत पाउने। यसरी कसरी लोककल्याणकारी राज्य आउँछर?’ आयातलाई घटाउने उत्पादन बढाउने र निर्यातलाई बढाउने अवस्थामा कहिले जाने ? उनको प्रश्न थियो।  

‘विदेशबाट यहाँ के आउँछ कसैलाई थाहा हुँदैन’, उनले भने ‘ठूलो ठूलो लगानी हुने तर राज्यलाई थाहा नहुने त्यसमा ठूला नेता र पार्टी पनि जोडिने। यसले राष्ट्रिय एकतालाई बलियो बनाउँदैन।‘
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस