संसद्को उपयुक्त आकार
२१ वैशाख २०६९
•
७ मिनेट पाठ
संसद्को उपयुक्त आकार
हालै प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्ष नेताबीच नयाँ संविधानमा केन्दीय संसद्को तल्लो सदन ३२५ र माथिल्लो ६० सदस्यको बनाउने सहमति भएको समाचारप्रति धेरैको ध्यानाकर्षण भएको छ। नेपालको संसदीय इतिहास हेर्दा २०१५ सालको संविधानमा माथिल्ल्ाो सदनमा ३६ र तल्लोमा १०९ सदस्य, २०४७ सालको संविधानमा २०५ तल्लो सदन र ६० माथिल्लो सदनमा रहेको देखिन्छ। राष्ट्रिय पञ्चायतमा पहिले ९० र पछि १४० जना सदस्य हुने प्रावधान थियो। अहिलेको संविधानसभामा ६०१ जना प्रतिनिधि छन्। तर यो त विशेष परिस्थितिका कारणले हो।




संविधान सभा अन्तर्गत गठित व्यवस्थापिकीय अंगको स्वरूप निर्धारण समितिको मस्यौदा प्रतिवेदनमा केन्द्रमा तल्लो सदनमा १५१ जना प्रतिनिधि (७६ प्रत्यक्ष निर्वाचित र ७५ समानुपातिक) रहने र माथिल्लो सदनमा ५१ जना ( ३८ सदस्य प्रदेशहरूबाट निर्वाचित हुने र १३ केन्द्रीय प्रतिनिधिसभामा प्रतिनिधित्व नभएका समुदायबाट एकल संक्रमणीय प्रणालीबाट निर्वाचित) रहने गरी सिफारिस गरिएको छ। संविधानसभाले प्रारम्भमा गरेको जनमत संकलनमा प्राप्त सुझावमा सरदर ११ जना प्रतिनिधि प्रान्तमा, ५१ जना केन्द्रीय तल्लो सदनमा र ३५ जना माथिल्ल्ाो सदनमा रहनुपर्ने सुझाव प्राप्त भएको देखिन्छ।

दक्षिण एसियाली (सार्क) मुलुकहरूको व्यवस्थापिकाको प्रतिनिधिŒव हेर्दा करिब १ अर्ब १७ करोड जनसंख्या रहेकोमा भारतमा केन्द्रीय संसदको माथिल्ल्ाो सदनमा २५० र तल्ल्ाो सदनमा ५५२ जना सदस्य रहेको देखिन्छ। त्यहाँ तल्ल्ाो सदनमा प्रत्येक सांसदले २१ लाख जनसंख्याको प्रतिनिधित्व गर्छन्। पाकिस्तानमा करिब १७ करोड पैतीस लाख जनसंख्या छ। त्यहाँको १०४ सदस्यीय माथिल्लो सदनलाई केन्द्रीय संसद् मानिन्छ र ३४२ सदस्यीय तल्ल्ाो सदनलाई समग्र प्रान्तको संसद् मानिन्छ। यस अर्थमा माथिल्ल्ाो सदनका एक जना प्रतिनिधिले १७ लाख जनसंख्याको प्रतिनिधित्व गर्छन्। बंगलादेशमा करिब १४ करोड ८७ लाख जनसंख्या रहेकोमा ३०० सदस्यीय एक सदनात्मक संसद्का सदस्यले चार लाख ५७ हजार जनसंख्याको प्रतिनिधित्व गर्छन्। यसैगरी करिब तीन करोड ४४ लाख जनसंख्या र दुई सदन रहेको अफगानिस्तानमा माथिल्लो सदनमा १०२ र तल्लो सदनमा २४९ सदस्य छन्। त्यहाँ तल्लो सदनका प्रतिसदस्यले एक लाख ३८ हजारको प्रतिनिधित्व गर्छन्। श्रीलंकामा करिब २ करोड ९ लाख जनसंख्या छ। त्यहाँको २२५ सदस्यीय एक सदनात्मक संसद्मा प्रति ९३ हजार जनसंख्याको प्रतिनिधित्व एक सांसदले गर्छन्। यसैगरी भुटानमा करिब ७ लाख २६ हजार जनसंख्या र दुई सदनीय संसद्मध्ये माथिल्लो सदनमा २५ र तल्लो सदनमा ५५ सदस्य छन्। त्यहाँ तल्लो सदनका प्रतिसदस्यले १३ हजार दुईसयको प्रतिनिधित्व गर्छन्। करिब ३ लाख १६ हजार जनसंख्या रहेको मालदिप्समा ७७ प्रतिनिधि भएको एक सदनीय संसद् छ। त्यहाँ प्रत्येक सदस्यले ४ हजार १ सय जनाको प्रतिनिधित्व गर्छन्।

माथिको विवरण हेर्दा प्रतिनिधित्व गर्ने जनसंख्यामा ठुलो अन्तर देखिन्छ। साथै संघात्मक प्रणाली अपनाएका मुलुकका सांसद्ले एकात्मक प्रणाली अपनाउनेमा भन्दा बढी जनसंख्याको प्रतिनिधित्व गरेको देखिन्छ। बढी जनसंख्याको प्रतिनिधित्व गराउँदा केन्द्रीय प्रतिनिधित्वको आकार घट्छ। अर्थात्, संसद्को आकार सानो हुन्छ। हाम्रो मुुलुकमा संधीय प्रणाली अपनाइने हुनाले जनसंख्याको उचित प्रतिनिधित्व हुनेगरी मध्यमार्ग अपनाउने हो भने केन्द्रीय संसद्मा प्रति दुई लाख जनसंख्यामा एक सांसद हुनु उचित देखिन्छ। यसबाट केन्द्रीय संसद्को तल्लो सदनमा एक सय ३३ सदस्य हुन्छ। यसैले व्यवस्थापिकीय अंगको स्वरूप निर्धारण समितिको मस्यौदा प्रतिवेदनमा सिफारिस गरेको संख्या १५१ लगभग मिल्दो भएकोले र व्यावहारिक देखिन्छ। यसैगरी विश्वपरिवेश हेर्दा माथिल्लो सदनको सदस्य संख्या तल्लोको औसत एक तिहाइ हुने भएकाले समितिले निर्धारण गरेको केन्द्रीय संसद्को माथिल्लो सदनको संख्या ५१ पनि मनासिबै देखिन्छ।

पार्टी शीर्ष नेतृत्ववीच जम्बो संसद्को सहमति भएको भनिए पनि सबै दलभित्रका अरू नेता र सभासद्ले यसको विरोध गरेका छन्। केन्द्रीय संसद्को आकार बढ्नेबित्तिकै प्रदेशहरूमा पनि विधायिकाको आकार बढ्ने र मुलुकले खर्च धान्ने नसक्ने हुन्छ। संविधान सभाले प्रारम्भमा संकलन गरेको जनमतमा जनता सानो आकारको संसद् चाहेको स्पष्ट भएको छ। एकात्मक शासन प्रणालीमा केन्द्र शक्तिशाली हुनुको साथै बढी कार्यबोझ हुने हुँदा संघीय राज्यका तुलनामा केन्द्रीय व्यवस्थापिकाको आकार ठूलो हुनु स्वभाविकै मान्न सकिन्छ। तर, संघीय शासन व्यवस्थ्ाामा प्रान्तीय विधिनिर्माण तथा सरकार नियन्त्रण प्रान्तीय व्यवस्थापिकाले नै गर्ने हुनाले कार्यबोझ पनि धेरै हुँदैन। यसैले ठूलो आकारको संसद् आवश्यक हुँदैन।
लेखक संसद् सचिवालय उपसचिव हुन् ।
अर्को समाचार
प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा
२२ चैत्र २०७७
•
४ मिनेट पाठ
प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा
प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन्। माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन्।  




यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन्। ‘राजीनामा त माग्यामाग्यै छन् त। मागेपिच्छे कसरी राजीनामा दिन सक्छु रु हरेक दिन राजीनामा माग्या छन्, माग्या छन्। मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु, त्यो पनि लिँदैनन्। राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ ओलीले भने। प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ।

‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन’, समर्थन फिर्ता लिने संकेत गर्दै माओवादी स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित बनेका छन्।

एक सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक निर्माणको शनिबार शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले अहिलेको संसद्मा रहेको अंकगणितलाई परिवर्तन नगरी नहुने बताए। ‘संसद्मा यस्तै हो, कहिलेकाहीं देशको आवश्यकता र संसद्को अंकगणितमा फरक पर्छ। कहिले कृत्रिम ढंगले संसद्को गणित यताउता हुन्छ’, ओलीले भने।  

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै फागुन ११ गते उल्टाइदिएपछि ओलीको ध्यान अर्ली निर्वाचनतर्फ केन्द्रित भएको छ। ‘संसद्को अंकगणितले अनुपयुक्त आकार लिइरहेको छ, उपयुक्त आकार लिने सम्भावना कम छ वा छैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्छ। संसद्लाई देशको आवश्यकताअनुसारको अंकगणितीय बनाउनुपर्छ’, उनले भने।  

प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि जनता समाजावादी पार्टी (जसपा) सँग प्रस्ताव गरे पनि त्यो सार्थक बन्न सकेको छैन। सत्ता सहकार्य कोसँग गर्ने भन्ने विषयमा जसपाभित्र आन्तरिक विवाद भएपछि उसले ओली नेतृत्वको सरकारलाई समर्थन गर्न सकेको छैन। जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र नेता डा। बाबुराम भट्टराई ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने र अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो समर्थन गर्ने कित्तामा देखिएका छन्। 

जसपाभित्रको विवाद, आफ्नै पार्टी एमालेभित्र उत्पन्न विवादका कारण माधव नेपाल पक्ष समानान्तर कमिटी निर्माणमा लागेकाले ओली अप्ठेरोमा परेका छन्। उनी अप्ठेरो फुकाउन तत्काल अर्ली निर्वाचन घोषणा गर्न चाहन्छन्। ‘भरसक संसद्मा म्यानेज गर्न खोज्नुपर्छ। संसद्मा व्यवस्थापन भएन भने ताजा जनादेशमा जानुपर्छ। ढिलोचाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ’, उनले भने।

तर एमालेभित्र नेता नेपाल पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले ‘प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपतका लागि मात्रै भएको टिप्पणी गरेका छन्। ‘अहिले सरकार परिवर्तन सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन, बल जसपासँग छ। जसपाचाहिँ प्रधामन्त्री ओलीसँग सघन संवादमा छ। त्यसैले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन। फेरि त्यही प्रश्न आउँछ, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने, सरकार परिवर्तनको गुन्जायस छैन’, रिजालले भने। सरकार परिवर्तन भए पार्टीभित्रै आन्तरिक संघर्ष गरेर अघि बढ्ने योजनामा नेपाल पक्ष छ।

पौडेल–शर्मा भेटघाट

एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्र स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ। अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच शनिबार दिउँसो भेटवार्ता भएको हो। उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको थियो। विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ। पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस