इटहरी–नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधानमा भएका असन्तुष्टिलाई सार्थक संवादबाट टुग्याउनुको बिकल्प नभएको बताएका छन् । उनले अहिले जारी भएको संविधानमा असन्तुष्ट दल वा समूहलाई सहमति र वार्ताका माध्यामबाट लेनदेनमा लचिलो भएर समस्या समाधान गर्न आग्रह गरे।'संविधानमा केही नेताको जर्वरजस्ती अडानले गर्दा त्रृटि छन,' नयाँ शक्तिका संयोजक भट्टराईले शनिबार इटहरीमा आयोजित रोड सभालाई सम्बोधन गर्दै भने, 'संघीयता प्राप्त भइसकेको छ। अब यसलाई कार्यान्वयन गर्न लाग्नुपर्छ।' उनले संघीयता कार्यान्वयन क्षेत्रीय र जातिय पार्टीबाट सम्भव नभएकाले गर्दा सहभागीलाई नयाँ शक्तिमा गोलबद्ध हुन आग्रह गरे ।
उनले संविधान जारी भएपछि मधेशवादी दलले तराई–मधेशमा गरेको बन्दसँगै भारतीय नाकाबन्दी गरेपनि अहिले त्यसैको बाहनामा मुख्य राजनीतिक दलकै आडमा भ्रष्टचार र कालोबजारी मौलाएकाले त्यसबिरुद्ध लाग्न पनि सम्पूर्णलाई आग्रह गरे।
नेता भट्टराईले पुराना ठूला दल र साना दलले मुलुकलाई समृद्ध र नयाँ ढंगले अघि बढाउन नसक्ने जिकिर गरे । 'काँग्रेसले अब वीपी कोइरालाको नाम भजाएर नयाँ नेपाल बनाउन सक्दैन्। एमाले कम्यूनिष्टको साइनबोड झुन्ड्याउँदैमा जनतालाई परिवर्तन दिन सक्दैन,' उनले भने, 'एकीकृत माओवादी र माओवादीका पार्टीमा भ्रष्टचार मौलाएको त छदैंछ, राष्ट्रघाती कामहरु भइरहेका छन।' उनले मधेसवादी, लिम्बुवानलगायतका क्षेत्रीय र जातीय पार्टी तथा समूहले संघीयता कार्यान्वयन नै गर्न नसक्ने दाबी गरे।
उनले मुलुकमा औपचारिक लोकतन्त्र रहेको भन्दै यसलाई समावेशी र समानुपातिक तथा सहभागितामुलक लोकतन्त्रमा परिणत गर्न नयाँ शक्तिको आवश्कता रहेको दाबी गरे। 'नयाँ शक्ति सारमा बाम र व्यवहारमा लोकतान्त्रिक पार्टी हो,' भट्टराईले भने, 'नेपालमा रहेका कम्यूनिष्ट पार्टीहरु नाम मात्र छन्। काँग्रेससँग कुनै नयाँ विचार र एजेन्डा नै छैन ।'
सभामा नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्यहरु मुमाराम खनाल, केशव दाहाल, डम्बर खतिवडा, पूर्व एआइजी गणेशराज राई, पार्टी परित्याग गरेका राप्रापाका महामन्त्री पर्शुराम खापुङ, राजेन्द्र किरातीलगायतले सम्बोधन गरेका थिए ।