नेपाली कांग्रेसमा नेतात्रय (गणेशमान, गिरिजा र किशुनजी)पछि नेतृत्व संकट उत्पन्न हुनेछ भन्ने धारणा गलत साबित गर्दै नेपाली कांग्रेसको १२औँ महाधिवेशनले सुशील कोइरालालाई सहजरूपमा नेतृत्व हस्तान्तरण गरेको छ। अहिले गणेशमान र गिरिजा हामीबीच हुनुहुन्न भने किसुनजीले केही समयदेखि नै आफूलाई राजनीतिबाट अलग राख्दै आउनु भएको छ।
यस्तो अवस्थामा देशकै पुरानो एवं प्रजातान्त्रिक पार्टीको नेतृत्व कोइरालाले निर्वाचनमार्फत् पाएका छन्। यो अवसर प्राप्त गर्दा उनले विगतमा शंका गरेजस्तै अप्ठेरोको सामना गर्नु परेन तर सभापतिको जिम्मेवारी उनका लागि कम चुनौतीपूर्ण भने हुने छैन।
देशमा प्रजातन्त्र पुनर्स्थापनापछि सुशील कोइरालालाई सधैँ गिरिजाप्रसादसँग जोडिँदै आएको छ। पहिले गणेशमान र त्यसपछि किसुनजीसँगको गिरिजाबाबुको बिग्रदो सम्बन्धको परिणाम कांग्रेस पार्टीका साथै देशले पनि भोग्नु परिरहेको छ। त्यो मतभेद २०५१ सालको मध्यावधि निर्वाचनसम्म कसरी चुलियो भने चुनावपछि 'अन्तरघात' नामको शब्द नेपाली शब्दकोषबाट निस्किएर सुशिलसँग टाँसिन पुगेको थियो। पार्टीभित्र त्यही गुट र उप गुटको स्थितिले त्यतिबेला लख काटिएको थियो - नेतात्रयपछि कांग्रेसको पहिलो ठूलो समस्या नेतृत्वकै हुनेछ।
अहिले स्थिति फेरिएको छ। दश वर्षे माओवादी विद्रोह र त्यसपछि थालिएको शान्ति प्रक्रियालाई गन्तव्यमा पुर्याउने प्रयासमा मुलुक गणतन्त्र भइसकेको छ भने एकीकृत नेकपा (माओवादी) पार्टीका नाममा मुलुकमा नयाँ राजनीतिक शक्तिको उदय भइसकेको छ। नेपाली कांग्रेस फुटेर पनि पुनः एक भएको छ। मुलुकको राजनीतिक परिस्थितिमा व्यापक परिवर्तन आएको छ। मधेस आन्दोलनसँगै कांग्रेस र एमालेले मधेसी कार्यकर्ता र जनाधार धेरै गुमाएका छन्।
कांग्रेसमा १२ औं महाधिवेशनले भावनात्मकरूपमा समेत एकता प्रदान गर्ने अभिव्यक्ति सबै नेताबाट आएको हो। सभापतिमा विजय भएपछि कोइरालाबाट पनि आफूले पार्टीलाई पूर्णरूपमा एक बनाएर लैजाने प्रतिबद्धता आएको छ।
पार्टीभित्र गुट उपगुटको धङधङी मेटाउँदै आफूलाई सबैका नेता र कांग्रेसलाई देशकै ठूलो पार्टीका रूपमा स्थापित गराउने कठिन चुनौती कोइरालामाथि आएको छ। गिरजाप्रसाद कोइरालासँगको निकटता एवं त्यस भूमिकामा उनीबाट भएका क्रियाकलाप पन्छाउने भने सुशील कोइरालाको छवी सिद्धान्तनिष्ठ र इमानदार कार्यकर्ताको छ। तर उनको त्यही इमानदारीलाई नै कतिपय पटक कमजोरीका रूपमा परिभाषित गरिएको छ। विगतमा व्यवहारिक राजनीति गर्न नजान्ने आक्षेप लागेका कोइरालाले पार्टीलाई अगाडि बढाउन आफ्नो सिद्धान्तमा व्यवहारिकतालाई कसरी समावेश गराउनेछन् त्यो हेर्न भने बाँकी नै छ।
देशमा प्रजातन्त्रलाई संस्थागत गर्न पनि नेपाली कांग्रेस मुलुकको सबल राजनीतिक शक्तिका रूपमा स्थापित हुनु आवश्यक छ। नेपालगन्जजस्तो मधेसलाई आफ्नो राजनीतिक कर्मथलो बनाएका कोइरालाले यो अवश्य बुझेकै हुनुपर्छ। आरक्षित कोटामा मधेसी, मुसलमान, दलित र महिलालाई सामेल गर्दैमा पार्टीले समावेशी र राष्ट्रिय स्वरूप हासिल गर्दैन। महन्थ ठाकुर, विजय गच्छेदार र जयप्रकाश गुप्ताजस्ता नेताको पार्टी परित्यागलाई राजनीतिक लोभ र अवसरवादका रूपमा मात्र हेरेर हुँदैन। यस्तो प्रवृत्ति एमाले, राप्रपाजस्ता पार्टीमा पनि देखिएको छ। यसलाई कांग्रेसले गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्छ।
पार्टीमा अहिले नयाँ एवं युवा अनुहार थपिएका छन्। नयाँ पुस्तामा स्वाभाविकरूपमा नयाँ सोच पनि होला र त्यो कांग्रेसको परम्परागत सोच र शैलीसँग पूर्णरूपमा मेल नखाने पनि सक्छ। राष्ट्रियताका प्रश्नमा विगतमा कांग्रेसमाथि प्रश्न उठ्दै आएको थियो। अहिले बीपीको सिद्धान्तबाट पनि पार्टी विमुख हुन थालेको आरोप कांग्रेसी वृत्तबाटै लगाउन थालिएको छ। यी सबै शंका मेटाउँदै पार्टीलाई अगाडि बढाउने चुनौती कोइराला सामु छ।
अहिले नेपाली कांग्रेसको नेतृत्वमा रहेकामध्ये धेरै विद्यार्थी राजनीतिबाट आएका छन्। निरंकुश पञ्चायत कालमा पार्टीगत राजनीतिक गतिविधि प्रतिबन्धित भएकाले कांग्रेसलगायत सबै दललाई संगठन विस्तार गर्न शैक्षिक संस्थाकै भरपर्नु पर्थ्यो। त्यसैले कांग्रेसको संगठन गाँउमा आधारित सकेको थिएन तर प्रजातन्त्रको पुनःस्थापनापछि पनि कांग्रेसले आफ्नो संगठन विस्तारका लागि शैक्षिक क्षेत्रकै सहज मार्गलाई अवलम्बन गरिरह्यो। फलस्वरूप, गाँउमा यसको पकड खुकुलो हुन पुगेको छ।
अहिले सुशीलको शिरमा उनका त्रुटि र कमजोरी ढाक्न गिरिजाप्रसादको छाता छैन। बरु उहाँ आफैँ त्यस स्थानमा पुगेका छन्। त्यस उचाइबाट आफू, आफ्नो दलमात्र नभई नेपालको भविष्य पनि हेर्ने चुनौती उनका सामु छ।