काठमाण्डौं-प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जसरी पनि आउने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान नेपाल ट्रष्टको वार्षिक प्रतिवेदन बुझ्दै कोइरालाले भने, ‘संविधान जसरी पनि आउँछ।’
प्रधानमन्त्री कोइरालाले नेपाल नयाँ चरणमा प्रवेश गरेकाले अब एउटा ब्रेक थ्रु हुने बताए। अब नेपालमा शान्ति र स्थायित्वको वातावरण बनेकाले देश विकासतर्फ अगाडि बढ्ने उनले बताए। ‘लगानीको लागि विदेशीहरु आइरहेका छन्,’ उनले भने, ‘चीन जस्ता मुलुकको विकास पनि विदेशी लगानीबाटै भएको हो। अहिले मात्र चीनले आफ्नो मोडलको विकासको कुरा गर्न थालेको कोइरालाले जिकिर गरे। ‘उनीहरुको मोडलबाट छिटो विकास हुन्छ भने अरु मोडल किन अपनाउने? भन्ने उनीहरुको तर्क रहेछ, उनले भने।
प्रजातन्त्रलाई निषिद्ध गरेर विकास दिगो हुन नसक्ने कोइरालाले बताए। उनले प्रजातान्त्रिक राजनीतिक व्यवस्थामा जनतालाई अधिकार सम्पन्न बनाएर गरिने विकास दिगो हने धारणा राखे।
प्रधानमन्त्रीले नेपालमा पनि बुट(बिओटी), बुट(बिओओटी) र सार्वजनिक निजी साझेदारी (पिपिपी) जस्ता विकासका नयाँ अवधारणा आएको उल्लेख गरे। उनले निजी क्षेत्र र जनसहभागितामा पनि विकासका प्रयास थालिएकोमा सन्तोष व्यक्त गर्दै ८–१० बर्षमा देशको विकासमा कायापलट हुने बताए।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सूचक(सुराकी) हरुलाई केही प्रोत्साहन दिएर भएपनि स्व. राजा बीरेन्द्रका परिवाको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्ट अन्तर्गत ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए। ‘ट्रष्टको स्वामित्वमा आएको सम्पत्तिको पनि सदुपयोग गर्ने कार्ययोजना आवश्यक छ,’ उनले भने। लिजमा जग्गा दिँदा पनि ट्रष्टलाई फाइदा पुग्ने गरी काम गर्नुपर्ने विचार व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। उनले ट्रष्टको सम्पति जनताको शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा लगाउनुपर्ने आवश्यकता पनि औंल्याए।
प्रधानमन्त्री समक्ष नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले आर्थिक बर्ष २०६९/७० को प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रधानमन्त्री कोइरालाले सो प्रति विमोचन गरेका थिए।