काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले पहाड र तराईबीच बढ्दै गएको दुरीले आफू चिन्तित भएको बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनलाईलाई न्युयोर्क भेट्दै कोइरालाले विविधता नेपाली समाजको पहिचान भएको बताए।कोइरालाले भूकम्पको समय भन्दा अहिलेको नाकाबन्दीले नेपाली समाजलाई कठिन अवस्थामा पुर्याएको बताए।
उनले भूकम्पका कारण नेपालको आर्थिक अवस्था सिथिल बनेको बताए। कोइरालाले भूकम्प पछिको पुननिर्माण र पीडितहरुको पुनस्थापनाको काम तिव्ररुपमा अघि बढ्न नसकेको बताए। भर्खर मात्र देशमा देशमा संविधान बनेको बताउँदै उनले यो सुखद पक्ष भएको बताएका थिए।
महासिचव मुनले संविधान निर्माणमा कोइरालाले खेलेको भूमिकाको प्रसंसा गरेका थिए। मुनले सिमाको अवरोधबारे चासो व्यक्त गरेका थिए। उनले पुननिर्माण प्राधिकरणको बारेमा पनि चासो राखेका थिए। महासचिव मुनले प्रजातान्त्रीक प्रर्क्रियाबाट आन्दोलनरतहरुका माग समाधान गर्न समेत सुझाव दिएका छन्।