संविधानसभाको म्याद थपिएपछि राजनीतिक वृत्तमा चर्चा चलेको थियो- अब माधवकुमार नेपालका दिन गन्ती सुरु भयो। साथै, प्रधानमन्त्री पदका लागि दलहरूबीच प्रतिस्पर्धा हुने अनुमान थियो, त्यसबेला।
तर अहिले तीन साता बित्न नपाउँदै नेपालको राजीनामा ओझेलमा पारिएको छ। संविधानसभाको म्याद थप्न मध्यरातमा सहमति गर्ने माओवादी, कांग्रेस र एमालेका नेताहरू साता दिनभित्रै राजनीतिक समीकरण बदलिन्छ भन्दै थिए। अहिले राजनीतिक दलहरू सहमतिको मूल मुद्दाबाट पन्छदै गएका छन्।
प्रमुख राजनीतिक दलका नेताले सहमतिलाई आआफ्नो ढंगले व्याख्या गर्ने र बुझ्ने गरेकोले यस्तो अवस्था आएको हो। एकातिर माधव नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट पेस गर्न हतारिएका देखिन्छन्। त्यसका निम्ति प्रधानमन्त्री सत्ताधारी दलहरूसँग परामर्श गर्दैछन्। अर्कोतर्फ माओवादी सहमति र बहुमतीय पद्धतिको रडाकोमा अल्झिएको छ। नेपाली कांग्रेस दुईवटा कम्युनिस्ट पार्टीको राजनीतिमा रमितेजस्तै देखिएको छ।
संसद्मा दास्रो ठूलो र मुलुकको राजनीतिमा लोकतान्त्रिक शक्तिको मान्यता प्राप्त कांग्रेसले राजनीतिक गाँठो फुकाउन पहल गर्नुपर्थ्यो। तर काग्रेस त अकर्मण्य र अनिर्णायक देखिएको छ। काग्रेसले किन माधव नेपाललाई काँध थापिरहेको हो भन्ने प्रश्नको उत्तर खोज्न ढिला भैसक्यो। गिरिजाप्रसाद कोइरालाका अनुयायी हौँ भन्नेहरूले कम्तीमा ३-४ वर्ष अघिको राजनीतिलाई आँकलन गर्दा धेरै ज्ञानार्जन हुने थियो। गिरिजाप्रसाद कोइरालाले माओवादीलाई पन्छाएका थिएनन् तर उनले एमालेलाई अहिलेका कांग्रेस नेतालेजस्तो च्यापेका पनि थिएनन्। कोइरालाले माओवादी प्रमुख राजनीतिक शक्ति हो भन्ने मान्यता राखेर ऊसँग लेनदेन गर्दै आएका थिए। जीवनको पछिल्लो घडीमा कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सहमतिको राजनीतिलाई अघि बढाएको पनि कांग्रेसले यति चाँडो भुल्न मिल्दैनथ्यो।
राजनीतिक संयन्त्रले त्यसैबेला तयार पारेका ६ बुँदामा अहिले पनि राजनीति अड्किएको छ। तिनमा पनि माओवादी लडाकुको व्यवस्थापन प्रमुख अड्चन बनेको छ। गिरिजाबाबुको उत्तराधिकार दाबी गर्ने सुशील कोइरालाहरूले माओवादीलाई बुझ्न नसक्नु दुर्भाग्य हो। माओवादीलाई बुझ्न र पढ्न माधव नेपालको चस्मा लगाएर हुँदैन। कांग्रेसले आफ्नै दृष्टिकोण बनाउनु आवश्यक हुन्छ। माधव नेपाललाई काँधमा हालेर शान्ति प्रक्रियालाई पछाडि धकेल्ने खेल कांग्रेसले कहिलेसम्म खेलिरहने?
महिनौदेखिका छलफलबाट स्पष्ट भैसक्यो, माओवादी आफ्ना धेरैभन्दा धेरै लडाकुलाई सेनामा समायोजन गर्न चाहन्छ। अहिल्यै संख्या तोक भनेर उसलाई वाध्य पार्ने राजनीति अब त्याग्नुपर्यो। शान्ति संझौताको भावना, समायोजनसम्बन्धी विज्ञहरूको राय र माओवादी चाहनाको संयोजन गरिएमा व्यवस्थापन संभव हुन्छ। कति लडाकु कुन सुरक्षा निकायमा राख्नेरु यो राजनीतिक मामला हो। माओवादी द्वन्द्वका बेलामा ५० हजारबाट लाख पुर्याइएको सेनामा अरू ८-१० हजार थपिएर केही फरक पर्दैन। राजनीतिक नेताले सेनाका जर्नेलको लहैलहैमा लाग्ने होइन। जर्नेलहरूलाई माओवादी लडाकुको व्यवस्थापनका सबालमा वक्तव्यवाजी गर्न रोक्नुपर्छ। माओवादी पनि स्पष्ट हुनुपर्यो - लडाकुको हाउगुजी देखाएर राजनीतिक गतिरोध कायम राख्ने कि राजनीतिक निकासका निम्ति सही भूमिका खेल्ने?
राजनीतिक निकास निकाल्न काग्रेसले तत्काल माओवादीसँग गम्भीरतापूर्वक द्वीपक्षीय वार्ता गर्नुपर्छ। कांग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासमा लिनसके सेना समायोजन र सरकार गठनका काम सँगसँगै हुनसक्छन्। तर कांग्रेस राजनीतिको यो मुख्य पक्षलाई उपेक्षा गरिरहेको छ। दाहाललाई पन्छाएर उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्नुपर्ने लहैलहैमा कांग्रेस लाग्न मिल्दैन। माओवादी पार्टीले कसलाई प्रधानमन्त्री बनाउनेरु त्यो अरूले भन्ने होइन। राजनीतिक सुझबुझ भएका नेताले अरूको पार्टीमा हस्तक्षेप गर्दैनन्। दाहाल भट्टराईभन्दा आँटिला र व्यावहारिक छन्। दाहालको असहमति हुँदाहुँदै परिस्थितिजन्य कारणले भट्टराई प्रधानमन्त्री भए भने त्यो सरकार कति दिन टिक्ला?
कांग्रेसले माधव नेपालको कमीकमजोरी कहिलेसम्म छोप्नेरु राष्ट्रको ढिकुटी रित्याउन प्रधानमन्त्रीले गरेका काममा कहिलेसम्म मतियार बन्नेरु आर्थिक मामिलामा अहिलेसम्म औँलौ नउठाइएका भनिने माधव नेपाल सत्ता टिकाउन राजनीतिक पार्टीका नेता, सांसदका नाममा राष्ट्रिय ढुकुटी रित्याउन अग्रसर भएका देखिएका छन्। मौकाको फाइदा काग्रेसका स्वनामधन्य नेताले पनि लिएका छन्। जस्तोसुकै आक्षेपलाई पनि वाध्यता बताउने माधव सत्ताको साँचो कसको हातमा छरु वन मासेको आरोप लागेका मन्त्री दिपक बोहरा, विकासको नाममा राज्य कोष दुरुपयोग गरेकोमा बदनाम विजय गच्छदारहरू र मधेशका नाममा अराजकताको राजनीति गरिरहेकाहरूको बोलवाला छ।
माधव नेपालले गणतन्त्र दिवसको साइत पारेर घोषणा गरेको तक्मा नबाड्न सर्वोच्चले रोक्यो, आर्थिक वर्षको अन्त्यमा सिद्धाउन खोजिएको २ अर्ब बढी रुपैया खर्च नगर्न अख्तियारले आदेश दिएको छ। सवैधानिक निकायले यसरी औँलो उठाइसके पनि माधव नेपालको नैतिकता जागेको छैन। यसैले अब कांग्रेसजनले सोच्नु पर्यो केका निम्ति कतिन्जेल माधव नेपाललाई बोकिरहने हो?