जाजरकोट- नेकपा एमालेका नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी र मधेसवादी दलका कारण संविधान बन्न नसकेको बताएका छन्। नेकपा एमाले जाजरकोटले मंगलबार खलंगामा आयोजना गरेको सभामा नेता नेपाललेसंविधान निर्माणमा नेपाली कांग्रेसको भूमिका पनि प्रशंसनीय नभएको बताए।उनले माओवादी र मधेसवादी दलहरूले संघीयताका विषयमा असम्भव विषय उठाएको बताए। एमाओवादी र मधेसवादी दल सहमति र सहकार्यको बाटोमा हिँड्न नसक्ने उनको ठम्याइ थियो।
उनले प्रमुख दलहरूका बीचमा छलफल सुरु भएकाले आगामी जेठ १५ मा संविधान जारी हुने सम्भावना बढेको वताए। 'माघ ८ मा नेपाली जनतालाई संविधान दिन सकिएन,' उनले भने, 'जेठ १५ गते गणतन्त्र स्थापना दिवसका अवसर पारेर संविधान जारी गर्ने गरी छलफल अघि बढ्न लागेको छ,' उनले भने।
मुलुकलाई राजनीतिक र संवैधानिक संकटबाट पार लगाउन एमालेले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए। 'शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री दलहरूका बीचमा सहमति र सहकार्य अनिवार्य छ,' उनले भने।